युवराज घिमिरे– केही दिनअघि एमालेबाट अलग्गिएका रामचन्द्र झालाई
एमाओवादीमा विधिवत भित्र्याइँदा उनको घाँटीमा तीनवटा सयपत्रीका माला
लगाइदिएर त्यो औपचारिकता पूरा गरिएको थियो ।
उनलाई महत्वपूर्ण जिम्मेवारी दिने संकेत पार्टी अध्यक्ष पुष्पकमल दाहालले दिएका थिए, पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित त्यो कार्यक्रममा । त्यसलगत्तै झाले संविधान बन्न नसक्नुमा एमालेलाई दोष दिन थालेका छन् । त्यो त राजनीतिक बाध्यता र रणनीतिको कुरा हो । तर, उनलाई भित्र्याइँदा देखा परेका जटिलता तथा प्रोटोकललाई विश्लेषण गर्दा क्रान्तिकारी पार्टीको नेतृत्वपंतिमा रहेको जातीय भाव या तह स्पष्टसँग देखिन्छ ।
झालाई सबभन्दा पहिलो माला पार्टी अध्यक्ष दाहालले भिराए । पार्टी उपाध्यक्ष वाबुराम भट्टराई तथा नारायणकाजी श्रेष्ठले क्रमशः दोस्रो र तेस्रो । दाहालले लगाइदिएको माला सबभन्दा लामो थियो र अन्य दुई त्योभन्दा धेरै साना । के दाहालभन्दा लामो माला भट्टराई र नारायणकाजीले लगाइदिने छुट छ त्यो पार्टीमा ? पार्टीभित्र लुकेको हैसियतको प्रदर्शन कसरी हुन्छ राजनीतिमा, त्यसलाई देखायो झा स्वागत समारोहले ।
दाहाल आइतबार पत्नी सीता दाहाल र अन्य तीन निजी सचिवालय सहयोगीसाथ बेजिङ प्रस्थान गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनको बिदाइ हुँदा उनको गर्दन उठ्न नसक्ने गरी सयपत्री मालाले लादिएको थियो । जय–पराजय या कुनै अवसरबिना पनि मालामा लादिने व्यक्ति हुन् दाहाल र उनले विगत छ वर्षको खुला राजनीतिमा माला संस्कारलाई प्र्रोत्साहित गरेको पनि देखिन्छ । सम्भवतः फूलको व्यापार र फ्लोरीकल्चरका लागि यो शुभ संकेत पनि हो ।
फ्लोरीकल्चर एसोसिएसन अफ नेपालका अनुसार हाल मुलुकमा १ सय २० हेक्टर जमिनमाा फूलखेती छ । कूल १ सय ५ करोडको निर्यात र साढे ४ करोडको वार्षिक आयात हुन्छ । यसको अर्थ हो, फूल उपभोक्ताहरूको ठूलो संख्या मुलुकमै छ । नेपालमा पूजापाठ, सामाजिक संस्कार, धार्मिक समारोह तथा सबै उत्सवमा फूलको प्रयोग हुन्छ । फूल तथा माला अर्पण सम्मानको प्रतीक पनि मानिन्छ । शवमा फूल अर्पण व्यक्तिको भौतिक लिलाको समाधि र स–सम्मान बिदाइको प्रतीक हो ।
अनि किन त समाजमा सबभन्दा कम श्रद्धाका हकदार या विश्वसनीयता गुमाएका राजनीतिज्ञहरूलाई जिउँदै मालामा देखिन्छ त ? के त्यो जनताले साँचो आत्माले अर्पण गरेका हुन् त ? प्रचण्ड लगायतका नेताहरूको गर्दनमा देखिएका मालाहरूले जन्माउने स्वभाविक प्रश्न हुन् यी । माला विजय र उल्लासको प्रदर्शन पनि हो । के नेपालमा त्यस्तो सदाबहार अवस्था छ ?
‘राजनीतिज्ञहरूमा क्रमशः आफू मानिस नभएको र देवताका प्रतीक भएको या त भ्रम छ, या त्यो सन्देश दिन चाहन्छन् उनीहरू । हामी आम जनतामाथिका प्राणी हौं भन्ने अहम् पनि जाग्छ होला उनीहरूमा,’ प्राध्यापक देवराज दाहालले एउटा कार्यक्रममा भनेका थिए, एकपल्ट । भगवानलाई चढाइनेभन्दा बढी माला लगाउन हौसिने नेताहरूको प्रसंगमा उनले त्यो विश्लेषण गरेका थिए ।
फूल विशेषज्ञ डा.उम्मेद पुनले सेतोपाटीलाई भने, ‘फूल खरिदकर्तामध्ये सबभन्दा ठूलो क्षेत्र होटल र कर्पोरेट जगत छन् ।’ त्यहाँ हुने महत्वपूर्ण उत्सव तथा सजावटका लागि फूल अनिवार्य बन्न जान्छ । यस्तै विवाह सिजनमा पनि बढी फूल बिक्री हुने गर्छ ।
पशुपति, राम मन्दिर र मसानघाट आदिमा ‘लुज’ फूल बिक्री हुने गर्छन् । हरेक किसानहरूले कुनै न कुनै रूपमा निजी प्रयोजनका लागि फूल उत्पादन गर्छन् । तर, राजनीतिक दलहरू नियमित रूपमा फूल खरिदकर्ता र उपभोक्ताको श्रेणीमा पर्दैनन् । अनि फेरि तिनका नेताहरूको घाँटीमा किन सबभन्दा बढी फूल त ?
निर्वाचन प्रचारप्रसार, आमसभा आदिमा स्वागतस्वरूप आयोजकले नेताहरूलाई फूल लगाइदिए पनि दाहाल शैली एकदमै दुर्लभ प्रक्रिया हो । कतिपय मुलुक (चीन लगायत) ले विदेशबाट फूल, वनस्पति र फल आफ्नो मुलुकमा भित्रन दिँदैनन्। वनस्पतीय रोग आयात हुने डरले । त्यसको अर्थ हो, दाहालले त्रिभुवन विमानस्थलमै फूल विसर्जन गर्नुपर्यो होला आइतबार । तर किन देखिन्छन् त लटरम्म फूलमा उनी ? नेताको मनोविज्ञानबाट निर्देशित हुन्छ यस्ता चालचलन, सायद ।
वि.सं. २००७ सालमा राजा त्रिभुवन दिल्लीबाट फर्कंदा उनी मालामा लादिएका थिए । राणा शासनको अन्त्य र एउटा आशाको उदयको प्रतीक थियो उनको स्वदेश आगमन । त्यो स्वागत एउटा श्रीपेच दाउमा राखेर प्रजातन्त्रका वकालत गरेको राजाको सम्मानमा थियो, ६० वर्षभन्दा अघि । तर, यता आएर बाबुराम भट्टराईसहित दाहालमा पनि स्कुले बालबालिकालाई सडकमा लाम लगाएरै भए पनि स्वागत खानु पर्ने, अनि मालामा सजिएर ‘सम्मानित’ भएको देखिन चाहने मनोविज्ञान बुझ्न सक्ने गरि देखिनु बढी नै आश्चर्यको विषय हो ।
‘क्रान्ति’ र फूलको कस्तो प्रगाढ सम्बन्ध !