भनिन्छ,
मान्छेको तन बूढो भए पनि मन बूढो हुँदैन । मान्छेहरू जीवनको
उत्तराद्र्धसम्म पनि उत्तिकै ऊर्जाशील हुन्छन् । मानौँकि, उनीहरू २० वर्षे
लक्का जवान हुन् । पूर्जा अर्थात् शरीर जति बूढो भए पनि ‘केही गरौँ’
भन्नेहरूको ऊर्जा उत्तिकै जवान रहिरहन्छ । शरीरको अनिच्छाले अर्थपूर्ण
जिन्दगी बाँच्नेहरूको इच्छा कहिल्यै मार्दैन । पूर्जाहरू कमजोर भए पनि
ऊर्जा उही रहन्छ, अनि मनले भनिरहन्छ, ‘अझै मैले केही गर्नुछ ।’ पूर्जा
ओरालो लागे पनि पनि ऊर्जा भने उकालो लगाइरहने मध्येका एक हुन्, श्री
एरलाइन्सका कार्यकारी अध्यक्ष बनवारीलाल मित्तल । ७७ वर्षे यी उद्योगीको मन
भने उत्तिकै ऊर्जाशील छ । ७७ वर्षे बनवारीलाल हरेक हिसाबले सधैँ सदाबहार
छन् । भन्छन्, ‘केही गरौँ भन्ने जोस अझै पनि हराएको छैन ।’ उनलाई कामको
हिसाबले अझै पनि कहीँ कतै बूढो भएको आभास नै छैन । उनको कामको गति र यति
अझै उस्तै छ । उनको ऊर्जा हेर्दा जो कोहीलाई पनि यस्तो लाग्छ, ‘जिन्दगी त
यस्तो पो ।’
मित्तलहरू सबै उद्योग व्यवासायमा जमेका छन् । व्यापारमा बनवारीलाल पनि परिचित अनुहार नै हुन् । उनको पहिलो परिचय हो, उद्योगी । र, दोस्रो समाजसेवी । आफ्नो समृद्धिका लागि उनी जति सक्रिय छन्, अरूका खुसीका लागि पनि उनी उत्तिकै जमेर लागेका छन् । अझै पनि शरीर उस्तै स्पातिलो छ । कसरी यस्तो सम्भव भयो त ? भन्छन्, ‘स्वस्थ्य नै धन हो भन्ने कुरामा म सचेत छु ।’ उनी शाकाहारी हुन् । खानामा उनको पहिलो रोजाइ फलफूल हो । तर, उनको दैनिक कार्यतालिकामा भने उतिसारो व्यवस्थित रहेनछ । भन्छन्, ‘मेरो सुत्ने उठ्ने समय घटबढ भइरहन्छ । उठ्ने समय बिहान पाँच बजेदेखि सात बजेसम्म हुन्छ ।’ उनी हरेक बिहान नुहाउँछन् । बिहानको नित्यकर्मपछिको एकदेखि आधा घन्टा योग साधनामा गर्नु उनको दैनिक कर्म हो । मर्निङवाकमा पनि उत्तिसारो उनी ध्यान दिँदैनन् । भनिन्छ, कुनै पनि माान्छे रोगबाट मुक्त हुँदैन । उनी पनि सुगर र प्रेसर रोगी हुन् । उनको भाषामा यो रोग खानदानी रोग हो । त्यसो त अहिले झनै निरोगी भएको महसुस भएको रहेछ उनलाई । ‘केटाकेटी हँुदा निकै रोगी थिएँ म त्यसको तुलनामा अहिले छैन,’ उनले सुनाए ।
