नायिका निशा अधिकारीले काठमाडौँमा पत्रकार सम्मेलनै गरेर सगरमाथा आरोहण
गर्ने जानकारी दिँदै त्यता लागिन्। त्यसो त उति नाम नसुनिएका नायक अर्जुन
कार्की पनि सगरमाथा चढ्ने भन्दै उनीभन्दा अगाडि नै त्यता लागेका थिए। तर
नाम र ग्ल्यामर अनि विजयकुमारको शब्दमा ‘भूँइतले बैँक’को
कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गतको सहयोग समेत पाएका कारण निशाको
चर्चा ज्यादा थियो। हिजो अचानक निशा र अर्जुन दुवैले सगरमाथा चढ्ने अनुमति
नै नलिएको समाचार सार्वजनिक भएपछि धेरैले निशालाई नै गाली गरे। तर, खासमा
ठगिएकी भने उनी आफै हुन्। अहिले उनीहरु आधार शिविरमा अलपत्र छन्। उनको
आरोहण सहयोगी सेभेन समिट ट्रेक एक्सपिडिसनले उनलाई आरोहीको रुपमा हैन हाइ
अल्टिच्युड वर्करको रुपमा पो लान लागेको रहेछ। त्यसरी सगरमाथा चढे पनि
आरोहीको मान्यता र प्रमाणपत्र पाइन्न। सेभेन समिटले दुवैबाट १०-१० लाख
रुपियाँ लिए पनि हाइ अल्टिच्युड वर्करका रुपमा लग्न लागेको भन्दै आरोहण
दलका अन्य सदस्य र हाइ अल्टिच्युड वर्करले विरोध जनाएका थिए। पहिलो लिम्बु
महिला आरोहीका रुपमा सगरमाथा आरोहण गरेकी जुनिता सम्बाहाम्फेले आफू पनि
निशा जस्तै ठगिएको सार्वजनिक गरेकी छिन्। उनले नेपालका मिडिया र सरकारलाई
सम्बोधन गर्दै एउटा खुलापत्र लेखेकी छिन्, जसमा आफूलाई कसरी झुक्याएर
ठगियो, त्यसको विवरण छ। आउनुस् उनको खुलापत्र पढौँ-
यसै क्रममा प्रचार सहयोगी रहँदै नेपाली टिभी युकेले औपचारिक घोषणा गर्ने कार्यक्रम तय भयो। २००९ अप्रिल १४ मा घोषणा गरी म सगरमाथातर्फ प्रस्थान गरेँ। मेरो सहयोगी शेर्पाको रुपमा ट्रेकिङ कम्पनीले पेम्बा रिता भाइलाई नियुक्त गरेको रहेछ। पेम्बादोर्जे शेर्पा आफै भने ग्रुप लिडरको रुपमा जानुभएको थियो।
हामी लुक्ला एयरपोर्ट हुँदै नाम्चेतिर लाग्यौँ। त्यहाँ एक दिनको रेस्टपछि हिँड्ने क्रममा ९ दिनमा हामी सगरमाथा आधार शिविर पुग्यौँ। त्यहाँ हामी करिब २० दिन हावापानीसँग घुलमिल हुने र आधारभूत हिमाल चढ्नु अगाडिका ज्ञानहरु लियौँ। २३ औं दिन १९ मे बिहान ११ बजेका दिन भने कठोर दुःखका साथ सगरमाथाको चुचुरोमा पाइला राख्न सफल भयौँ। खुसीको चुली र सगरमाथाको चुली उस्तै-उस्तै नै थियो त्यो क्षण।
सगरमाथा सफल आरोहणको खबर आधार शिविरमा रहने हाम्रो कम्पनीमार्फत् जानु भएका लियाजो कर्मचारी हुनुहुन्थ्यो, उहाँलाई ग्रुप लिडरले जानकारी गराउनु पर्थ्यो। हामीसँग समाचार पुर्याउनको लागि भनेर उही स्याटेलाइट फोनको मात्र सुविधा थियो। त्यो हाम्रो ग्रुप लिडरको साथमा रहन्थ्यो र उसैमार्फत् खबर गरिन्थ्यो।
