Wednesday, April 10, 2013

शेष घलेको नेपालमा सात अर्व लगानी आयो, साथै नेपालमा शेराटन पनि ल्याए, २०१८ बाट सञ्चालन हुने - bizmandu

गैरआवासिय नेपाली लगानीकर्ता शेष घलेले शेराटन ब्राण्डमा विश्वव्यापी चेन बनाएको स्टारवुड कम्पनीसँग साझेदारी गर्ने भएका छन् । उनको यो साझेदारी काठमाडौंमा पाँच तारे होटल सञ्चालनका लागि हो । घलेले सन् २०१७ भित्र काठमाडौं कान्तिपथमा पाँच तारे होटल काठमाण्डू  बनाउनेछन्, यो होटलको व्यवस्थापन सन् २०१८ को फ्रेबु्रअरी १ बाट स्टारवुडले लिनेछ र यसलाई शेराटन काठमाण्डू ब्राण्डमा चलाइने भएको छ ।

होटलको व्यवस्थापन लिने विषयमा शेराटन र घलेको कम्पनी एमआईटि गु्रप होल्डिङ्ग नेपाल प्राइभेट लिमिटेडवीच एक साता अघि अप्रिल ३ मा समझदारी भएको स्टारवुडले सोमवार न्युयोर्क स्टक एक्सचेञ्जलाई बुझाएको जानकारीपत्रमा उल्लेख छ ।



शेराटन होटलको झण्डा हाम्रो होटलमा फहराउन पाउँदा हामी हर्षित छौं, एमआईटी ग्रुप होल्डिङ्ग नेपालका प्रमुख कार्यकारी अधिकृत शेष घलेले भने, अन्तराष्ट्रिय ब्राण्डेड होटलको उच्च माग काठमाडौंमा छ, शेराटनले त्यो आवश्यकता पुरा गरेको छ, उनले समझदारी पत्रमा हस्ताक्षर गरेपछि भने ।


शेराटन होटलको झण्डा हाम्रो होटलमा फहराउन पाउँदा हामी हर्षित छौं, एमआईटी ग्रुप होल्डिङ्ग नेपालका प्रमुख कार्यकारी अधिकृत शेष घलेले भने, अन्तराष्ट्रिय ब्राण्डेड होटलको उच्च माग काठमाडौंमा छ, शेराटनले त्यो आवश्यकता पुरा गरेको छ, उनले समझदारी पत्रमा हस्ताक्षर गरेपछि भने ।
हामीले स्टारवुड ब्राण्डलाई दक्षिण एशियामा विस्तारको सम्भावना हेरिरहेका छौं, शेराटन काठमाडौं होटल सञ्चालनको हस्ताक्षर गर्दा हामी खुशी छौं, स्टारवुडका एक्वीजिशन तथा विकास उपाध्यक्ष निखिल मन्चारमले भने । शेराटन ब्राण्डलाई लिएर चलायमान काठमाडौंमा प्रवेश गर्दा हामी निक्कै उत्साहित पनि छौं, उनले भने । नेपालका लागि भारतीय पर्यटक सबैभन्दा ठूलो स्रोत हुन्, तथ्य यो छ कि भारतमा स्टारवुडको दह्रो पकड छ, यसले नेपालको पर्यटनलाई उत्कर्षमा पुर्याउन फाइदा पुग्नेछ ।

शेराटन काठमाडौं होटल सञ्चालनको हस्ताक्षर गर्दा हामी खुशी छौं, स्टारवुडका एक्वीजिशन तथा विकास उपाध्यक्ष निखिल मन्चारमले भने, शेराटन ब्राण्डलाई लिएर चलायमान काठमाडौंमा प्रवेश गर्दा हामी निक्कै उत्साहित पनि छौं

