भाषा शर्मा र फणीन्द्र संगम -बेस्टसेलर बुक्स। छोटो समयमै सर्वाधिक बिक्री
हुन सफल। बेस्टसेलर। प्रकाशन भएको दुई हप्तामा हजारौं प्रति बिक्री। पुस्तक
बिक्रीसँगै हौसिएका नेपाली प्रकाशकले हिजोआज आफ्ना कृतिको जिल्दामा यस्ता
प्रचार टाँस्न थालेका छन्। कतिपय पाठक उनीहरूको प्रचारमाथि विश्वास गर्छन्।
ती कृति कति संख्यामा बिकेका हुन्छन्, कसैले खोज्दैन। यकिन तथ्यांक कसैसँग
पनि छैन।
'यो सब प्रोपागन्डामात्र हो,' फाइनप्रिन्टका अजित बराल भन्छन्, 'बेस्टसेलर भनेर कसैले दाबी गर्दैमा विश्वास गरिहाल्नु हुँदैन।' प्रकाशनसँग सम्बद्ध संस्थाले पनि कुन आधारमा सर्वाधिक बेचिएका पुस्तक मान्नेबारे कुनै मापदण्ड तय नगरेको अवस्थामा हरेक प्रकाशक आफैंले आधार बनाइदिएका छन्।
हचुवाको भरमा 'बेस्टसेलर बुक' निर्धारण गर्ने परिपाटी हरेक प्रकाशकसम्म छिरेको छ। तर, कसले निर्धारण गरिदिने? 'कुनै सरकारी निकायले यसबारे पहल गर्नुपर्छ,' बराल भन्छन्, 'या त प्रकाशनसँग सम्बद्ध संघसंस्थाले निश्चित आधार तय गर्न जरुरी छ।'
व्यावसायिक प्रकाशन गृह स्थापना हुनुअघि खुलेका प्रकाशनले आफ्ना कृति छापिएको संख्या किताबमै खुलाउँथे। अहिले भने बढ्दो प्रतिस्पर्धाका कारण प्रकाशन गृहले पुस्तकको संस्करण या पुनर्मुद्रणमात्र उल्लेख गर्छन्, संख्या तोक्दैनन्। त्यसबाट कति संख्यामा पुस्तक प्रकाशन भयो र बजारमा गयो भन्ने थाहा पाउन कठिन भएको छ। 'पाठक झुक्याउन बढी पुस्तक बिकेको हल्ला फिँजाइन्छ,' लेखक नयनराज पाण्डे भन्छन्, 'यो सरासर विकृति हो।'
प्रकाशकले पुस्तक सर्वाधिक बिकेको प्रचार र विज्ञापन गरिरहे पनि त्यसअनुसारको लेखकस्व कतिपय लेखकले पाएका छैनन्। 'बेस्टसेलर घोषित पुस्तकबाट कर असुली भएको पारदर्शी नभएसम्म पत्याउन सकिन्न,' पाण्डे भन्छन्, 'त्यसैले यसको आधिकारिक मापदण्ड तोक्नैपर्छ।'
बेस्टसेलरको सूचीमा पछिल्ला दिनमा कविताकृतिलाई समेत समावेश गर्न थालेका छन् प्रकाशकले। श्रवण मुकारुङको 'बिसे नगर्चीको बयान' प्रकाशित भएपछि कविताको बिक्री पहिलेभन्दा बढेको ठान्छन्, प्रकाशक। बेस्टसेलर भन्दैमा लेखक र प्रकाशकले चलाएको हल्लाको पछि नलाग्न मुकारुङ सुझाउँछन्। 'अझ प्रकाशकले ढाँट्नु भनेको खुट्टामा बन्चरो हान्नु हो,' उनी भन्छन्, 'कुनै कृति धेरै बिक्यो भनेर हल्ला फिजाउँदा प्रकाशकलाई नै घाटा हुन्छ।'
मापदण्ड आ-आफ्नै