त्यहाँ फोटो खिच्ने काम ५ मिनटको हाराहारीमा सकिएपछि हामी त्यहाँबाट ओर्लन थाल्यौँ। बेलुकाको ५ बजे आधार शिविर ४ मा आएर बस्ने निर्णय तय भएको थियो। सोही बमोजिम हामी त्यो दिन त्यही बस्यौँ। भोलि बिहानैबाट यात्रा तय गरेर २५ दिनमा पुनः हामी सगरमाथा आधार शिविर आइपुग्यौँ। आधार शिविरमा दुई दिनको आरामपछि हामी ४४ औँ दिनमा काठमाडौँ फर्कियौँ।
सफलताका साथ आरोहण गरेर फर्किएका कारण मेरी आमा लगायत नातागोता, संचारका साथीभाइहरु सबै एयरपोर्टमा आउनुभएको रहेछ। मेरो खुसीको सिमा नै थिएन त्यतिबेला। त्यो दिनको स्वागतसँगै लामो समय हिमालमा बसेको कारण काठमाडौँ सहर बिरानो लाग्दै थियो। अनुहार डढेर कालो भएको थियो। यति बेलासम्म भने म खुसीका साथ हाँसिरहेकी थिएँ, दु:खको फल पाएकोले। जब म घर पुगेँ, त्यसपछि भने मेरो सामु प्रश्नको ओइरो लाग्न थाल्यो – तिमी कुन दिन चुचुरोमा पुगेको ?
अब भने म छक्क पर्दै थिएँ। १९ मे ११ बजे म सगरमाथा चुचुरोमा पुगेको खबर सोही दिन प्रकाशित गर्नुपर्नेमा तीन दिनसम्म कसैलाई थाहा थिएन। अब भने बिस्तारै ममाथि धोका भएको बल्ल थाहा पाउँदैथिएँ। पेम्बा दोर्जे शेर्पा, जो हाम्रो ग्रुप लिडर हुनुहुन्थ्यो, उहाँ भन्दै हुनुहुन्थ्यो कि सगरमाथा सफल आरोहणको केही घन्टामै इमेज च्यानलबाट मार्फत समाचार प्रसारण भएको थियो। पर्यटन मन्त्रालयमा पनि जानकारी हाम्रो लियाजो कर्मचारीले दिइसकेको जानकारी मलाई उहाँले मलाई गराउनुभएको थियो। तर ती सबै कुरा मेरो ग्रुप लिडरले ढाँटेको आमाले बताउनुभयो। म छाँगाबाट खसे झैँ भएँ। तर अझै त्यस्तो त हैन होला कि जस्तै लाग्दै थियो। झगडा गर्नुको कुनै तुक थिएन।
अब झन् म तपाईँहरुलाई यस्तो सत्य सुनाउँछु। जब म काठमाडौँ पुगेको छैटौँ दिन सगरमाथा सफल आरोहणको प्रमाण पत्र लिन फोटोहरु लिएर पर्यटन मन्त्रालय पुगेँ, तब पो थाहा भयो सत्य कुरा। त्यहाँ म उही मेरा ग्रुप लिडर पेम्बाजीसँग गएकी थिएँ। पहिला त उहाँ जान मान्नुभएको थिएन। तर मलाई केही थाहा थिएन कहाँबाट कसरी लिने भन्ने। त्यही भएर उहाँलाई जसरी पनि आउन आग्रह गरेँ। म सगरमाथा आरोहणमा एउटा सदस्यको हैसियतले गएको थिएँ। मैले नगद बुझाएको रसिद ताजा थियो। र, नेपालीहरुलाई नेपालमा सगरमाथा आरोहण गर्नलाई रोयल्टी पनि मिनाहा हुने चलन छ जस्तो लाग्छ। तर मलाई आरोहण प्रमाण पत्र भने (HOW – high altitude worker) को रुपमा दिइयो। म झन् छक्क परें। मैले मन्त्रालयका सचिवसँग कुरा गरेँ। मेरो यथार्थ यस्तो हो भनेँ। म यसरी गएको भन्दै ट्रेकिङ कम्पनीलाई पैसा बुझाएको रसिद मसँगै थियो, देखाएँ।
