लामो टुप्पी, सेतो कुर्ता र धोती, सातपत्रे कुण्डली हातमा लिएर अरूको भाग्य र भविष्य बताउने। बदलामा चामल र केही दक्षिण थाप्ने। पढालिखा र तन्नेरी डिजिटल पुस्ताको प्रवेशसँगै सनातनी ज्योतिष पेसाको पुरानो परचिय फेरिएको छ। र, यो बिस्तारै एउटा उन्नत पेसाका रूपमा रूपान्तरति हुँदै छ। सहरबजारमा अफिस नै खोलेर ज्योतिष पेसामा लागेका तन्नेरी पुस्ता अरूको भाग्य र भविष्य मात्रै बताइरहेका छैनन्, आफ्नो भाग्य र भविष्यसमेत समृद्ध पाररिहेका छन्।
सुनील शर्मा सिटौला, ३३, सन्तोष वशिष्ठ, ३५, र विकास दुलाल, ३१, तिनैमध्येका हुन्। चल्तीका यी सेलिबि्रटी ज्योतिषीको जीवनमा सनातनी ज्योतिषीजस्तो धोती, कुर्ता, लामो टुप्पीजस्ता विम्ब भेटिँदैन। आधुनिक जीवनका सबै ठस्साहरूसँग परिचित उनीहरू हरदम सफाचट अनुहारमा देखिन्छन्, कोट र सुटमा। यिनीहरू पढेलेखेका छन् र रैथाने ज्योतिष पेसालाई सम्मानजनक बनाउन सफल छन्। डिजिटल दुनियाँमा ज्योतिष पेसालाई आधुनिकीकरण गररिहेका यिनीहरूकहाँ समाजका हाइप्रोफाइल मानिसहरूको समेत बाक्लो आउजाउ छ। रोजीरोटीको विकल्पबाट आज ज्योतिषी विधा पेसामा रूपान्तरण भइसकेको छ। अहिले वासुदेव, सुनील, सन्तोष र विकासजस्ता तन्नेरीहरूले यसलाई इज्जत र भविष्य भएको पेसाका रूपमा रूपान्तरण गरसिकेका छन्।
ज्योतिष पेसामै भविष्य देखेका तन्नेरी विकासको घरमा झिसमिसे बिहानदेखि नै चिना देखाउनेको ताँती लाग्छ। उनी दिउँसो १ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ अबेरसम्म चिनामा घोत्लिरहन्छन्। हरेक सत्रमा उनी कम्तीमा पनि २५ जनासम्मको चिना हेर्छन्। हजुरबादेखि बुबा हँुदै अगाडि बढेको पेसा विकास र उनका एक दाजुले सम्हालिरहेका छन् अहिले। पूर्वीय दर्शन विद्यापीठबाट ज्योतिषशास्त्रमा भास्कर अर्थात् स्नातक गरेका विकास भन्छन्, "अब ज्योतिषीहरूको पाको पुस्ता विस्थापित हुँदै छ। नयाँ पुस्ता लामो बौद्धिक साधना र अभ्यासबाट खारिएर आइरहेको छ।" विकास आफ्ना सेवाग्राहीलाई उनीहरूको भाग्य र भविष्य मात्रै बताउँदैनन्, कुनै चिकित्सकले प्याथोलोजी रिपोर्टको व्याख्या गरेर रोगीलाई सम्झाएझैँ चिनामा लेखिएका विभिन्न नक्षत्रको गणना गरेर चित्तबुझ्दो गरी खराब र फलिफापका विविध विषय अथ्र्याउँछन्।
सुनीलको भनाइमा आधुनिक भएर पनि ज्योतिष पेसा गर्न सकिन्छ र त्यसका लागि आफूलाई पनि ज्ञान र परिधानका हिसाबले आधुनिक देखाउन सक्नुपर्छ। ज्योतिषी हुन लामो टुप्पी पाल्नैपर्ने र धर्म गर्नैपर्छ भन्ने होइन, यो त धर्मभन्दा परको विज्ञान हो।
त्यसो त काठमाडौँ छिरेको लामो समयसम्म सन्तोषले धोती, कुर्ता र पाइजामा छाडेनन्। टुप्पी फरफराउन र सनातनी ज्योतिषीको आवरण त्याग्नै सकेनन्। एउटा अनौठो संयोगपछि सन्तोषले धोती-पाइजामा फ्याँके र कोट-पाइन्ट अपनाए। भएको के रहेछ भने, विवाहका लागि केटी खोज्दै जाँदा नाम चलेका एक पण्डितकी छोरीले 'त्यस्ता धोती लगाउनेसँग पनि के बिहे गर्नू ?' भनेको सुनेकै दिन उनले आफ्नो सनातनी वस्त्र त्यागिदिए। भन्छन्, "ज्योतिषी हुँदैमा टिपटप बन्न नहुने कहाँ लेखेको छ र ?"