सांग्रिलाले एक वर्षमा पाँच हजार प्रति बिकेका पुस्तकलाई 'बेस्टसेलर' तोक्ने गर्छ। चार वर्षअघिदेखि प्रकाशन थालेको सांग्रिलाले अहिलेसम्म छ पुस्तकलाई 'बेस्टसेलर' को ट्याग लगाइसक्यो। प्रबन्धक मणि शर्माका अनुसार नयनराज पाण्डेको 'लू' १० हजार, युग पाठकको 'उर्गेनको घोडा' छ हजार, शारदा शर्माको 'भुइँफूलको देश' पाँच हजार प्रति बिकिसकेको छ। यसै वर्ष प्रकाशित सरोजराज अधिकारीको 'चक्रव्यूहमा चन्द्रसूर्य' १० हजार, शारदा शर्माको 'ताप' पाँच हजार, श्याल्मा तेन्जिङ रिन्पोचेको 'प्रत्येक श्वासमा आनन्द' पाँच हजार प्रति बिकिसकेको उनी दाबी गर्छन्।
रत्न पुस्तक भण्डारले एक वर्षभित्र एक हजार प्रति बिकेको पुस्तकलाई 'बेस्टसेलर' निर्धारण गर्छ। प्रबन्ध निर्देशक गोविन्दप्रसाद श्रेष्ठका अनुसार रत्न पुस्तक भण्डारबाट सबैभन्दा बढी बिकेको पुस्तक तारा राईलिखित 'छापामार युवतीको डायरी' हो। २०६७ पुसमा पहिलोपटक प्रकाशित पुस्तक दुई वर्षमा १४ हजारभन्दा बढी बिक्री भइसकेको छ। विमोचनको केही दिनपछि एकै दिनमा नौ सय प्रति बिकेको पुस्तकको एघारौं मुद्रण आइसकेको छ।
देवेन्द्र भट्टराईको 'रेगिस्तान डायरी' को २०६७ मै तीन वटा प्रकाशन आयो, तीन हजार प्रति बिक्री भयो। 'कृतिको लोकप्रियता पाठकले नै निर्धारण गर्ने हो,' निर्देशक श्रेष्ठ भन्छन्, 'मदन पुरस्कार पाएका सात-आठभन्दा बढी पुस्तक पाँच हजारभन्दा बढी बिक्न सकेका छैनन्।' रत्न पुस्तकबाटै प्रकाशित पद्मश्री पुरस्कार पाएको गणेश रसिकको 'दसगजामा उभिएर' चार हजार बिकेको पुस्तक हो। उत्तम शान्ति पुरस्कार प्राप्त 'कहाँ गए ती दिनहरू' पनि चार हजार प्रति बिक्री भएको श्रेष्ठले दाबी गरे।
नेपालयले भने एक महिनामै पाँच हजारभन्दा बढी बिकेका पुस्तकलाई सर्वाधिक बिक्री भएको पुस्तकको सूचीमा राख्ने गरेको छ। नारायण वाग्लेको उपन्यास 'पल्पसा क्याफे' ५० हजार प्रति बिक्री भइसकेको प्रकाशक किरणकृष्ण श्रेष्ठको दाबी छ। आनी छोइङ डोल्माको 'फूलको आँखामा' तथा रवीन्द्र मिश्रको 'खान पुगोस्, दिन पुगोस्' पनि नेपालयबाटै छापिएका पुस्तक हुन्। तिनको बिक्री १५ हजार नाघिसकेको श्रेष्ठ बताउँछन्। उद्योगपति विनोद चौधरीको आत्मकथा १० हजार प्रति बिक्री भइसकेको उनी दाबी गर्छन्।