मैले जुन कम्पनीसँग सहमति पत्र बनाएकी थिएँ, त्यो कम्पनीको पनि अर्को prestige भन्ने कम्पनीसँग अलायन्स भएको रहेछ। त्यो prestige कम्पनीको काम गर्ने मान्छेको रुपमा पो म गएको बनाइएको रैछ। मैले पेम्बाजीलाई सोधेँ, यस्तो के हो? यहाँ के भइरहेको छ, मैले बुझिनँ। मैले १० लाखमा सहमति गरेको केको लागि? उहाँ उतरविहीन। अझ उहाँ त मन्त्रालयको सचिवसँग झगडा गर्न लाग्नुभयो। मैले उल्टै सचिवसँग माफी मागेँ। यो मेरो गल्ती हो। उहाँ र उहाँको कम्पनीलाई मैले विश्वास गरेँ, यो मेरो गल्ती थियो। आखिर संसार विश्वास मा नै त अडेको हुन्छ। जहाँ विश्वास नै रहँदैन, त्यहाँ केही रहँदैन। बेइमानीको कुनै औषधिमुलो हुँदैन। ममाथि उहाँले गरेको बेइमानी सरासर अपराध थियो।
सचिवज्युले पेम्बाजीलाई यही प्रश्न सोध्नुभयो, तपाईँले किन यस्तो गर्नु भयो ? पेम्बाजीको उत्तर थियो- यहाँ मन्त्रालयमा कहाँ के-के हुन्छ, हामीलाई पनि थाहा छ। सरकारले आरोहणको अनुमति आरोहण सुरु हुँदासम्म नदिने र क्याबिनेटबाट पारित गर्न ढिलो हुन्छ भनेर मैले यसो गरेको हुँ भनेर भन्नुभयो। सचिवज्यु फेरि भन्दै हुनुहुन्थ्यो, तपाइँले फाइल गरिराखेको भए हुन्थ्यो, सबैको पास भइरहेको छ, उहाँ त महिला त्यहीमाथि लिम्बु समुदायबाट पहिलो पनि हुनुहुँदो रहेछ, नहुने कुरै थिएन। तपाइँको गल्ति हो।
शायद पेम्बाजीले गल्ती महसुस गर्नुपर्ने हो। हिमालयको नाममा ठगी धन्दा नाङ्गो रुपमा चलाउने गिरोह र कानुनी दायरामा राख्नलाई बनेका निकायहरु पर्यटन महाशाखा जस्ता सस्था दुवै त्यहाँ साक्षी थिए। मलाई मर्का परिरहेको दुवै पक्षलाई राम्ररी थाहा थियो। त्यसपछि मैले त्यो हाइ अल्टिच्युड वर्करको प्रमाणपत्र पनि लिइनँ। त्यसपछि मलाई जो सँग सम्बन्धित छ भनेर एउटा छुट्टै प्रमाणपत्र दिए।
दोस्रो पल्ट भेट्दा सचिवज्युले तपाईँ उसको कम्पनीविरुद्धमा मुद्धा गर्न सक्नुहुन्छ, हामी कारबाही गर्छौ भन्नुभयो। मैले कम्पनीसँग सहमति गरेपछि यसको पूरै जिम्मेवारी कम्पनीले गर्नुपर्थ्यो। आरोहण अनुमति लिनेदेखि आरोहण समयको व्यस्थापनको लागि कम्पनीले पैसा लिएको हो।