पढेलेखेका र ज्योतिष पेसालाई विज्ञानसँग जोडेर हेर्ने शैलीका कारण सुनील केही वर्षमै राजधानीका हाइप्रोफाइल ज्योतिषीको सूचीमा आफ्नो नाम लेखाउन सफल भए। उनको ज्योतिषी यात्रा अनेक सुखद संयोगहरूले भरएिको छ। जस्तो : उनले राजधानीका पाँचतारे होटल याक एन्ड यती र सोल्टी होटलमा रहेको क्यासिनोमा सात वर्षसम्म ज्योतिष पेसाकै जागिर खाए। क्यासिनो छिर्ने अधिकांश विदेशी आफ्नो भाग्य जान्न उनको शरण पर्थे। भन्छन्, "त्यसरी हात देखाउनेहरू अधिकांश विदेशी नै हुन्थे।"
सन्तोषको मध्यबानेश्वरस्थित आवासमा हरेक दिन समय लिएर झन्डै आठ जना सेवाग्राही आइपुग्छन्। उनी स्काई भिजन नामको एप्स प्रयोग गरेर कम्प्युटरबाटै मानिसको भाग्य र भविष्य हेरिदिन्छन्। कतिसम्म भने उनको ल्यापटपमा अहिले हजारौँको डिजिटल जन्मकुण्डली छ। नेपाल ज्योतिष परिषद अनुसन्धान केन्द्रका उपाध्यक्षसमेत रहेका सन्तोष ज्योतिष विज्ञानसँग सम्बन्धित विभिन्न अनुसन्धानहरूमा पनि सक्रिय छन्। हालै मात्र उनले विभिन्न ६४ जनाको जन्मकुण्डलीको अनुसन्धान गरेर अनौठो निष्कर्ष निकाले, जसको जन्मकुण्डलीमा बृहस्पति, सूर्य र शनि उच्च हुनेहरू सार्वजनिक उच्च पदमा आसीन हुन्छन्।
कान्तिपुर टेलिभिजनको पर्दामा देखिने सेलिबि्रटी ज्योतिषी वासुदेव शास्त्री पनि डिजिटल प्रविधिमा अभ्यस्त भइसकेका छन्। उनी आफ्ना सबै सेवाग्राहीको कुण्डली ल्यापटपबाटै हेर्छन्। सुरुका दिनमा ल्यापटप चलाएर भाग्य र भविष्य बताउँदा अरूले अचम्म मानेको उनलाई हेक्का छ। भन्छन्, "अहिले धेरैका निम्ति त्यो सामान्य भइसक्यो। शास्त्रीले आफ्नो ल्यापटपमा देशका एक सय विशिष्ट व्यक्तिको डिजिटल कुण्डली राखेका छन्।"
यी युवा ज्योतिषीहरूको एउटै समानता भनेको यिनीहरू भविष्यफलबाहेक आजको समाजमा प्रचलित वास्तुशास्त्रदेखि ग्रहदशा मोचनसम्मका कुरामा गहन अध्ययन गरेका छन्। वासुदेव, सन्तोष र सुनील त विश्वविद्यालयबाटै अध्ययन गरेर आएका वास्तुविद् हुन्। तर, विकासले चाहिँ यी आधारभूत विषयहरूमाथि स्वाध्यायबाटै भए पनि आवश्यक ज्ञान हासिल गरेका छन्।