पाँचदेखि छ हजार प्रति बिक्री भएका पुस्तकलाई फाइनप्रिन्टले सर्वाधिक बिकेको पुस्तकको सूचीमा राख्छ। फाइनप्रिन्टले प्रकाशन गरेको उपन्यास 'सेतो धरती' २० हजारको हाराहारीमा बिक्री भएको बराल दाबी गर्छन्। 'कर्नाली ब्लुज' १८ हजार प्रति बिक्यो भने 'समर लभ' झन्डै १० हजारको हाराहारीमा बिक्यो,' उनी भन्छन्।
सरकारी स्वामित्वमा सञ्चालित साझा प्रकाशनले एक वर्षमा कुनै पनि कृति पाँच हजार बिक्री भयो भने त्यसलाई 'बेस्टसेलर' ठहर गर्छ। प्रकाशनले वर्षभरि आफ्नो प्रकाशनबाट प्रकाशित सर्वोत्कृष्ट कृतिलाई साझा पुरस्कार पनि प्रदान गर्दै आएको छ। साझाबाट ४५ वर्षअघि प्रकाशित लक्ष्मीप्रसाद देवकोटाको 'मुनामदन' नेपालकै सर्वाधिक लोकप्रिय किताब मानिन्छ।
प्रकाशक नै अन्योलमा
हरेक प्रकाशकले फरक-फरक मापदण्डका आधारमा 'बेस्टसेलर' तोक्ने गरेका छन्। एक वर्षभित्र एक हजार बिकेको पुस्तकलाई 'बेस्टसेलर' मान्ने रत्न पुस्तक भण्डारका प्रबन्ध निर्देशक श्रेष्ठसँग सहमत छैनन्, नेपालयका किरणकृष्ण श्रेष्ठ। 'कुनै उत्कृष्ट पुस्तक बिक्री हुनलाई एक वर्ष कुर्नै पर्दैन,' उनको जिकिर छ, 'पहिलो प्रिन्टको एक महिनामै पाँच हजार प्रति बिक्यो भने त्यो बेस्टसेलर हो।'
नेपालको सानो बजार र धेरै पाठक नभएको तुलनामा हजार प्रति किताब बिक्री हुनु ठूलो कुरा भएको रत्न पुस्तकका श्रेष्ठको तर्क छ।
'यहाँ त आफैंले निर्धारण गर्ने हो,' नेपालयका श्रेष्ठ भन्छन्, 'प्रकाशनको स्टकबाट गइसकेको पुस्तक पसलेहरूबाट बिक्यो-बिकेन अनुगमन गर्ने सिस्टमचाहिँ हामीकहाँ छैन।' विदेशतिर पुस्तकको कभरमा उल्लेख गरिने बारकोडका आधारमा बिक्री संख्या निर्धारण गर्ने गरिन्छ। श्रेष्ठले भने, 'आधिकारिक भएकाले कति प्रति छापियो भन्ने स्पष्ट थाहा पाउन सकिन्छ।' नेपालको पुस्तक बजार सानो भएकाले यसतर्फ चासो नदेखिए पनि कस्ता पुस्तकलाई सर्वाधिक बिकेको भन्नेबारे आधिकारिक मापदण्ड बनाउनैपर्ने उनी बताउँछन्।
फाइनप्रिन्टका बराल पनि कति संख्यामा बिकेका पुस्तकलाई 'बेस्टसेलर' मान्नेबारे ठोकुवा गर्न सक्दैनन्। 'पाँचदेखि छ हजारजति बिक्यो भने बेस्टसेलर भन्दिने चलनचाहिँ छ,' उनी भन्छन्, 'तर कति अवधिसम्मको बिक्रीलाई आधार मान्ने भन्ने कुनै निर्धारण छैन।'
शर्माका अनुसार सांग्रिलाले पहिलोपल्ट दुई हजार प्रति पुस्तक छाप्छ। वर्षमा करिब तीन हजार पाण्डुलिपि आए पनि २० वटासम्म छनोटमा पर्ने प्रबन्धक शर्माले दाबी गरे। अस्वस्थ प्रतिस्पर्धाका कारण प्रकाशकहरू व्यावसायिक हुन नसकिरहेको उनले सकारे।
