लण्डनको नेपाली दूतावास विक्री गर्न प्रक्रिया सुरु गरेपछि सर्वसाधरण
नेपाली हैरान छन्, उनीहरुको प्रश्न हुने गरेको छ, आखिर किन विक्री गर्नु
पर्यो नेपाली दूतावास ? बेलायतमा बस्ने नेपालीले दूतावास विक्री प्रस्तावको
विरोध गरेका छन् । आखिर लण्डनको नेपाली दूतावास किन विक्री गर्न खोजिंदैछ ?
किन भैरहेको छ विरोध र विक्री गरे कति पर्ला अनुमानित मूल्य ?

बेलायतको नेपाली दूतवास, यो भवनको ट्वाइलेटमा फ्ल्स हुँदैन्, छतमा मर्मतको आवश्यकता छ र भिसा आवेदन गर्न आउनेलाई प्रेसर कुकरको सिठ्ठीले स्वागत गर्दछ
बेलायती ट्यावलोइड डेलीमेललाई आधार मान्ने हो भने लण्डनको नेपाली दूतावास दश करोड पाउण्ड (झण्डै साढे १३ अर्ब नेपाली रुपैयाँ)मा विक्रीको प्रयास गरिंदैछ । लण्डनको सबैभन्दा महत्वपूर्ण सडकमा रहेको यो भवन विक्रीको भने लण्डनमा बस्ने गोर्खा समुदायले चर्को विरोध गरेको छ ।
पश्चिम लण्डनको केन्सिटन दरवार गार्डेनमा रहेको नेपाली दूतावास रियलस्टेट कम्पनीका लागि ‘एक्सक्लुसिभ’ सम्पत्ती हो । विश्वकै धनाढ्य, विभिन्न शक्तिशाली देशका दूतावास रहेको यो क्षेत्रमा विरलै सम्पत्ती विक्रि हुन्छ । नेपाली दूतावासको नाममा रहेको यो सम्पत्ती विक्री हुने भएपछि विश्वकै धनीहरुको चासो यो क्षेत्रमा रहेको डेली मेलले लेखेको छ ।

यो दूतावासको मूल्य दश करोड पाउण्ड साढे १३ अर्ब नेपाली रूपैयाँ पर्ने अनुमान गरिएको छ
नेपालले बेलायती राजदूत सुरेशकुमार चालिसेको नेतृत्वमा नेपाली दूतावास विक्रीसम्वन्धी निर्णय गर्न १२ सदस्यीय टोली गठन गरेको छ, यो टोली अहिले लण्डनमा छ । लण्डनमा सबैभन्दा सुरक्षित मानिने र अर्वपतीको सडक भनेर चिनिने यो क्षेत्रमा विभिन्न देशका दूतावास, राजदूतका निवास र विश्वका प्रतिष्ठित उद्योगी व्यापारीहरु बस्छन् ।
केन्सिटन दरवार गार्डेनमा रहेको ‘१२ए’ भवन सन् १८६५ मा निर्माण गरिएको हो, यो भवन बेलायतले नेपाललाई सन् १९३७ मा उपहार दिएको हो, युद्धमा गोर्खाले देखाएको अदम्य साहस र विरताको कदर गर्दै बेलायतले नेपाललाई ‘थ्यांक यु’ उपहार दिएको, डेली मेलले लेखेको छ । बेलायती सेनामा काम गरेका गोर्खाले यो भवनलाई ‘भक्टोरियन भिल्ला’का रुपमा लिने गरेको र यो बहुमूल्य भएको बताउँदै आएका छन् ।
बीबीसीसँगको सम्वादमा परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले भने, अहिलेसम्म सरकारले भवन विक्रीको निर्णय गरेको छैन्, समितिले दिएको सुझावका आधारमा सबै निर्णय तय हुनेछ । नेपालले यो सम्पत्ती लिजमा पाएको हो । त्यसवापत नेपालले हरेक वर्ष एक हजार पाउण्ड लिज रकम तिर्दै आएको छ ।

