Sunday, June 17, 2012

सगरमाथामा कामेको नयाँ रेकर्ड - onlinekhabar

भरतबन्धु थापा
‘११ पटक त पहिले नै चढिसकेको थिएँ, तर यसपाला चुचुरोमा पुग्दा असाध्यै खुसी लाग्यो’-केरुङ गाविस ४, सोलुखुम्बुका ५१ बषिर्य कामे शेर्पाले एकै सिजनमा त्यो पनि दश दिनको भित्रै तीन पटकसगरमाथा चढेर फर्के पछीको अनुभव हो । विश्व रेर्कड कायम गरेर काठमाण्डौ र्फकने क्रममा सोलुखुम्बुको लुक्लामा भेटिएका थिए उनी । करिव तिन दशक खेती किसानी गरेर जीवन चलाएका शेर्पाले जीवनको ५१ औ बर्षमा आएर देशलाई गर्व गर्ने ठाउँ दिएका छन् । उनको यो किर्तीलाई अहिले राज्यले औपचारीकता दिने अन्तिम तयारी गरिरहेको छ ।
शेर्पाले यस भन्दा अघि पनी ११ पटक सगरमाथा सफल आरोहण गरीसकेका छन् भने उनले ८ हजार मिटर भन्दा अग्ला नेपालका लोत्से-८५१६मि),धौलागीरी – ८१६७ मि) उचाई चढी सकेका छन् भने भारतको नाउखुन हिमाल -८११५ मि ) समेत सफल आरोहण गरीसकेका छन् । उनले मनास्लु हिलमा आरोहण लागी गएको समयमा ८ हजार २ सय मिटर र मकालु हिमाल पनी ८ हजार मिटर आरोहण पश्चात मौसमले साथ नदिएपछि फर्केका थिए ।
सगरमाथा आरोहणका गर्दा मृत्यृ भएका मानिसको लास देख्दा भने कामेलाई दिक्क लाग्छ । त्यस्ता लासले आरोहणमा जानेको मनोबलसमेत कमजोर हुने उनले बताए ।
तस्विरहरुः कामे शेर्पा, निमा शेर्पा, पेम्बारिन्जी शेर्पा, पेम्व शेर्पा, भरतबन्धु थापा