Sunday, April 21, 2013

बाजेको सेकुवाले अब देशभर फ्रन्चाइजी बनाउँछ, के छन् अरू योजना चेतन भण्डारीको अन्र्तवार्ता - bizmandu

'लौ मलाई दिनमा एक लिटर बोकाको पिसाव ल्याइदिनुस त म दिनको दश हजार रुपैयाँ दिन्छु, बोकाको पिसाव मिलाएर पनि कहिं मटन सेकुवा हुन्छ, विचारा दिमाग, मलाई त अचम्म लाग्छ'

बाजेको सेकुवा कसरी सुरुवात भयो, यो सफलता तपाईंले कसरी प्राप्त गर्नुभयो, एयरपोर्ट भित्रको खुला रेष्टुरेण्टबाट चेन रेष्टुरेण्ट खोल्ने यात्रा कस्तो रह्यो, यस्ता प्रश्नको जवाफ धेरै आइसके, अन्र्तवार्ता गर्ने हो भने केही नयाँ कुरा गरौं, केही भविष्यका विषयमा कुरा गरौं, जम्बुद्विप रेष्टुरेण्ट एण्ड व्याङ्केटका प्रवन्ध निर्देशक चेतन भण्डारीले अन्र्तवार्ताको सुरुमै भने, जम्बुद्विप जसले काठमाडौंका आधादर्जन स्थानमा बाजेको सेकुवा ब्राण्डमा रेष्टुरेण्ट सञ्चालन गर्दछ, जसले वार्षिक १० देखि १२ करोड रुपैयाँको कारोवार गर्छ, जहाँ सेकुवासँग मदिरा मात्र होइन, कफिको चुस्की पनि लिन पाइन्छ । हामीले पनि भण्डारीलाई पहिलो प्रश्न सोध्यौं त्यसो भए बाजेको सेकुवाको नयाँ योजना के हो ?


बाजेको सेकुवा अब एउटा ब्राण्ड बन्यो, रेष्टुरेण्टबाट राम्रै सफलता पनि प्राप्त गर्नुभयो, अब त्यसो भए तपाईं नयाँ के सोचिरहनुभएको छ ?
एउटा विजनेशम्यानका हिसावले मैले धेरै कुरा सोंचेको छु, त्यसमध्ये एउटा हो, आउटडोर क्याटरिङ्गलाई व्यवसायिक बनाउने, हिरोहिरोइनको मेकअप गर्ने भ्यानिटि भ्यान हुन्छ नि, त्यस्तै मोवाइल भ्यानमा अब हामी आउटडोर क्याटरिङ गर्ने सोंचिरहेका छौं । एउटा बस वा ट्रकको च्यासिस ल्याउने त्यसलाई क्याटरिङको कन्सेप्टमा डिजाइन गर्ने, क्याटरिङ्ग भ्यान भित्र, किचन इक्वीपमेन्ट हुन्छ, पावर व्याकअप हुन्छ, म्युजिक सिस्टम हुन्छ, त्यसमा एक्सटेण्डेड टेन्टसम्म हुन्छ । जहाँ चाहियो, जतिवेला चाहियो तुरुन्तै क्याटरिङ्ग गर्न सकिन्छ । यो क्याटरिङ्ग भ्यान पनि बाजेको सेकुवा ब्राण्डमै सञ्चालन हुन्छ, एउटा भ्यानबाट कारोवार बढ्दै गएपछि हामी थप भ्यान जोड्दै जान्छौं, थप भ्यानबाट सेवा थप्छौं ।

यो भ्यानले कहिलेदेखि क्याटरिङ्ग सुरु गर्छ ?, उपभोक्ताले कहिलेदेखि सेवा पाउँछन् ?
यो तत्काल भन्न सकिन्न, नेपालमा काम गर्न धेरै समस्या छन्, सोंचे जस्तो भयो भने एक वर्ष भित्र बाजेको सेकुवाको मोवाइल भ्यानबाट क्याटरिङ्ग सुरु हुन्छ ।




