Wednesday, April 24, 2013

ह्याण्डसम हुनु पनि अपराध : केटी पट्टाउने डरले सरकारले गर्यो देशनिकाला - onlinekhabar

विभिन्न अपराध गरेको आरोपमा वा कानून उल्लंघन गरेको आरोपमा विभिन्न देशबाट विदेशी नागरिकलाई देश निकाला गरिएको त सुनिएकै हो । तर हुँदाहुँदा सुन्दर हुनु पनि अपराधमै दरिएको छ र साउदी अरेबियामा तिनजना विदेशी युवाले बढि ह्याण्डसम भएको आरोपमा साउदी अरेबियाबाट देशनिकाला सहनुपरेको छ ।
handsome_man_5
साउदी पत्रिका इलाफका अनुसार युएइका ति तिनजना युवा बढि सुन्दर भएकोले उनीहरुप्रति स्थानीय महिलाहरु आकषिर्त हुने डरले उनीहरुलाई साउदीको धार्मिक प्रहरीले घर फर्काएको हो ।
समाचार अनुसार रियादमा आइतबार आयोजित एक सांस्कृतिक समारोहका अवसरमा संयुक्त अरब इमिरेट्स बाट पाहुनाको रुपमा आएका तिनजना लक्का जवान तन्नेरीलाई धार्मिक प्रहरीले अकस्मात त्यहाँबाट निकाला गरी घर फर्काएको हो ।
ती युवाहरुलाई समारोह स्थलमा बस्न दिइएको भए उनीहरुप्रति स्थानीय महिलाहरु आकषिर्त हुने र लहसिने डरमा उनीहरुलाई आयोजकले प्रहरी लगाएर बाहिर पठाएको बताइएको छ । समारोहस्थलबाट बाहिर निकालिएपछि उनीहरुलाई तत्काल युएइ फिर्ता पठाइएको थियो ।