पुस्तक प्रकाशनपछि पाठकको हातसम्म पुगेर चर्चा नभएसम्म त्यसलाई सफल कृति मानिन्न। प्रकाशक या लेखकले आफ्ना पुस्तक बढी बिक्यो भनेर प्रचार गर्नुभन्दा पाठकले नै कृति मन पराएर त्यसको चर्चा गर्नु मुख्य कुरा हो। प्रकाशकले आफूलाई बिकाउन ठूलो संख्यामा पुस्तक बिकेको हल्ला फिँजाए पनि सो बापतको लेखकस्व लेखकले पाउँदैनन्। रत्न पुस्तक भण्डारका निर्देशक श्रेष्ठ भन्छन्, 'प्रकाशकले लेखकलाई ठग्यो भन्ने गुनासो यहाँमात्र होइन विश्वमै छ।' अहिले पाठक बढेको उनी स्विकार्दैनन्। 'पुस्तक बढी बिकेको होइन,' उनी स्विकार्छन्, 'लेखक र प्रकाशक आफैंले बढाएको हो।'
'ताप' उपन्यासकी लेखक शारदा शर्मा पहिलेजस्तो पुस्तक छापेर गोदाममै राख्नुपर्ने या उपहार दिएर सक्नुपर्ने अवस्था अहिले नभएको बताउँछिन्। 'प्रकाशकले भनेको पत्याउनुबाहेक अर्को विकल्प छैन,' उनी भन्छिन्। कुनै जमाना थियो, कसले छापिदेला र पाठकसम्म पुस्तक कसरी पुर्या उने भन्ने। अहिले युवा प्रकाशकको संख्या बढिरहेकोमा उनी ढुक्क छिन्।
दौडमा साझा पनि!
साझा प्रकाशनका सूचना अधिकृत होम भट्टराईका अनुसार 'मुनामदन' ले अहिलेसम्म एक लाख ३० हजार प्रति बिक्रीको रेकर्ड राखिसकेको छ। 'मुनामदन' का साथै नेपाली पाठ्यक्रममा समावेश 'शिरीषको फूल', 'गौरी', 'घुम्ने मेचमाथि अन्धो मान्छे', 'बसाइँ', लगायतका अन्य पुस्तक बढी बिक्री हुने पुस्तक हुन्।
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यास, महेशविक्रम साहको 'छापामारको छोरो', प्रतीक ढकालका 'हिमालपारि पुगेपछि', 'सेती पनि, काली पनि', कृष्ण धरावासीको 'राधा', स्वामी प्रपन्नाचार्यको 'वेदमा के छ?', धुव्रचन्द्र गौतमको 'अलिखित', मदनमणि दीक्षितको 'माधवी' लाई साझाले 'बेस्टसेलर बुक' को सूचीमा राखेको छ। हरि भण्डारीको लघुकथासंग्रह 'काला सर्पको खोजी', गौरा प्रसाईंको 'मेरा जीवनका पाना', दिलीप साहको 'मुर्दा र काठमाडौं' कथासंग्रह साझाका सर्वाधिक बिक्री भएका पुस्तक हुन्।
साझाले २०२६ सालदेखि वर्षभरि सर्वाधिक बिकेको किताब पत्ता लगाएर त्यसैलाई साझा पुरस्कार दिन थालेको हो। अहिले भने बिक्रीका आधारमा नभई उत्कृष्टताका आधारमा पुरस्कार दिन थालेको भट्टराई बताउँछन्। 