हामीले हाइजेनिक प्याकमा फ्रोजन सेकुवा, रेडि टु कुक सेकुवा र रेडि टु इट सेकुवा विक्री गर्छौं । हाम्रो ब्राण्डमा विक्री हुने यो सेकुवा गुणस्तरीय त हुन्छ नै, तपाईले यो काठमाडौंका नाम चलेका स्टोरबाट खरिद गर्न पनि सक्नुहुन्छ ।



अरु थप नयाँ योजना ?
बाजेको सेकुवा अब अधिकांश नेपालीको मुखमा झुण्डिएको छ, रेष्टुरेण्टको यो व्यवसायलाई अझ फराकिलो बनाउन हामी सेकुवालाई प्याक गरेर घरमा लगेर खाने व्यवस्था गर्दैछौं । तपाईंले घरमा १०÷१२ जनालाई सेकुवा खान निम्तो दिनुभएको छ, तर सबै जना एकैपटक त आउँदैनन्, तपाईले बाजेको सेकुवाबाट लगेको सेकुवा त सबैलाई ताततात्तो सर्भ गर्न सक्नुहुन्न्, हामी अब तपाईलाई त्यसको विकल्प दिंदै छौं । बाजेको सेकुवाले अब सेकुवा पोल्ने ग्रिलर पनि विक्री गर्दैछ, हामीले त्यसका लागि डिजाइन हेरिरहेका छौं, यो ग्रिलर हल्का, कम्फर्टेवल र सस्तो हुन्छ । हामी यो ग्रिलर मासमा आयात गर्छौं र हाम्रो ‘कस्ट’मा उपभोक्तालाई विक्री गर्छौं, ग्रिलर घरमा लगेपछि त तपाईलाई सेकुवा चाहियो, त्यसका लागि हामीले हाइजेनिक प्याकमा फ्रोजन सेकुवा, रेडि टु कुक सेकुवा र रेडि टु इट सेकुवा विक्री गर्छौं । हाम्रो ब्राण्डमा विक्री हुने यो सेकुवा गुणस्तरीय त हुन्छ नै, तपाईले यो काठमाडौंका नाम चलेका स्टोरबाट खरिद गर्न पनि सक्नुहुन्छ । यो योजनाको हामी धेरै नजिक आइसकेका छौं, यही सिलसिलामा स्वीजरल्याण्डका एकजना सेलिबे्रटी सेफ नेपाल आएका छन्, उनी बाजेको सेकुवासँग एक महिनाका लागि भोलिन्टियर हुनेछन् । त्यसबाहेक बाजेको सेकुवाले मसला पनि उत्पादन गर्नेछ, त्यसमा मम मसला, सेकुवा मसला, यस्ता धेरै मसलाहरु हुनेछन् ।


तर म मेरै मोडेलको फ्रेन्चाइजी बनाउँछु, कसैले एबिसि फुड खोल्छ, त्यहाँ हाम्रो स्ट्याण्डर्ड हुन्छ, मेरो स्टाफले त्यहाँको काम, कारोवार हेर्छ, रेष्टुरेण्टको लुक, टेष्ट, सबै हाम्रो जस्तै हुन्छ, फ्रन्चाइजी दिंदा हामी सुरुमा केही शुल्क लिन्छौं, नाफामा गएपछि विक्रीको केही हिस्सा लिन्छौं