उनको अनुहारको चमक उस्तै छ । गाला अझै रातोपिरो छ । के छ त्यस्तो कमाल ? ‘शरीरमा विचारअनुसारको रसायन उत्पादन हुन्छ’ उनले हाँसेर सुनाए, ‘खराब विचारले खराब रसायन उत्पादन हुन्छ, मेरो विचार पनि स्वास्थ्य छ, रसायन पनि उस्तै उत्पादन भइरहेको छ ।’ विचार स्वस्थ रह्यो भने स्वास्थ्य पनि स्वस्थ रहने उनको बुझाइ छ । ‘मेरो विचार स्वस्थ छ, त्यही भएर मेरो शरीर पनि स्वस्थ छ,’ उनले दोहोर्याएर आफ्नो निष्कर्ष प्रस्तुत गरे । उनलाई आफ्ना सहकर्मीहरूले बारम्बार सोधिरहन्छन्, ‘ए बनवारी सधैँ सदाबाहार रहने रहस्य के छ ? ‘राग, वेग, तृष्णा कम भयो भने मान्छे सधैँ तन्दुरुस्त देखिन्छ’ उनका मित्रहरूका लागि उनको रेडिमेट उत्तर छ, ‘मान्छे उमेरले भन्दा पनि मनले हुन्छ, मेरो पनि अझै तन्नेरी छ ।’ बूढो भएँ भनेर हरेस खाने साथीहरूलाई उनी सधैँ सुझाइरहन्छन्, ‘लौ मेरो उमेर त गयो भन्ने सोचेर बस्यो भने मान्छे बूढो हुन्छ, त्यस्तो सोच्नु हुँदैन ।’ उमेरको चिन्ताभन्दा पनि कामको चिन्ता हुँदोरहेछ उनलाई । आफूले हिँडेको प्रत्येक पाइला अर्थपूर्ण हुनुपर्छ भन्नेमा उनी सधैँ सचेत छन् ।
नेपालीमा उखान छ, चिन्ताले मान्छेलाई चितामा पुर्याउँछ । उनी सुगर र प्रेसरको रोगी हुन् । तर, गुलियो खाँदा पनि उनी चिन्ता गर्दैनन् । भन्छन्, ‘मेरो मनोबलले रोग पनि पराजित हुन्छ, आहा खान नहुने खाएँ, अब बिरामी हुन्छु भनेर कहिल्यै सोच्दिनँ ।’ त्यसो त उनी खानमा खोसिन पनि छैनन् । ‘अगाडि जे भेट्यो त्यही मनपर्छ यही चाहिन्छ भन्ने छैन’ उनले सुनाए, ‘मैले ढिँडो पनि खाएको छु मीठो लाग्छ । मलाई के मनपर्छ मलाई नै थाहा छैन ।’ मित्तल एक सफल उद्यमी हुन् । मान्छेलाई सफल बनाउने अनेक कडी हुन्छन् । उनलाई कुन त्यस्तो कडीले सफल बनायो त ? ‘कामप्रतिको समपर्णले’ उनले सफलताको रहस्य सुनाए, ‘म जे काम गर्छु त्यसप्रति सतप्रतिशत समर्पित भएर गर्छु ।’ व्यापारमा लाग्दा उनको ध्यान व्यापार मात्रै हुन्छ, समाजसेवामा जाँदा समाज सेवा मात्रै उनले थपे, ‘मिक्स काम गर्न मलाई मन पर्दैन ।’ यस्तो आफ्नो बानीलाई अनुशासनको रूपमा अथ्र्याउँछन् उनी । पहिरनमा पनि उनी सोखिन छैनन् । हमेसा उनी श्रीमतीको रोजाइको कपडा लगाउँछन् । उनलाई श्रीमतीको सधैँ अनुरोध हुन्छ, ‘बाहिर निस्कँदा ठाँटिएर हिँड्नुहोस् ।’ श्रीमतीको आग्रहलाई कति मान्छन् त उनी ? ‘कपडा श्रीमतीले नै किनेर ल्याइदिने हँुदा मेरो आºनो रोजाइमा चल्दैनन्,’ फिस्स हाँसेर भने, ‘श्रीमतीले भनेको पनि मान्नै परो नि ।’
उनको कार्यालयमा काम गर्ने उनीभन्दा कम उमेरका कर्मचारीहरूले कहिलेकाहीँ भन्दारहेछन् ‘सर अब त बूढो भइयो ।’ उनीहरूका लागि पनि उनको रेडिमेट उत्तर हुन्छ, उनको, ‘मन बूढो भए मान्छेहरू जवानीमै पनि बूढो हुन्छ । ज्यानलाई पूर्जाशील र मनलाई ऊर्जाशील बनाऊँ, सबथोक ठीक हुन्छ ।’
प्रस्तुति : चमिना भट्टराई