वासुदेवकहाँ राजनीतिज्ञ र सुरक्षा निकायका उच्चपदस्थदेखि सामान्य व्यक्तिसम्म भाग्य र भविष्य देखाउन आइपुग्छन्। उनको आकर्षण हो, विज्ञानसम्मत व्याख्या। उनी आफूकहाँ आउने सेवाग्राहीलाई ग्रह-नक्षत्र विज्ञानको व्याख्या बताइदिन्छन्। आकाशका नक्षत्रहरूको विभाजनका आधारमा महिनाका नाम र राशिहरूको निर्धारण कसरी भएको र त्यसको प्रभाव व्यक्तिको जीवनमा कसरी पर्छ भनेर बुझाइदिन्छन्। उनका अनुसार नक्षत्रका आधारमा चरण र चरणका आधारमा नाम राखिन्छ। आमाको गर्भमा भू्रण प्रवेश भएदेखि जन्मअघिको र जन्मेपछि गरी दुई चरणमा मानिसको नामकरण गरन्िछ। यही जगमा उसको स्वभाव निर्माण हुन्छ। अर्थात् कुन मानिस कुन स्वभावको हुन्छ, त्यो उसको जन्मसँगै गाँसिएर आएको हुन्छ। भन्छन्, "यही आधारमा उसको चिना निर्माण हुन्छ र ऊ देव, मानव या राक्षस कुन गणको हो अनि राजषिर्, सात्विक या तामसिक वृत्तको हो भन्ने स्वतः निर्धारण हुन्छ।"
कुनै समय महिलाले गायत्री मन्त्र पाठ गर्न हुँदैन भन्ने भ्रम भारतीय गायिका अनुराधा पौड्वालले गायत्री मन्त्र गाएर तोडिदिइन्। नेपाली समाजमा प्रीति आत्रेय, पुष्पकला कौशिक, ३८, जस्ता केही महिलाले पुरुषकै समानान्तरमा यस विधालाई अँगालेपछि ज्योतिषी विधामा पनि पुरुष एकाधिकार मेटिएको छ। उनको प्रवेशले ब्राह्मण समुदायको मात्रै एकाधिकार रहेको ज्योतिष पेसामा क्षेत्री समुदायका लागि पनि बाटो खोलिएको छ। चल्तीकी ज्योतिषीको परचिय स्थापित गरसिकेकी उनलाई अपराह्न ३ बजे आफ्नो ज्योतिषशालामा पसेपछि साझ ६ बजेसम्म भ्याइनभ्याइ हुन्छ। कहिलेकाहीँ त त्यसभन्दा पनि बढी समय उनी चिना हेर्नमा व्यस्त हुन्छिन्।
पुष्पकलाको ज्योतिषशालामा देखिने विभिन्न पत्थरहरूले आज आममानिसदेखि सम्पन्नसम्मका औँलामा जडित औँठीहरूको सम्झना गराउँछ। के भाग्यलाई यी धातु र पत्थरले बदल्न सक्छन् ? भन्छिन्, "ठूलो दुर्घटनाबाट सानोमा सार्न सकिन्छ।" उनीजस्तै विकासको पनि यसमाथि विश्वास छ। उनका अनुसार बाटामा हिँड्दा कुनै ढुंगामा ठेस लाग्ने ग्रह छ भने त्यसलाई यस्ता औँठीहरूले तर्काउनसम्म सक्छन् तर मानिसको भाग्यको बाटै बदल्न भने सम्भव छैन।
वासुदेव पनि यसमा विश्वास राख्छन्। तर, यसका आधारमा कथित ज्योतिषीहरूले मानिसलाई ठगिरहेको उनको बुझाइ छ। भन्छन्, "सामान्य पत्थरलाई पनि बढी दाममा बेच्ने, विक्रेताहरूसँग मिलेर कमिसन खाने र पूजाका नाममा हजारौँ असुल्ने प्रवृत्तिले पेसाकै बदनाम भएको छ।" उनका भनाइमा, निश्चित शुल्क नतोकिए पनि चल्तीका ज्योतिषीहरू कम्तीमा एक सय र बढीमा तीन सय रुपियाँसम्म लिन्छन्, एउटा चिना हेरेको।