तपाईंले केही समय अघि काठमाडौंमा थप पाँच÷छ स्थानमा बाजेको सेकुवाका रेष्टुरेण्ट खोल्ने र देशभरका शहरमा पुग्ने महत्वाकांक्षी योजना ल्याउनुभएको थियो, यो सूचीमा रेष्टुरेष्ट विस्तारको योजना कहिं पनि छैन् त ?
हामीले रेष्टुरेण्टको विस्तारको क्रम रोकेका छैनौं, हामीले मात्र अर्को विकल्प हेरिरहेका छौं त्यो हो बाजेको सेकुवाको फ्रन्चाइजी, नेपालमा यो विल्कुलै नयाँ योजना हो, त्यसका लागि हामीले फ्रेञ्चाइजीका विभिन्न मोडल हेरिरहेका छौं, रेष्टुरेण्ट फ्रेन्चाइजीका विभिन्न मोडलहरु छन्, केएफसि, पिज्जाहट, म्याकडोनाल्ड, स्टारबक धेरै मोडलमा फ्रन्चाइजी छन् तर म मेरै मोडेलको फ्रेन्चाइजी बनाउँछु, कसैले एबिसि फुड खोल्छ, त्यहाँ हाम्रो स्ट्याण्डर्ड हुन्छ, मेरो स्टाफले त्यहाँको काम, कारोवार हेर्छ, रेष्टुरेण्टको लुक, टेष्ट, सबै हाम्रो जस्तै हुन्छ, फ्रन्चाइजी दिंदा हामी सुरुमा केही शुल्क लिन्छौं, नाफामा गएपछि विक्रीको केही हिस्सा लिन्छौं । हामीलाई नाफामा रोयल्टी लेउ भन्ने थुपै्र छन्, तर हामी नाफामा होइन कारोवारमा रोयल्टी लिने गरी फ्रन्चाइजीको मोडल विकास गरिरहेका छौं ।

बाजेको सेकुवाको पहिलो फ्रेन्चाइजी कहिलेसम्म खुल्छ ?
पोखरा, विर्तामोड, विराटनगर जताततैबाट हामीलाई फ्रन्चाइजी देउ भन्दै आइरहेका छन्, नारायणगढबाट त बाजेको सेकुवाको फ्रन्चाईजी चाहियो भन्दै चार जना आएका छन्, हामी एक वर्ष भित्र एउटा फ्रन्चाइजी लञ्च गरेर देखाउँछौं, त्यसको डाटा देखाएपछि अरुलाई फ्रन्चाइजी दिन्छौं । पहिलो फ्रन्चाइजी हाम्रा लागि टेष्ट केस हो, कमायौं भने हामी हिट हुन्छौं घाटामा गए फ्ल्प पनि हुन सकिएला ।


तपाई आफै खेतीपाती गर्ने, त्यो उत्पादन आफ्नै रेष्टुरेण्टबाट विक्री गर्ने योजना पनि बनाउनुभएको थियो होइन् ?
यो हाम्रो प्राथमिकता प्राप्त योजना नै हो, अवस्था राम्रो हुँदै गए हामी यो योजनालाई छिट्टै लागू गर्छौं, त्यसका लागि हामीले दुईवटा विकल्प हेरिरहेका छौं, एउटा हो आफै, आफ्ना मान्छे लगाएर खेतीपाती गर्ने वा निश्चित केही स्थानको उत्पादन खरिदको ग्यारेन्टी गर्ने । दोस्रो विकल्प हाम्रा लागि उपयुक्त हुन्छ, गाउँलाई आवश्यक पर्ने विउ, विजन हामी दिन्छौं, उनीहरुलाई हाम्रो गुणस्तरमा उत्पादन गर्न लगाएर त्यो खरिदको ग्यारेन्टी पनि गर्छौं, यसले एक त किसानले राम्रो मूल्य पाउँछन्, दोस्रो हामीलाई पनि मार्जिन बच्छ । अहिले तरकारी, माछा, मासु लगायतका उत्पादनमा किसान र हाम्रोवीचमा बसेर कमाउनेहरु धेरै छन्, हामीले किन्ने ग्यारेन्टी गरेपछि किसानले मूल्य पाउँछ, हामीले गुणस्तरीय उत्पादन पाउँछौं, हाम्रो योजनामा उत्पादन हुने हुँदा आवश्यक सबै सामान भनेको बेलामा पनि पाउँछौं ।