'बजार, साहित्य, संस्कृतिलाई आधार मानेर पुरस्कार दिलाउँछौं,' उनी भन्छन्। साझाले सामाजिक, सांस्कृतिक, ऐतिहासिक महत्त्वका आधारमा पहिलोपटक एक हजार एक सयदेखि पाँच हजार एक सय प्रतिसम्म पुस्तक प्रकाशन गर्छ। पुस्तक प्रकाशनपछि तिनलाई तीन श्रेणीमा वर्गीकरण गर्छ। एक हजार एक सय छापिएको पुस्तकको एक वर्षभित्र पहिलो संस्करण सकियो भने 'क' वर्ग, त्यत्ति नै संख्या तीन वर्षभित्र बिक्री भए 'ख' वर्ग र पाँच वर्षमा मात्र बिक्री भइसके 'ग' वर्गमा राख्ने गर्छ। साझाका धेरैजसो पुस्तक 'ग' वर्गमा पर्छन्। भट्टराई भन्छन्, 'चर्चामा ल्याउन धेरै बिक्यो भन्नु राम्रो होइन।'
साहित्यकार सरुभक्तका तीन दर्जन कृति प्रकाशनमा छन्। २०४८ सालमा प्रकाशित उनको उपन्यास 'पागल बस्ती' ले मदन पुरस्कार पायो। अहिलेसम्म पनि उक्त पुस्तकको लोकप्रियता उत्ति नै छ। उनका कृतिमध्ये सर्वाधिक बिक्री भएको पुस्तक नै 'पागल बस्ती' हो। साझा प्रकाशनबाट प्रकाशित उक्त पुस्तकको आठौं मुद्रण बजारमा आइसकेको छ।
पाण्डुलिपि सुम्पिसकेपछि प्रकाशकलाई विश्वास गर्नु लेखकको कर्तव्य र बाध्यता पनि हो। प्रकाशकलाई जति रिझाउन सक्यो आफ्नो पुस्तकको प्रचार र विज्ञापनले आफैंलाई फाइदा हुनेमा लेखक विश्वस्त हुन्छन् नै। 'हामीले प्रकाशन गृहलाई विश्वास गर्नैपर्छ,' सरुभक्त भन्छन्, 'जति बढी बिक्न सक्यो उत्ति रोयल्टी आउने हुँदा त्यो त लेखकको फाइदा हो नि।' प्रकाशकले आफ्ना पुस्तक कति प्रकाशन गर्यो्, कति बिक्री गर्योद भन्नेमा उनी वास्ता राख्दैनन्। उनका उपन्यास 'समय त्रासदी,' 'चुली,' 'तरुनी खेती' दोस्रोपटक छापिइसकेका छन्। पहिले पुस्तक बिक्रीका लागि समस्या भए पनि अहिलेका पाठक र पुस्तक बजारप्रति उनी सन्तुष्ट छन्।
करको करकर
पुस्तकको नाम नै तोकेर धेरै बिक्यो भन्नेले कर तिरेको हुनुपर्छ। पुस्तकमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्दैन। साझा प्रकाशनका सूचना अधिकृत भट्टराई भन्छन्, 'साझा प्रकाशनले ठग्ने ठाउँ हुँदैन। एउटा पुस्तक छाप्न ११ ठाउँ दर्ता गरिएको हुन्छ।' प्रकाशन गृहले पुस्तक बेचेर आएको खुद मुनाफाबाट १५ प्रतिशत आयकर तिर्नुपर्छ। तर, व्यापार घाटामा देखाएर न्यूनतम आयकर मात्र तिर्ने प्रवृत्ति बढेको छ।
पुस्तकमा भ्याट नलाग्ने भएकाले धेरै परिमाणका किताब नेपालका प्रकाशनगृहले भारतमा पुस्तक छापेर ल्याउने चलन बढेको छ। छापेर ल्याएका पुस्तकमा भ्याट नलाग्ने भएकाले कतिपय प्रकाशकले एकोहोरो करमात्र तिर्ने गर्छन्। छपाइको कागज भारतबाटै ल्याउनुपर्ने भएकाले कर छल्न पुस्तक पनि उतै छापेर ल्याउने प्रकाशकहरू पनि छन्।
