के तपाई मंगल ग्रहमा जान चाहनु हुन्छ ?
यति त्यसो हो भने आवेदन दिन तयार हुनुस् । हल्याण्डको कम्पनी मार्स वानले
छिट्टै आवेदन खोल्दैछ ।
तर, यसमा एक सर्त पनि छ । कम्पनीले यात्रा
एकतर्फी मात्र हुनेछ । अर्थात तपाईलाई मंगल ग्रहमा लैजाने छ तर, र्फकनु
कुनै व्यवस्था छैन । मार्स वानको योजना मंगल ग्रहमा मानव बस्ती बसाउने हो र
यो मिशन २०१८ सम्ममा पूरा हुने उसको विश्वास छ ।
बीबीसीका अनुसार मार्स वानमा पहिल्यै
हजारौं निवेदन आइसकेको छ । मंगल ग्रहमा जान चाहनेहरुले रियालिटी शोमा जस्तै
छनोट प्रक्रिया पार गर्नु पर्नेहुन्छ, जुन टीभीमा प्रशारण हुनेछ ।
मार्स वानका संस्थापक ब्यास
ल्याण्डडोर्पका अनुसार पृथ्वीबाट मंगल ग्रहमा जान ७-८ महिनाको यात्राका
क्रममा अन्तरीक्ष यात्रीको हड्डी र मांसपेशीको वजन घट्नसक्छ । मंगलको निकै
कमजोर गुरुत्वाकर्षण क्षेत्रमा समय विताएपछि आफूलाई फेरि पृथ्वीको वातावरण
अनुसार ढाल्न पनि सम्भव हुँदैछ ।
अभ्यासमा सफल हुनेहरुलाई शारीरिक र
नमोवैज्ञानिक प्रशिक्षण दिइनेछ । यो परियोजनामा जुटेको टिम सबै क्षेत्रमा
रहेको प्रविधीको प्रयोग गर्छन् । उर्जा सोलार प्यानलबाट निकालिनेछ भने पानी
रिसाइक्लिङ गरिनेछ । अन्तरीक्षयात्रीहरु आफैंले खाना बनाउनु पर्नेछ भने
राशन पनि आफैंले व्यवस्था गर्नु पर्नेछ । हरेक दुई वर्षमा नयाँ मानिसहरु
भेटिनेछ ।
मार्स वानको यो महत्वकांक्षी योजनाप्रति
धेरैको आशंका छ । एरिजोना विश्वविद्यालयका डा. वेरोनिका ब्रेले मंगलको शतह
मानवका लागि उपयुक्त नभएको भन्दै मार्सको योजना सफल हुनेमा शंका व्यक्त
गरेका हुन् ।