मुख्यतः ज्योतिषीका तीन चरण हुन्छन्, सिद्धान्त, फलादेश र गणित। गणितले पात्रोदेखि विभिन्न ज्योतिषीलाई भविष्यवाणी गर्न सहयोग गर्छ। नेपालमा सबैभन्दा बढी चलेको तेस्ा्रो पक्ष फलादेश हो। यसमा व्यक्तिको विगत, वर्तमान र भविष्यको फलाफल निकाल्न सकिन्छ। विकासका अनुसार विज्ञानले ठ्याक्कै ठाउँ निक्र्योल गर्न सक्छ भने ज्यातिषशास्त्रले त्यस क्षेत्रका बारेमा मात्र भन्न सक्छ।
सुनीलचाहिँ ज्योतिष पेसालाई थप प्राज्ञिक र बृहत् बनाउने ध्याउन्नमा छन्। उनी इमेज न्युज नेटवर्क अन्तर्गतका दुई एफएममा प्रत्येक साता आठ कार्यक्रम चलाउँछन्। तिनमा उनी श्रोताले टिपाएको सूचनाका आधारमा उनीहरूको भाग्य र भविष्य बताइदिन्छन्। त्यसो त ६ वर्षअघि नै उनले इमेज टेलिभिजनमै जन्मकुण्डली नामक कार्यक्रम पनि चलाएका थिए। सुनीलले आफूलाई समय अनुसार अपडेट पनि गरेका छन्। सुरुसुरुका वर्षमा जन्ममिति र समयका आधारमा पात्रो पल्टाएर उनी जन्मकुण्डली तयार पार्थे। अहिले उनी ती सबै कामका लागि ल्यापटप र एप्सको भर पर्छन्। भन्छन्, "पात्रो थन्क्याएको नै १० वर्ष बितिसकेछ।"
सनातनी कर्मकाण्डी पुरेत र ज्योतिषीबीचको धेरै अन्तर नमान्ने समाजमा सुनील हिन्दु धर्मग्रन्थदेखि बाइवल र कुरानसम्म पढ्छन्। ज्योतिषी भन्दैमा सनातनी चलन छाड्नै नहुने र कर्मकाण्डी पण्डितजस्तै बन्नुपर्छ भन्ने उनलाई लाग्दैन। बृहत् हस्तरेखा, हस्तरेखा विज्ञान र सुगम ज्योतिष पुस्तक लेखिसकेका उनी भन्छन्, "ज्योतिषीहरूले पनि आफूलाई विज्ञानको प्रगति अनुकूल बनाउनु जरुरी छ।"
सामसुङ्को स्मार्टफोन बोक्ने सुनीलले जन्मकुण्डली हेर्ने एप्स मोबाइलमा पनि राखेका छन्। तुरुन्तै भाग्य र भविष्य जान्न चाहनेलाई मोबाइलबाटै काम फत्ते गरिदिन्छन्। डिजिटल जमानाका ज्योतिषी सुनीलको आफ्नै वेबसाइट पनि छ, जसका दैनिक ५ देखि ६ सय 'भिजिटर' छन्। कम्प्युटरको प्रयोग गरेर नै पहिले दुई दिन लगाएर बनाउनुपर्ने चिना अहिले उनी ३० सेकेन्डमै बनाएर दिन्छन्। कतिले त आफ्नो जन्मकुण्डली डिजिटल नै लिएर पनि जान्छन्।