शेराटन राजधानीको मुख्य केन्द्रमा छ, कान्तिपथको यो होटल पुग्न विमानस्थलबाट ४० मिनेट लाग्छ, पर्यटकको लोकप्रिय हव ठमेलसँग जोडिएको, दूतावास, बैंक, कर्पोरेट कार्यालय र नारायणहिटी म्युजिअमले जोडिएको स्थानमा होटल खोल्दा हामीलाई फाइदा पुग्नेछ ।
घलेले यो होटल निर्माणका लागि सातदेखि साढे सात अर्ब नेपाली रुपैयाँ खर्च गर्ने भएका छन् । झण्डै १२ रोपनी जग्गामा घलेले २२५ वटा लक्जरी कोठा बनाउनेछन् । शेराटन काठमाडौंका पुरै २२५ कोठामा अल ह्वाइट शेराटन स्वीट स्लिपर बेड हुनेछन्, उच्च गतिको इन्टरनेट, लक्जरियस बाथ एण्ड बोडि प्रोडक्ट हुनेछ । शेराटनको लविमा माइक्रोसफ्टको लिंक एट शेराटन वाइफाइ हुनेछ । होटलमा चार वटा रेष्टुरेण्ट, स्पा, स्विमिङ्ग पुल, फिटनेश सेन्टर लगायतका सेवा हुनेछन् ।
घलेले काठमाडौंमा होटल खोल्ने घोषणा अघिल्लो वर्षको गैरआवासिय नेपाली सम्मेलनमा गरेका हुन् । घलेले त्यसका लागि कान्तिपथमा समाजकल्याण परिषद् र केशरमहल नजिकै जग्गा लिइसकेका छन् । घलेले सञ्चालन गर्न लागेको होटलको जग्गा, कम्पनी दर्तामा विवाद भएपछि निवर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टलाईले होटल सञ्चालन सहज बनाउन सरोकारवालालाई निर्देशन समेत दिएका थिए । घलेले पाँच वर्ष अघि यो जग्गा लोकभक्त राणासँग खरिद गरेक हुन् ।
अष्ट्रेलियाको स्थानीय पत्रिकाको र्यांकिङ्गमा घले त्यहाँका १६६ औं धनी व्याक्ति हुन्, उनले अष्ट्रेलियाको उच्च शिक्षा र रियलस्टेट व्यापारमा ठूलो लगानी गरेका छन् । एमआईटि समूहका अनुसार १६ वर्षदेखि अष्ट्रेलियामा आफ्नो व्यापार विस्तार गरेका घलेको रियलस्टेटमा मात्रै साढे १७ करोड डलर अर्थात झण्डै १६ अर्ब रुपैयाँ बराबर छ । गतवर्षको विवरणअनुसार उनीसँग २३ करोड ७० लाख डलर २१ अर्व ५६ करोड नेपाली रूपैयाँ बराबरको सम्पत्ती छ । उनले अष्ट्रेलियाको मुख्य केन्द्र मेलवर्नमा झण्डै एक दर्जन ठूला भवन सञ्चालन गरिरहेका छन् । होटलमा गर्न लागेको यो लगानीपछि नेपालमा घले दोस्रो ठूलो गैरआवासिय लगानीकर्ताका रुपमा स्थापित हुनेछन् । यसपहिले उपेन्द्र महत्तो र उनको टीमले नेपालको दूरसञ्चार, बैंक, जलविद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ ।
स्टारउडले यसअघि पाँच तारे एभरेष्टसँगको व्यवस्थापन साझेदारीमा एभरेष्ट शेराटन होटल सञ्चालन गरेको थियो तर दुई कम्पनीको साझेदारी टुटेपछि शेराटन फेरी दोस्रोपटक घलेसँगको साझेदारीमा नेपाल आएको हो । अहिले पनि सोल्टीको व्यवस्थापन क्राउन प्लाजा, हयात रिजेन्सी, र्याडिशनमा विदेशी व्यवस्थापनले चलाइरहेका छन् ।
स्टारउडले नेपालसँगै बंगलादेशको ढाका र श्रीलंकाको कोलोम्बोमा पनि व्यवस्थापन साझेदारीको तयारी गरिरहेको छ । सन् १९७३ मा दक्षिण एशियामा प्रवेश गरेको शेराटनले ढाकामा ले मेरिडियनमार्फत बंगलादेशमा फेरी प्रवेश गरेको हो । ढाकाको यो होटल भने सन् २०१६ मा सञ्चालनमा आउने छ । कम्पनीले श्रीलंकामा पनि कोलोम्बो इन्टरनेशनल एयरपोर्टमा फोर प्वाइन्सट शेराटन र राजधानी कोलोम्बोमा शेराटन कोलोम्बो होटल चलाउनेछ ।
स्टारवुडले शेराटन ब्राण्डमा विश्वमा ३४ वटा होटल तथा रिसोर्टको व्यवस्थापन चलाइरहेको छ भने यही ब्राण्डमा थप २४ वटा होटल तथा रिसोर्ट निर्माण, सञ्चालन र व्यवस्थापन जिम्मा लिने तयारी गरिरहेको छ । अमेरिकी कम्पनी स्टारउडले सन् २०१५ सम्म आफ्नो व्यवस्थापनमा सयवटा शेराटन होटल सञ्चालनको तयारी गरिरहेको छ ।