मादक पदार्थ सेवन परीक्षणले रेष्टुरेण्ट व्यापारलाई राम्रै असर पारेको छ जस्तो छ, मदिरासँग अनौठो जस्तो लाग्ने कफिको पनि व्यापार सुरु गर्नुभएछ ?
मापसे परीक्षणले हाम्रो व्यापारमा झण्डै ४० प्रतिशत गिरावट आएको छ, व्यापार घटे पनि खर्च घटेको छैन्, त्यसो भए के हुन्छ त विकल्प भनेपछि कफिको व्यापार सुरु गरिएको हो, यसले हामीलाई खर्च धान्न मद्दत गरिरहेको छ । मापसेले व्यापार घटे पनि म मान्छे कटौती त गर्न सक्दिन्, बिजुली, पानीको खर्च घटाउन सक्दिन, मसँग व्यापार वृद्धि गर्नुको विकल्प छैन्, यस्तो बेला हामीले कफिको चेन सुरु गर्यों, अहिले अनामनगर र बत्तीसपुतलीमा मदिरासँगै कफि पनि उपलब्ध छ । त्यसमाथि कफि विश्वमा खपत हुने दोस्रो ठूलो ल्क्विीड हो, अमेरिका, जापान, कोरियामा कफिको राम्रो कल्चर छ, नेपालमा पनि त्यो कल्चर विस्तारै सुरु हुँदैछ । कफिमा देखिएको रेस्पोन्सले हामीलाई हौसला मिलेको छ । सबैभन्दा ठूलो मैले जागिर दिएकालाई मदिराको व्यापार छैन्, जागिर छोड भन्न परेको छैन् ।


मापसेले व्यापारमा असर परेपछि खर्च पनि घटाइरहनुभएको होला नी ?
त्यही हो, छोडेको स्टाफका ठाउँमा मान्छे राखेको छैन्, तर नभई नहुनेमा त राख्नै पर्यो, त्यसैगरी अदृष्य खर्चहरु घटाएको छु, बत्ती, पानीमा कञ्जुसी गर्ने, थोरै स्टाफबाट धेरै काम लिने, यो काम त भैरहेको छ । आफ्नो खर्च घटाएको छु, त्यसबाहेक कफिबाट अलिकति रिकभर भएको हो ।

तपाईको वार्षिक टर्नओभर कति हो ?
हामी वर्षमा १२ करोडसम्मको कारोवार गर्छौं, पहिले त्योभन्दा बढी थियो तर अहिले कारोवार झण्डै ४० प्रतिशतले कमि आएको छ । बत्तीसपुतलीमा व्याङ्केट पनि छ, त्यसैले सबैभन्दा बढी टर्नओभर त्यहाँ हुन्छ, त्यसपछि अनामनगरमा बढी कारोवार हुन्छ, सिनामंगल, गैह«ीधारा, सोह«खुट्टे सबैको व्यापार ठीकठाक छ ।

अहिलेसम्म यी सबै परियोजनामा कति लगानी गर्नुभएको छ ?
सबै परियोजनामा १०/१२ करोड रुपैयाँ खर्च भएको छ, झण्डै त्यति नै ऋण पनि छ ।