त्यस्तो मान्छेसँग लफडामा जानुभन्दा वास्तै गर्दिनँ भनेर म चुपचाप रहेँ। एउटा पत्र खुलाएर पर्यटन मन्त्रालयमा बुझाएँ। सायद अझै त्यो पत्र पर्यटन मन्त्रालयको कुनै दराजमा थन्किएको होला। मुद्दा भने हाल्न मन लागेन। किनकि मुद्दा धाउन पनि लायक शत्रु भयो भने मजा आउँछ। बिचरा पेम्बाजी प्रति मलाई दया लाग्यो। उहाँको कुरा र काम गराई यति घटिया भने थिएन जति बेला मैलेसँगै आरोहण गर्दै थिएँ। तर म एउटा कुरा जरुर भन्छु, यदि उहाँले पैसाको लागि ममाथि यति ठूलो धोका गर्नु भा हो भने बरु म १० लाख त्यतिकै दिन्थेँ। तर मेरो ठम्याई छ, उहाँको चेतना स्तरमा उहाँले जति जान्नु हुन्छ त्यति गर्नुभयो। यो उहाँको उचित शिक्षा चेतनाको कमि हो भन्न चाहन्छु। जानेर नजानेर मान्छे गलत बाटोमा हिँडिरहेका हुन्छन्। मैले उहाँलाई भन्नु केही छैन। उहाँको बाँकी जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दछु। यसमा उहाँको गल्ती केही छैन। गल्ती हो त उहाँको संस्कार, चेतना, अशिक्षा ,साँघुरो सोचाई। उहाँलाई विश्वास गर्नु मेरो गल्ति हो पनि म भन्दिनँ। जीवन विश्वास मै चलेको हुन्छ, अडेको हुन्छ। कानुनी दण्ड भन्दा उहाँको नैतिकताले उहाँलाई दिएको दण्ड भने सार्थक हुनेछ।
हिरोइन निशा र हिरो अर्जुन अनुमतिबिना सगरमाथा चढ्दै प्रकाशित समाचारले मेरो ध्यान आकृष्ट भएको छ। मैले पनि सन् २००९ को मे १९ तारिखका दिन विश्वको सर्वोच्च हिमाल सगरमाथा आरोहण गरेकी थिएँ। अहिले हिरोइन निशा र हिरो अर्जुनले जस्तै मैले पनि अर्का आरोही सर्दार पेम्बा दोर्जे शेर्पाको वर्ल्ड समिट एक्सप्लोरमार्फत् सगरमाथा आरोहण प्रक्रिया शुरु गरेकी थिएँ। मैले पनि उनलाई १० लाख रुपियाँ बुझाएकी थिएँ। तर दुर्भाग्य, मलाई पनि आरोही पेम्बा दोर्जे शेर्पाले प्रेस्टिज भन्ने संस्थामार्फत् हाई अल्टिच्यूड वर्करको रुपमा लगेको पो रहेछ। यो कुरा मलाई सगरमाथा आरोहणपछि नेपाल सरकारको आधिकारिक निकाय भृकुटी मण्डपस्थित पर्यटन महाशाखामा पुगेपछि मात्रै थाहा भयो।
तत्कालै महाशाखाका अधिकारीहरुसँग प्रतिवाद गरेँ। सँगै रहेका आरोही पेम्बा दोर्जे शेर्पाले केही फरक नहुने बताएर पन्छिए र त्यसपछि पटक पटक सम्पर्क राख्दा पनि सम्पर्कमा आउन चाहेनन् भने पर्यटन महासाखाका अधिकारीले मुद्दा हाल्न सकिने जानकारी दिए।
