उनीहरुको शरीर एउटै छ तर, अनुहार दुई । उनीहरु एब्बी र ब्रिटनी हेन्सल । एब्बी र ब्रिटनी जुम्हाला हुन् । उनीहरु
एकसाथ काममा जान्छन् । साथीभाईसँग रमाइलो गर्छन्, भलिबल खेल्छन्, ड्राइभिङ
पनि गर्छन । एक शरीरमा दुई अनुहारको जीवन कति सजिलो वा कठिन होला ?
डिग्री दुर्इ तर, तलब एककै
३२ वर्षीया एम्बी र ब्रिटनी अमेरिकाको
मिनेसोटामा बस्छन । दुबै प्राइमरी स्कुलमा शिक्षिका छिन् । उनीहरुसँग पढाउन
दुई लाइसेन्स पनि छ । तर, तलब एकको मात्र पाउँछन् । एब्बी भन्छिन्-हामीसँग
दुई डिग्री छ । किनकी हाम्रो दृष्टिकोण अलग-अलग छन् । पढाउने तरिका पनि एक
अर्कामा फरक छ ।’ आफूहरुले एक व्यक्ति भन्दा बढी काम गर्ने एब्बी
बताउँछिन् ।
अनौठो शरीरिक बनोट
एब्बी र ब्रिटनी कक्षमा हुँदा उनीहरु
मध्ये एकले विद्यार्थीलाई पढाउँछन् भने अर्कोले प्रश्नहरुको जवाफ दिने वा
बच्चाहरुमाथि निगरानी गर्नेछन् ।
जीवनको हरेक पल सँगसँगै बिताउने उनीहरुको
शरीरिक बनोट अनौठो छ । उनीहरुको फोक्सो, मुटु र पेट दुई छ तर, प्रजजन अंग र
कलेजो एउटै छ । एब्बी र ब्रिटनीले बाल्यकालदेखि नै शरीर जोडिएका कारण
एकअर्काको गतिविधीमा तालमेल मिलाउन सिके । जस्तो कि एब्बी दायाँ हात
नियन्त्रण गर्छिन् भने बि्रटनी बायाँ ।
उनीहरुको
उचाईमा पनि अन्तर छ । एक्बी ५ फुट २ इन्चकी छिन् भने बि्रटनीको लम्बाई ४
फुट १० इन्च छ, जसका कारण बि्रटनी संतुलन कायम राख्न खुट्टाको पंजाले
टेक्छिन् । यस्तो सन्तुलन उनीहरुले खानपानलेखि समाजिक जीवन र कपडामा समेत
मिलाउनु पर्छ ।
एब्बी भन्छिन्-’हाम्रो एकदमै अलग छौं । म
मस्त र रमाइलो गर्न रुचाउँछु भने ब्रिटनी सन्तुलित र गम्भीर स्वभावकी छिन्
।’ कुन कपडा लगाउने भन्नेमा एब्बीले सँधै जित्ने ब्रिटनीले बताइन् । एब्बी
घरमै बस्न रुचाउँछिन् भने ब्रिटनीलाई बाहिर घुम्न मन लाग्छ ।
बि्रटनीलाई उग्लो ठाउँमा जान डर लाग्छ भने एब्बीलाई त्यस्तो ठाउँमा जान रुचाउँछिन् । गणित र विज्ञान अध्ययन एब्बीको रुचीको विषय हो भने बि्रटनीको रुची कलामा छ ।
केही कप कफी खाएपछि ब्रिटनीको मुटुको धड्कन बढ्छ । तर, एब्बीलाई कुनै असर गर्दैन ।– एनेन्सीको सहयोगमा