नेपालमा रेष्टुरेण्ट व्यवसाय परम्परागत ढंगले चलिरहेका छन्, यस्तो बेला बाजेको सेकुवालाई तपाईहरु ब्राण्डिङ्ग गर्नुहुन्छ, चेन बनाउनुहुन्छ, यस्तो गर्नुपर्दछ भन्ने सोंच कहाँबाट आयो ?
बुबासँग पाँच सय माग्दा हजार दिनुहुन्थ्यो, घुम्न गइन्थ्यो, खाइन्थ्यो, रमाइलोसँग जीवन चिलरहेको थियो, १५ वर्षअघि पढाइ सकेपछि म झण्डै अर्काको जागिर खान गएको मान्छे, एक दिन बुबाले रेष्टुरेण्टबाट छुट्टिलिनु भयो, केही दिनका लागि बाहिर घुम्न जानुभयो, रेष्टुरेण्ट मैले चलाउन थालें, रेष्टुरेण्टमा थुप्रै लुप होलहरु रहेछन्, ती लुप होलहरुलाई टाल्न थालें, आम्दानी दोब्बर हुन थाल्यो, मैले महिनामा ३०÷४० हजार रुपैयाँसम्म अतिरिक्त आम्दानी हुन थाल्यो, अब भने लाग्यो आखिर यहीं यति राम्रो कमाई छ भने किन अर्काको जागिर खान जाने, हामीले गुणस्तरीय खानालाई कहिल्यै पनि कम्प्रोमाइज गरिन्, चलाउँदै जाँदा पाँच÷छ वर्षमा कम्पनी कहाँबाट कहाँ पुग्यो । जानेर, नजानेर हामीले त्यतिवेला कम्पनीको ब्राण्डिङ्ग गरेका होइनौं, तर अब भने अवस्था यस्तो आयो, यही ब्राण्डिङ्गलाई क्यास गरेर अन्य वैकल्पिक व्यापारहरु सोच्नुपर्यो ।


एउटा युवा उद्यमीको हिसावमा हेर्दा नेपालमा व्यापार गर्न कति गाह्रो रहेछ ?
यदी म बाजेको सेकुवाको पाइलट हो भने, मैले यसलाई सजिलै सोंचे, सजिलै टेक अफ पनि गरें, कम्पनी सजिलै उड्दै पनि गयो तर, संधैभरि अवस्था त्यस्तो रहेन्, पछि एउटा ठाउँमा आएपछि समस्या धेरै देखिन थाले, समस्या पनि चाहिंदो होइन नचाहिंदो समस्या आउँदा रहेछन् ।  व्यापारमा सिधा बाटो हुँदो रहेनछ, अनावश्यक चिजहरु आउँदा रहेछन्, यो विकशोन्मुख देशका दुःख हुन्, विकसित मुलुकमा पक्कै यी समस्या हुँदैनन् होला । एकदिन एउटा मान्छे आउँछ, लोकल हुँ भन्छ, पाखुरा सुर्किन्छ, नसक्ने डिस्काउन्छ माग्छ, अर्कोदिन अर्को राजनीतिको खोल ओडेर आउँछ चन्दा माग्छ, रेष्टुरेण्ट व्यवसायमा यस्ता समस्या धेरै छन् ।

तपाईंको रेष्टुरेण्टको गुणस्तरीयता माथि नै प्रश्न पनि उठे नी होइन् ?
एक दिन एउटाले लेखेछ, बाजेको सेकुवा राँगाको मासु ल्याउँछ, बोकाको पिसाव मिलाउँछ र बोकाको सेकुवाभन्दै बेच्छ, हामी त गाउँमा हुर्किएको मान्छे, बोकाले कसरी पिसाव गर्छ थाहा छँदैछ, लौ मलाई दिनमा एक लिटर बोकाको पिसाव ल्याइदिनुस त म दिनको दश हजार रुपैयाँ दिन्छु, बोकाको पिसाव मिलाएर पनि कहिं मटन सेकुवा हुन्छ, विचारा दिमाग, मलाई त अचम्म लाग्छ । हामी गुणस्तरमा कहिल्यै पनि सम्झौता गर्दैनौं, सम्भवत त्यही कारण हामी विना ब्राण्डिङ्ग एउटा ठूलो ब्राण्ड बनेका छौं, हामी सबै नेपालीको मुखमा बाजेको सेकुवा भन्दै झुण्डिएका छौं, उनीहरुको दिमागमा बस्न सफल भएका छौं ।