'सेतो धरती' २० हजारभन्दा बढी बिक्री भएको दाबी गर्ने लेखक अमर न्यौपाने लेखक-प्रकाशकबीच समझदारी भइसकेपछि आफैंले खोजी गर्न पनि गाह्रो हुने बताउँछन्। 'प्रकाशकले यति बिकिसक्यो भनेपछि त पत्याउनै पर्यो नि,' उनले भने, 'निजी प्रकाशन संस्थाले पुस्तक संख्या उल्लेख गरिदिए पाठक र लेखकका लागि पनि राम्रो हुने थियो।' प्रकाशकबीच तीव्र प्रतिस्पर्धा बढिरहेकाले उनीहरूले झुक्याए लेखकसँगको विश्वास टुट्न सक्ने उनी बताउँछन्।
'पुस्तक बढी बिकेको हल्ला चलाउने प्रकाशकसँग लेखकले रोयल्टी पनि दाबी गर्न सक्नुपर्छ,' रत्न पुस्तक भण्डारका निर्देशक श्रेष्ठले भने, 'पाँचसय किताब नबिके पनि सार्वजनिक कार्यक्रममा दुई हजार बिकेको दाबी गर्ने लेखक नेपालमै छन्।'
बेस्टसेलरका आ-आफ्नै मान -साझा प्रकाशन : एक वर्षमा पाँच हजार
-रत्न पुस्तक भण्डार : एक वर्षमा एक हजार
-फाइनप्रिन्ट : पाँच हजार (समयसीमा छैन)
-नेपालय : एक महिनामा पाँच हजार
-सांग्रिला बुक्स : एक वर्षमा पाँच हजार
-फिनिक्स बुक्स : छ महिनामा पाँच हजार
-ओरिएन्टल : एक वर्षमा २५ सय
-अर्किड : एक महिनामा दुई हजार
नेपाली पुस्तक बजारमा 'बेस्टसेलर'का नाममा भइरहेका प्रचार र
विज्ञापनको कुनै निश्चित मापदण्ड र आधिकारिकता देखिँदैन। केही राम्रा
लेखकका कृतिको दुई-तीनवटा पुनर्मुद्रणलगत्तै सर्वाधिक बिकेको मान्ने
प्रकाशकहरूसँग पुस्तक पसलेसँग ती पुस्तक कति संख्यामा बिक्री गरे भन्ने
तथ्यांक हुँदैन। भए पनि उनीहरू सार्वजनिक गर्न चाहँदैनन्।
अन्य मुलुकमा
निश्चित मापदण्डका आधारमा सर्वाधिक चर्चामा रहेका र बिकेका पुस्तकको सूची
सार्वजनिक गरिन्छ। द न्युयोर्क टाइम्स, हफिङ्टन पोस्टलगायत थुप्रै
पत्रिकाले यस्ता किताबको सूची निकाल्छन्। कसैले १० हजार बिकेका किताबलाई
बेस्टसेलरको मान्यता दिन्छन्, कसैले पाँच हजारलाई। तर, नेपालका प्रकाशकले
भित्र्याएको यस्तो प्रचलनबाट पाठकहरू 'कुहिराको काग' बनिरहेका छन्। यसमा
कुनै आधिकारिकता नभएको केही प्रकाशक स्विकार्छन्।'यो सब प्रोपागन्डामात्र हो,' फाइनप्रिन्टका अजित बराल भन्छन्, 'बेस्टसेलर भनेर कसैले दाबी गर्दैमा विश्वास गरिहाल्नु हुँदैन।' प्रकाशनसँग सम्बद्ध संस्थाले पनि कुन आधारमा सर्वाधिक बेचिएका पुस्तक मान्नेबारे कुनै मापदण्ड तय नगरेको अवस्थामा हरेक प्रकाशक आफैंले आधार बनाइदिएका छन्।