Friday, April 19, 2013

बर्थडे केकमै लेखियो राजीनामा - onlinekhabar

बेलायतको स्ट्याण्ड एयरपोर्टमा काम गर्ने क्रिस होम्सले राजीनामाका लागि अनौठो तरिका अपनाएका छन् । उनले राजीनामा पत्र लेख्न केकको प्रयोग गरेका हुन् ।
केcakeकेकमा लेखिएको राजीनामा पत्रमा उनले परिवार र कारोबारमा समय दिने बताएका छन् । उनको यो राजीनामा पत्र समाजिक संजाल खास गरेर ट्वीटरमा हिट छ ।
होम्स बेलायती सुरक्षा बल बोर्डर फोर्समा काम गर्थे र पछिल्लो ४ वर्षदेखि हवाई अड्डाको इमिग्रेसन विभागमा खटिएका थिए । होम्सले सोमबार आफ्नो जन्मदिन पारेर केक आफ्ना वरिष्ठ अधिकारीहरुलाई दिएका थिए ।
उनको राजीनामाको नयाँ तरिकालाई स्वीकार गर्दै बोर्डर फोर्सले भनेको छ–‘होम्सलाई शुभकामनासहित उनको जिम्मेवारीबाट मुक्त गरिएको छ ।’– एजेन्सीको सहयोगमा