
हनुमानढोका दरबारक्षेत्रमा रहेको भण्डारखालको एउटा पुरानो ढुकुटी हिजो सय वर्षपछि खोलेर हेरिएको छ। बाबुराम सरकारले एक महिनाअघि ढुकुटी फोर्ने निर्णय गरेको थियो। त्यसका लागि पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा समिति बनाएको थियो। चन्द्रशमशेरको पालामा विक्रम संवत् १९७० मा यो ढुकुटी बनाएको अनुमान गरिएको छ। ढुकुटीमा के के भेटियो त ?


करोडौं रुपैयाँ पर्ने सामान भेटियो
- १५ वटा धातुका बाकस,
- ७ वटा सेफ,
- ८८ वटा विभिन्न धातुका इँटा
- २४ सेमि लम्बाइ, १४ सेमि चौडाइ र १२ सेमि उचाइका ४८ वटा चाँदीका इँटा
- बुद्धको शिरको शालिक, करुवालगायत सामग्री
- अनि अरु पनि धेरै पुरातात्विक सामग्री

विभिन्न सरकारी निकायका २१ प्रतिनिधिको रोहवरमा १५ भन्दा बढी ताल्चा फोरेर सामान हेर्दै लगत राखिएको थियो। टोलीले सबै सामग्रीलाई सिलबन्दी गरेर नेपाली सेनाको शार्दूलजंग गुल्मको सुरक्षामा भेटिएकै स्थानमा थन्क्याएको छ।