मैले आफू अन्यायमा परेको महसूस गर्ने बित्तिकै तत्कालीन पर्यटन मन्त्री शरद सिंह भण्डारीसमक्ष उजुरीसहित आफूलाई दिइएको प्रमाण पत्रमा हाई अल्टिच्यूड वर्कर उल्लेख गरिएको र म पहिलो नेपाली लिम्बु समुदायको चेली जसलाई मेरो समुदाय र सम्पूर्ण प्रवासी नेपालीहरुले आर्थिक, नैतिक, भौतिक सहयोग गरी संसारको सात उच्च हिमाल आरोहणमा साथ-समर्थन दिएर सगरमाथा आरोहण सम्पन्न गरेको हुँदा बेइमान आरोही पेम्बा दोर्जे शेर्पाको वर्ल्ड सबमिट एक्सप्लोरलाई कारबाही गरी मेरो प्रमाण पत्रमा आरोहण दलको सदस्यको रुपमा उल्लेख गरिदिन अनुरोध गरेको थिएँ।
तत्कालीन मन्त्रीले पर्यटन महासाखालाई सच्याउन र आरोही पेम्बा दोर्जे शेर्पालाई कारबाही गर्न अनुरोध गरे पनि पर्यटन महासाखाले सच्याउन नसक्ने र कारबाही पनि गर्न नसक्ने जानकारी दिएको थियो।
फेरि एक पटक सहयोगी आरोही र आरोहण दलको बेइमानीका कारण हिरोइन निशा अधिकारी र हिरो अर्जुन हाई अल्टिच्यूड वर्कर हुने स्थिति सिर्जना भएको र यस अघि पनि सगरमाथा आरोहणका क्रममा धेरै नेपालीहरु ठगिएको हुँदा त्यस्ता आरोही र आरोहण दलमा संलग्न व्यक्ति र संस्थालाई अबिलम्ब कारबाही गर्न नेपाल सरकारसँग जोडदार आग्रह गर्दछु।
मेरो विशेष आग्रह छ मैले जुन मानसिक पीडा बेहोरेँ, त्यस्तै अवस्था हिरोइन निशा र हिरो अर्जुनले व्यहोर्ने अवस्था सिर्जना नहोस् र उनीहरुको आरोहण यात्रामा हुन सक्ने ब्यवधान र जीवन रक्षा प्रति सरोकार वाला निकाय सचेत होस्।
बिनित,
जुनिता सम्बाहाम्फे
सगरमाथा आरोही
भर्जिनिया, अमेरिका
जुनिताको विस्तृत अनुभव पढौँ
हिमालय आरोहण सम्बन्धी तालिम लिने प्रयास गरिरहेकी थिएँ। यसै सिलसिलामा पेम्बा दोर्जे शेर्पाजीसँग भेट भयो। उहाँ वर्ल्ड समिट एक्सप्लोरर नामको ट्रेकिङ एजेन्सी चलाएर बस्नु भएको रहेछ। उहाँका अनुसार वैशाख वा जेठको समयलाई सगरमाथा आरोहणको उचित समय मानिने रहेछ। हिमालय क्षेत्र बारे मलाई त्यति ज्ञान नभएको कारण सबै कुरा मैले उहाँलाई नै जिम्मा लगाउँदै २००९ को अप्रिलमा सगरमाथाको आरोहणमा निस्कने भएँ। यसका लागि रु.१० लाखमा उहाँको ट्रेकिंग कम्पनीले सबै कुराको व्यवस्थापन गर्ने र आरोहणमा चाहिने आधारभूत सामानहरु भने आफै जुटाउने सहमतिसहित ट्रेकिङ कम्पनी र मबीच सहमति पत्र बन्यो।यसै क्रममा प्रचार सहयोगी रहँदै नेपाली टिभी युकेले औपचारिक घोषणा गर्ने कार्यक्रम तय भयो। २००९ अप्रिल १४ मा घोषणा गरी म सगरमाथातर्फ प्रस्थान गरेँ। मेरो सहयोगी शेर्पाको रुपमा ट्रेकिङ कम्पनीले पेम्बा रिता भाइलाई नियुक्त गरेको रहेछ। पेम्बादोर्जे शेर्पा आफै भने ग्रुप लिडरको रुपमा जानुभएको थियो।