Thursday, April 4, 2013

पटक–पटक म्याद सरेपछि वैशाख पहिलो साताबाट सिडिएस पूर्ण रुपमा सञ्चालमा आउँदै, के हुन्छ असर ? - bizmandu

नेपाल सिडिएस एन्ड क्लियरिङ लिमिटेडले वैशाख २ गतेबाट विद्युतीय माध्यममार्फत सेयरको राफसाफ गर्ने भएको छ । सेयरका कागजी प्रमाणपत्रहरुलाई अभौतिकीकरण गर्दै सिडिएसले तत्कालै सेयरको राफसाफ गर्ने सेवा सुरु गर्न लागेको हो । सिडिएससिएलका प्रमुख कार्यकारी अधिकृत सुवोध शर्मा सिग्देलले चैतदेखि विद्युतीय माध्यममार्फत सेयरको राफसाफको परीक्षण भैरहेको बताए । अहिले हामीले आन्तरिक परीक्षण गरिरहेका छौं, अब बैशाख २ बाट पूर्ण रुपमा सञ्चालनमा आउँछ, उनले भने ।
घट्दो सेयर बजारलाई उकास्न सिडिएसले ठूलो भूमिका खेल्ने भन्दै तीन वर्षदेखि यसको चर्चा चल्दै आएपनि पटक पटक म्याद सरेर वैशाख २ बाट पूर्ण कार्यान्वयमा आउने पक्का भएको हो । सिडिएस आएपछि कारोबार संख्या र रकम वढ्ने विश्लेषण लगानीकर्ता, मध्यस्तकर्ता र नियामकको छ । कहिले प्राविधिक कठिनाइ त कहिले नियामकहरुको ढिलासुस्तीले सिडिएस सञ्चालनमा आउन सकेको थिएन । धितोपत्र वोर्डले सिडिएस सञ्चालन गर्ने विनियमावली स्विकृत गरेसँगै यो सञ्चालनमा आउने पक्का भएको हो ।
सिडिएस के हो ? यसले के अनुमान गरिएजस्तै कारोबार वढाउला त ?
अहिले सिडिएस कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गर्दै आएको चेक राफसाफको काम गरिरहेको छ । म्यानुअल (मानव साधन प्रयोग) चेक राफसाफ हुँदै आएकोमा अब विद्युतीय माध्यममार्फत स्वचालित हिसावले राफसाफ तथा फछ्र्यौट हुने छ । विद्युतीयमार्फत स्वचालित हिसवाले राफसाफ सुरु भएपछि बजार खुलेसँगै किनिएको सेयर तुरुन्तै विक्री गरेर अर्को सेयरमा हामफाल्न सकिन्छ । लगानीकर्ताले थोरै मार्जिन (किनिएको र विक्री गर्ने मूल्यको अन्तर) राखेर सेयर विक्री गर्न सक्छ ।
अहिले आज किनिएको सेयर विक्री गर्न केही समय पर्खिनु पर्ने अवस्था छ । तुरुन्तका तुरुन्तै सेयर खरिद विक्री हुने भएकाले कारोबार रकम वढ्ने हुन्छ । समयको थोरै ग्याप (फरक) मा पनि लगानीकर्ताले राम्रो प्रतिफल हात पार्न सक्छन् । बजारको सिद्धान्त अनुसार नेप्से परिसुचक तलमाथि भइरहे पनि कारोबार रकमको वृद्धिले औपचारिक क्षेत्रमा तरलता (लिक्विडिटी) सँधै रही रहन्छ । जसले बजारलाई सँधै कृयाशिल बनाइ राख्दछ ।
इन्डियाको सिएमसी लिमिटेडको सफ्टवेयरमार्फत अहिले सेयर राफसाफ गर्न लागिएको हो । यसको परिक्षण भइरहेको छ । अहिलेसम्म एस डेभलपमेन्ट बैंक, कृषि विकास बैंक, एभरेष्ट फाइनान्स, बैंक अफ काठमाण्डू, लक्ष्मी बैंक र हिमालयन जनरल इन्स्योरेन्सको सेयर अभौतिकीकरण गर्ने काम भइसकेको छ । सिडिएस सञ्चालनमा आउन नसकेका कारण यी सेयरको खरिद विक्री विद्युतीय प्रणालीबाट हुन सकेको थिएन ।
अफठ्यारो पनि छ
बैशाख २ गतेबाट सिडिएस एण्ड क्लियरिङ्ग पूर्ण रुपमा सञ्चालनमा आउने बताइए पनि त्यसअनुसारको तयारी भने अहिलेसम्म भएको छैन् । अहिलेसम्म सिडिएसमा जम्मा छ वटा कम्पनी सूचिकृत भएका छन्, अहिले स्टकमा २२६ कम्पनी सूचिकृत छन् । डिपिका लागि सात कम्पनीले लाइसेन्स लिएका छन्, अहिलेसम्म एस विकास बैंक, कृषि विकास बैंक, एभरेष्ट फाइनान्स, बैंक अफ काठमाण्डू, लक्ष्मी बैंक र हिमालयन जनरल इन्सुरेन्सले मात्र आफ्नो कम्पनी सिडिएसमा दर्ता गराएका छन् । अझै २२० कम्पनी दर्ता भएका छैनन्, यी कम्पनीमध्ये १५ वटा कम्पनी दर्ता प्रक्रियामा रहेको जानकारी सिडिएसले दिएको छ ।

सिडिएसमा दर्ता हुन कम्पनीलार्इ कति रकम लाग्छ ?

अहिलेसम्म डिपोजिटरी पार्टिसिपेशनका लागि जम्मा सात कम्पनी मात्र दर्ता भएका छन्, दर्ता भएका अधिकांश कम्पनी काठमाडौं केन्द्रित कम्पनी हुन् । यसले गर्दा उपत्यकाबाहिरका सेयर खरिदविक्रेतालाई सिडिएसमा तत्काल ल्याउन कठिन हुनेछ । त्यसबाहेक निक्कै प्रावधिक विषयवस्तुको रुपमा रहेको सिडिएसले यसलाई सर्वसाधरणसम्म सहज ढंगले ब्रिफ गर्ने काम पनि अहिलेसम्म गर्न सकेको छैन् । यसले लगानीकर्ताले सहजतापूर्वक जानकारी पाउने सकेका छैनन् ।