मैतीदेवीमा ज्योतिष विज्ञान मञ्चको अफिस नै खोलेर बसेका सुनीलकहाँ पहिल्यै समय मिलाएर दैनिक कम्तीमा पनि १० जना आफ्नो भाग्य र भविष्य हेर्न पुग्छन्। कैयन्ले उनलाई विदेशबाटै पछ्याउँछन्। आफ्नो जन्ममिति र समय इमेल गरिदिन्छन् र त्यसैका आधारमा भाग्य र भविष्य थाहा पाउँछन्।
समाजका सबै क्षेत्रका विशिष्ट व्यक्ति सन्तोषका सेवाग्राही हुन्। राजनीतिकर्मी र सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरूको पनि उनीकहाँ भीड लाग्छ। भन्छन्, "कांग्रेस हुन् वा कम्युनिस्ट, सबैलाई आफ्नो भाग्य र भविष्यको चिन्ता छ। फरक यत्ति हो, कोही लुकेर आउँछन् कोही थाहा पाउने गरी।"
मूल घर सोलुखुम्बु भएका वासुदेवकृष्ण शास्त्री एउटा अनौठो रहस्यको पर्दा उघार्ने धुनमा ज्योतिष पेसामा हाम्फाले। बालवयमै पूणिर्मामा चन्द्रमा देखिनु र औँसीमा नदेखिनुको प्रश्नपछि दौडदा दौडदै उनी ज्योतिष विद्याप्रति आकषिर्त भए। गाउँकै बाकु माविबाट एसएलसी सकेपछि उनी भारतको बनारसस्थित काशी हिन्दु विश्वविद्यालयमा भर्ना भए र स्नातकोत्तर पास गरे। त्यसलगत्तै उनले बनारसकै सम्पूणर्ानन्द संस्कृत विश्वविद्यालयबाट ज्योतिषशास्त्र गोलतत्त्व विमर्शमा चार वर्षअघि विद्यावारिधि गरे। उनी ज्योतिष पेसा मात्रै गर्दैनन्, त्यसको अध्ययन र अनुसन्धानमा पनि उत्तिकै लागिपरेका छन्। वैदिक समाजवादको व्याख्या नामक कृति प्रकाशन गरेका वासुदेव ज्योतिषशास्त्रसम्बन्धी दिग्दर्शन मासिक पत्रिका पनि सम्पादन/प्रकाशन गर्छन्।
धादिङका सुनील शर्मा सिटौलालाई ज्योतिषी बन्छु भन्ने कहिल्यै लागेको थिएन। गाउँबाट पढ्नका लागि काठमाडौँ सहर झरेपछि अनायासै उनको पाइला यतातिर मोडियो। काठमाडौँमा रहेका आफन्तका घरमा बस्दा एक दिन उनको आँखा हस्तरेखा विज्ञानको किताबमाथि पर्यो र त्यही किताब पढ्दा पढ्दै उनलाई ज्योतिषी बन्ने रहर जाग्यो। सुरुका दिनमा उनी स्कुले साथीभाइ अनि शिक्षकहरूको हात हेरिदिन्थे र उनीहरूको भाग्य र भविष्यका बारेमा फटाफट बताइदिन्थे। त्यतिबेला कसैले उनलाई स्याबासी दिए त कसैले अविश्वास गर्दै ओठ लेप्य्राए। एसएलसी सकेपछि ज्योतिष विज्ञानप्रतिको सम्मोहनले कोलकातासम्म पुर्याइदियो। उनी विश्व ज्योतिष विद्यापीठमा भनर्ा भए र फलित ज्योतिषमा स्नातकोत्तर सके। काठमाडौँ फर्केको केही समयपछि नै उनले ग्लोबल एस्ट्रोलोजिकल रसिर्च सेन्टर खोले र हस्तरेखा विज्ञानसम्बन्धी चक्र ज्योतिष नामक पत्रिका प्रकाशन सुरु गरे।