नेपाली दूतावासलार्इ जोड्ने सडक, यो क्षेत्रमा २९ वटा सम्पत्ती छन्, ती सम्पत्तीको कुल मूल्य तीन अर्ब ४० करोड पाउन्ड पर्छ
नेपालको यो पहिलो दूतावास हो, यसको लिज सन् १९८० थप ९९ वर्षका लागि नविकरण गरिएको थियो । नेपालले यो भवन अझै पनि ६६ वर्ष उपयोग गर्न पाउँछ, नेपालले त्यसका लागि हरेक वर्ष मात्र एक हजार पाउण्ड लिज रकम तिरे पुग्छ । भवन भव्य स्थानमा भए पनि त्यसको पूर्ण मर्मत भने पछिल्लो ५० वर्षदेखि गरिएको छैन् । भवनलाई पूर्ण मर्मत गर्न ५० लाख डलर (६६ करोड रुपैयाँ) लाग्ने अनुमान गरिएको छ ।
मर्मत नगरिएको अहिलेको अवस्थाको यो सम्पत्तीलाई ‘राष्ट्रिय बेइज्जत’ भनिएको छ, ट्वाइलेटमा फ्ल्स हुँदैन्, छतमा मर्मतको आवश्यकता छ र भिसा आवेदन गर्न आउनेलाई प्रेसर कुकरको सिठ्ठीले स्वागत गर्दछ ।
यी समस्याका बाबजुत पनि ३२ हजार स्क्वायर फिटमा फैलिएको यो सम्पत्ती औपचारिक रुपमा खुला प्रतिश्पर्धामा विक्रीमा राखे महँगोमा किन्न युद्ध ‘बिडिङ वार’ हुने अनुमान रियलस्टेट कम्पनीले गरेका छन् । लक्ष्मी मित्तललाई सन् २००४ मा बर्नी एक्केलेस्टोनको घर विक्री गर्ने ग्लेनट्री स्टेटका तेरोभर आव्राहमसनले नेपाली दूतावास भएको भवनको पुरानो ‘ग्लोरी’ फर्काउन लाखौं पाउण्ड खर्च हुने बताए ।

नेपाली दूतावासका छिमेकी, बेलायतका धनीमध्येका एक लक्ष्मी मित्तलको यो घर नेपाली दूतावास नजिकै छ,१२ बेडरूमको यो भवन सन् २००४ मा पाँच करोड ७० लाख डलरमा खरिद गरेका थिए
ती एजेण्टले भने, भवन निक्कै भव्य छ, भवनको गार्डेन, इन्ट्रान्स हल र भर्याङ्ग अद्भूत छ । उनले भने यो सम्पत्ती यो क्षेत्रकै महत्वपूर्ण सम्पत्ती हो । भवनलाई जिर्णोद्वार र नयाँ स्वरुपमा ल्याउन कम्तिमा पनि चार करोड पाउण्ड खर्च लाग्ने पनि उनले बताए । सडकसँग जोडिएको नेपाली दूतावास ठूलै गार्डेनले घेरिएको छ र यो केन्द्रीय लण्डनमा नौलो पनि छ । अवश्य पनि जब दूतावास भएर जाने सडकबाट तपाई बाहिर निस्कनुहुन्छ, तपाई लण्डनको केन्द्रमा पुग्नुहुन्छ ।

नेपाली दूतावासका छिमेकीको ग्राफ, डेली मेलबाट साभार
दूतावासले भनिएको यो क्षेत्रमा सम्भवत अन्य निजी सडकमाभन्दा बढी सुरक्षा छ, धेरै लामो समयदेखि यो सडकमा कुनै पनि सम्पत्ती विक्री भएका छैनन्, पक्कै पनि यो भवन विक्रीमा राखिए ‘विडिङ वार’ हुन्छ, उनले भने । व्युच्याम्स स्टेटका निर्देशक ग्यारी हर्षमले भने, भवन निक्कै आर्कषक छ र दश करोड डलरभन्दा बढी मूल्इ पर्दछ, विक्रीमा राखिए किन्न चाहनेको कुनै कमि हुनेछैन् । उनले भने केन्सिटन दरवार गार्डेनमा प्रति स्क्वायर फिट छ हजार पाउण्ड पर्छ, भवन जिर्णोद्धार गरिए १८ करोड डलभन्दा बढी मूल्यमा विक्री हुन्छ ।

केन्सिटन दरवार गार्डेनको लिज होल्डर क्राउन स्टेट हो, उसको सहमतिमा मात्रै नेपालले यो सम्पत्ती विक्री गर्न सक्छ, यो क्षेत्रमा २९ वटा सम्पत्ती
छन्, ती सम्पत्तीको कुल मूल्य तीन अर्ब ४० करोड पाउन्ड बराबरको छ । यो रकमको छ भागको एक भाग मूल्यले बेलायतकै चिपिङ नोर्टनस्थित कोट्सवल्र्ड टाउनको दुई हजार छ सय सम्पत्ती खरिद गर्न सकिन्छ । नेपाली दूतावासको छिमेकीका रुपमा रसिया, लेवनान, रोमनिया, सोल्भाकिया, चेज र नर्वेको दूतावास र राजदूतको निवास छ । यही स्थानमा साउदी राजपरिवारका सदस्य, बु्रनईका सुल्तान, रसियन अर्वपती बाल्भाटनिक र फक्स्टनका पाउण्डर जोन हन्टको भवन छन् । भारतीय मुलका बेलायती नागरिक लक्ष्मी मित्तलका यो स्थानमा धेरै घरहरु पनि छन् । मित्तलले सन् २००४ मा पाँच करोड ७० लाख डलर, बाल्भाटनिकले चार करोड १० लाख डलर र हण्टले एक करोड ५७ लाख डलरमा भवन खरिद गरेका थिए ।
तस्वीर र समाचार साभार डेलीमेल