टुप्पीको मद्दतले झुण्डिएर नदी पार गर्ने क्रमममा गिनीज वर्ल्ड रेकर्डधारी स्टन्टम्यान शैलेन्द्रनाथ रायको मृत्यु भएको छ ।
उनी
सिलिगुडी नजिकैको सीवोक कोरोनेशन बि्रजको टिस्टा नदी पार गर्ने प्रयासमा
थिए । ४ सय फिट लामो केबल ७५ फिट उचाई थियो र राय घिर्नीमा आफ्नो टुप्पी
बाँधेर नदी पार गर्ने प्रयासमा थिए ।
उनको स्टन्ट आफ्नो क्यामरामा कैद गर्न
आएका स्थानीय फोटो ग्राफर बलाई सुत्रधारका अनुसार करिव ३ सय फिट दुरी पारे
गरेपछि राय अडि्कए । उनले निस्कने निकै कोशिश पनि गरे । झण्डै ३० मिनेटसम्म
अडि्एपछि उनको शरीर चल्न छाडेको प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यसपछि उद्दार गरेर अस्पताल पुर्याइएपनि
चिकित्सकहरुले मृतृ घोषणा गरेका थिए । स्टन्टका लागि राय स्वयंमले नदीमा
डोरी टाँगेका थिए । सुरक्षाका लागि उनले लाइफ ज्याकेट लगाएका थिए, तर
डाक्टर र आपतकालीन सेवाको कुनै व्यवस्था गरिएको थिएन ।
उनले यसअघि राजस्थानको अलवर जिल्लाको
नीमराणामा आफ्नो कपाललाई तारमा बाँधेर २ सय ७० फिटको दुरी पारे गरेका थिए
भने दार्जलिङमा ट्रेनलाई २.५ किलोमिटरसम्म तानेका थिए ।