ऋषिराम कट्टेल
पछिल्लो समयमा देखिएको नेपाली फिल्म मेकिङुको नयाँपनबाट तरंगित नेपाली चलचित्रका दर्शकलाई यौनजन्य फिल्म निर्माणको होडले स्तब्ध बनाइदिएको छ। लूट र चपली हाइट पछि अहिले एटीएम, विन्दास नामको नेपाली फिल्महरु चर्चामा छ तर सुन्दर पक्षका कारण नभएर फोहोर कुराका निम्ति ।
कतिसम्म भने सार्वजनिक प्रदर्शनमा आइनसकेको एटीएम को त प्रोमोमा समेत सेन्सर गर्न सेन्सरबोर्ड अगाडि सरेको छ । आधादर्जन फिल्म निर्देशकले यो फिल्म माथि कारबाही गर्न चलचित्र विकास बोर्डमा ज्ञापनपत्र बुझाएका छन् ।
‘सी ग्रेड’का हिन्दी फिल्म बिर्साउने बेतुकको कथामा बढी से बढी यौन उत्तेजना र आमाचकारी गाली बेच्न बनाइएको यो फिल्मबारे निर्माता संघका सचिव सुरेश दर्पण पोखरेल भन्छन् ‘खासमा यो पोर्न फिल्म जस्तै हो जसलाई व्यवस्थित पार्ने कानून नै बनेको छैन ।’
फोहोरको व्यापार
फिल्मलाई मनोराजनको साधन मात्र हैन आमसाचारको सशक्त माध्यम पनि मानिन्छ । समाज विकासमा फिल्मको ठूलो भूमिका रहिआएको छ । कलाकार हुन् कि निर्देशक सिर्जनामा खास क्षमता भएका व्यक्तिहरु यो क्षेत्रमा आउँछन् सिर्जनाकै आधारमा आफ्नो तर्फबाट योगदान दिन्छन् टिक्छन् र प्रशंसित हुन्छन् । तर पछिल्लो समयमा निर्माण भएको एटीएम र प्रदर्शन भइरहेको द लास्ट किस जस्ता चलचित्रको प्रस्तुतिले यो अवधारणासँग कति पनि मतलब राखेको छैन ।
फिल्ममा ‘कथाले मागे जति निर्वस्त्र हुन र गाली बोल्न’ तयार पात्रहरु त छन् तर न तिनलाई सुहाउँदो बनाउने परिवेश छ न त कथानक नै । यसबाट सम्बन्धित निर्देशकहरुको बौद्धिकता र नियत छर्लङ्ग भएको एक जना फिल्म समीक्षक बताउँछन् । ‘फिल्मको नाममा समाजलाई फोहोर बेचेर मालामाल हुने नियत देखिन्छू उनी भन्छन् ‘यस्तो सोचमा बौद्धिकता र पेशागत उत्तरदायित्वका लागि कुनै ठाउँ हुँदैन ।’
द लास्ट किस र एटीएम को अर्को चिन्ताजनक पक्ष के छ भने यसका नायिकाहरु बेतुकका कथामा निर्वस्त्र हुन र छाडा बोल्न यति अग्रसर देखिन्छन् कि मानौं त्यही नै अभिनय कला हो । विन्दास नामको फिल्ममा त नायिका सुष्मा कार्कीले दिएको ‘हट’ दृश्यबाट चलचित्र युनिट नै स्तब्ध भएको हल्ला चलेको थियो । यी नवनायिकाहरुको ‘आँट’ देख्दा उनीहरु कुन संसारबाट आएका होलान् जस्तो लाग्छ । ‘नेपाली सिने क्षेत्रमा अश्लीलताले हद नाघेको छ’ वरिष्ठ चलचित्रकर्मी यादव खरेल भन्छन् ‘उनीहरु कुन उपलब्धिका लागि किन यसो गरिरहेका छन् बुझ्निसक्नु भएको छ ।’
नराम्रोको नक्कल
व्यापारको हिसाबले चमत्कार गरेको लूट यस्तो समयमा आएको थियो जुन बेला नेपाली चलचित्र क्षेत्र नुन खाएको कुखुरा झैं झ्ोक्राएको थियो । चलचित्र क्षेत्रमा ठूलै तरंग ल्याएको लूट को छाडा संवादले नयाँ बहस पनि जन्मायो । चपली हाइट को विशेषता बनेको यौनजन्य दृश्यहरुले नेपाली चलचित्रको अश्लीलता सम्बन्धी बहसलाई पुनः ब्युँतायो । समग्रमा नग्नताकै कारण चलेको चपली ले समाजलाई राजनीतिक संक्रमणले गाँजेको मौकामा चौका फालेर फाइदा उठाएको समीक्षकहरुको निष्कर्ष थियो भने लूट को छाडा भाषालाई ुफिल्म मेकिङु को हिसाबले स्वाभाविक मानियो । ‘तर लूट र चपली हाइट का नराम्रा कुराको मात्र नक्कल भयोू नायक राजेश हमाल भन्छन् ‘अहिले नराम्रो नक्कलको लहर नै चलेको छ ।’
फिल्मको नाममा भद्दा शैलीमा सेक्स बेच्न खोज्ने प्रवृत्ति नेपाली चलचित्र उद्योगका लागि निकै गम्भीर बिषय भएको छ । हाल निर्माणाधीन प्ले गर्ल रिङरोड फुलस्टप कल गर्ल नाइन ओक्लक जिगोलो रेड मार्केट ब्लाक नाइट मेमोरी कार्ड र प्रदर्शन थालेको नाइट क्विन जस्ता चलचित्रको नामबाटै यिनीहरुले समाजलाई के दिन खोजेका छन् भनेर अनुमान लगाउन सकिन्छ । एक साताअघि थ्रीएक्स नामक फिल्मको पनि शुभसाइत भएको सुनिएको छ ।
ब्लू फिल्म शैलीका यस्ता प्रस्तुतिले नेपाली फिल्म क्षेत्र र फिल्मकर्मीहरुको घोर बेइज्जत हुने चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई बताउँछन् । समाजको संस्कृति र चलचित्र कला भन्दा धेरै टाढाका यस्ता फिल्म निर्माणलाई कुनै हालतमा निरुत्साहित पार्नुपर्ने अध्यक्ष राई बताउँछन् ।