स्वीडेनका ५९ वर्षिय फोटोग्राफर विजोर्न बर्गम्यानले उत्तर कोरियामा नौ दिन
बिताए, उनले उत्तरकोरियाको राजधानी प्योङ्गयाङ्गदेखि गाउँसम्म घुमफिर गरे,
युद्धको त्रासले खाली उद्योग, रित्ता सडक र चमक हराउँदै गरेको दुम होटलको
तस्वीर उतारे । विश्वका लागि झण्डै प्रवेश निषेध भएको, निक्कै गुपचुप यो
राष्ट्र गरिवीले आक्रान्त छ, ग्रामिण गरिवीको चित्र पनि उनले तस्वीरबाट
उतारेका छन् । डेलीमेलले तयार पारेको उत्तर कोरियाको तस्वीर समाचार यस्तो छ
।

उत्तर कोरियाली सरकारका अफिसियल फोटोग्राफर प्योङयाङमा, उनी उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मदिन तयारीको तस्वीर कैद गर्ने तयारीमा छन्, हरेक अप्रिल महिनामा सुङको यही विशाल शालिक अघि हात उठाएर उनलाई अभिवादन गर्दै जन्मोत्सव मनाउने गरिन्छ । अहिले सुङका नातीले उत्तरकोरियाको नेतृत्व लिएका छन्, देश युद्धको तयारीमा छ ।

उत्तरकोरियाको राजधानी प्योङयाङको यो एक्लो हाटेल हो, १०२८ फिट अग्लो रुङयोङ होटलको २६ वर्षदेखि निर्माण चलिरहेको छ, लामो समयसम्म निर्माण बन्द गरिएको यो होटल अघिल्लो वर्ष फेरी बनाउन सुरु गरिएको थियो । होटलमा ११ करोड १० लाख डलरको मात्रै शिशा लगाइएको छ । यही हिउँदमा होटल खोल्ने तयारी भएको थियो तर युद्धको सन्त्रासले होटल सञ्चालन अझै केही वर्ष पर सरेको छ ।

दक्षिण कोरियाको सीमासँग जोडिएको संयुक्त राष्ट्र संघको यो भवन रित्तै छ, भवनलाई अहिले उत्तर कोरियाका आठ सैनिकले गस्ती गरिरहेका छन् ।
उत्तर कोरियाको राजधानी प्योङयाङमा यस्ता स–साना पसलहरु छन्, जहाँ चिसो पेय पदार्थ खरिद विक्री गर्न पाइन्छ, यो पसलको स्वामित्व निजी व्याक्तिहरुमा रहन्छ ।

उत्तर कोरियाको भूमिगत मार्ग, जहाँ पेन्टिङ्ग गरिएको छ, न्युक्लियर आक्रमण भए यो भूमिगत मार्गलाई सेल्टरको रुपमा प्रयोग गर्ने तयारी अहिले त्यहाँको सेनाले गरिरहेको छ ।

प्योङयाङलाई कोरियाको अर्को शहरसम्म जोड्ने आठ लेनको यो सडक १६० किलोमिटर लामो छ, हरेक वर्ष यो सडकको मर्मतसम्भार गरिन्छ, तर सडकमा यातायातका साधान भने विरलै पाइन्छ ।

राजधानी प्योङयाङको जीवन, सडकमा पूर्वी युरोपका केही ट्रामहरु चल्छन्, त्यही ट्रामको छेउबाट आफ्ना गन्त्व्यमा हिंडिरहेका उत्तर कोरियाली नागरिक, सतहमा प्योङयाङका अग्ला भवनहरु देखिएका छन् ।

शहरभन्दा बाहिर गाउँमा एक महिला खानाका लागि किरा खोज्दै, आमाले किरा खोजिरहेको अवलोकन गर्दै एक बालक, शहरमा खान, पिउनको सुविधा भए पनि ग्रामिण जीवन निक्कै कष्टकर छ, कोरियाका कैयौं गाउँमा भोकमरीको ठूलो समस्या छ ।

साइकलबाट सडकको दुरी नाप्दै एक महिला, ग्रामिण भेगमा सम्पन्न जीवन विताउनेहरु साइकलमा सवारी गर्छन् ।

प्योङयाङको किम इल सुङ स्क्वायर, छेउमा बगिरहेको तेसुङ खोला हो, यो स्क्वायर आठ लाख स्क्वायर फिटमा फैलिएको छ ।

प्योङयाङमा रेलवे सेवाको सरकारी भवन, यो रेलवेले उत्तरकोरियालाई चीनको सीमासम्म जोड्छ ।

गाउँको पसल, उत्तरकोरियाको कायसोङ गाउँमा रहेको सानो पसल अघि बालकहरु । गाउँमा यस्तै पसलबाट कारोवार हुने गर्दछ ।

उत्तरकोरियाका अधिकांस युवा सेनामा छन्, जीवन गुजाराका लागि महिलाको काम बढी छ, यो तस्वीरमा उत्तर कोरियाली महिला आफ्ना लागि आवश्यक सरसामानको ढुवानी गर्दै, कोरियाको अधिकांश ग्रामिण भेगमा यस्तै तस्वीर हुने गरेको छ ।

सडक छ, सवारी छैन्, किम इल सुङको जन्मोत्सव अघि सडकलाई चिल्लो पार्दै उत्तर कोरियाली सैनिक, उत्तर कोरियामा सडक त छ तर सवारीसाधनको चाप भने निक्कै कम छ ।