झापाको सामान्य कृषक परिवारका सन्तोष वशिष्टलाई भने बाल्यकालमा स्कुल जाने अवसर जुरेन। त्यही भएर उनी घरनजिकै अर्जुनधारामा रहेको गुरुकुलमा भर्ना भए। अरू साथीहरू सर्ट-पाइन्टमा स्कुल जाँदा टुप्पीवाल उनी धोती लतार्दै र कुर्ता मिलाउँदै गुरुकुल जान्थे। त्यहीँबाट चण्डी, रुद्री र वेद र व्याकरणको सामान्य ज्ञान हासिल गरे। त्यसपछि भारत, बनारसको नेपाली संस्कृत महाविद्यालयबाट आचार्य सके। गरिबिको दुष्चक्रबाट भाग्दै भाग्दै काठमाडौँ आइपुगेका सन्तोष त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्नातकोत्तर तहमा नेपाली विषयमा भर्ना भए र उत्तीर्ण पनि गरे। उनी सम्झन्छन्, "धोती र कुर्ता सम्हालेर म चौरमा बसेर साथीभाइको हात हेरेर भविष्य बताउँथे। यसो गर्दा गर्दै व्यावसायिक ज्योतिषी जीवनमा हाम्फालिसकेछु।
एउटा रमाइलो संयोगपछि पुष्पकला कौशिकको पेसा मात्रै फेरीएन, नाम पनि फेरियो। आठ वर्षअघिकी व्यापारी रामकला खड्का नै अहिलेकी ज्योतिषी पुष्पकला कौशिक हुन्। उति बेला जति दौडधूप गर्दा पनि व्यवसायमा कुनै फलिफाप नभएपछि एक दिन उनी ज्योतिषी ओजराज उपाध्याय लोहनीकहाँ चिना लिएर भाग्यको बाटो खोज्न पुगिन्। लोहनीले उनलाई नाम बदल्न भने अनि उनले गुरुकै सल्लाहमा आफ्नो नामको पहिलो शब्द 'राम'लाई काटेर पुष्प थपिन् र पुष्पकला भइन्। लोहनीले उनका सारा विगतमा घटित धेरै कुरा मिलाइदिएपछि उनी आफैँ ज्योतिष विद्याप्रति आकषिर्त भइन् र यिनै गुरुसँग सिक्न पनि थालिन्। तीन वर्ष लगातार सिकेपछि र हिन्दी भाषामा प्रकाशित ज्योतिषशास्त्रसम्बन्धी विभिन्न पुस्तकको गहन अध्ययन गरेपछि उनले यही पेसामा भविष्य देखिन्। त्यसपछि बृहत् ज्योतिष परामर्श केन्द्रको बोर्ड नै झुन्ड्याएर उनी यही पेसामा जमेकी छन्।
तन्नेरी विकास दुलालको घरमा झिसमिसे बिहानदेखि नै चिना देखाउनेहरूको ताँती लाग्छ। उनी बिहान ६ देखि दिउँसो १ बजेसम्म र अपरान्ह ४ देखि साँझ अबेरसम्म चिनामा घोत्लिरहन्छन्। हरेक सत्रमा उनी कम्तीमा पनि २५ जनासम्मको चिना हेर्छन्। हजुरबादेखि, बुबा हुँदै अगाडि बढेको पेसा विकास र उनका एक दाजुले सम्हालिरहेका छन्, आधुनिक रूपमा। उनले पूर्वीय दर्शन विद्यापीठबाट ज्योतिषशास्त्रमा भास्कर अर्थात् स्नातक गरेका छन्।