Sunday, June 24, 2012

यस्तो हुनेछ नयाँ म्याकबुक प्रो - nagariknews

क्यालिफोर्निया- एप्पलको नयाँ म्याकबुक प्रो  मोडलमा रेटिना डिस्प्ले हुनेछ। यसअघि नयाँ आइप्याडमा मात्रै यो प्रविधि थियो। स्क्रिनमा देखिने कुरा एकदमै प्रष्ट हुने हुनाले रेटिना डिस्प्ले निकै लोकप्रिय भएको छ। एप्पलले यो म्याकबुकलाई अहिलेसम्म कै सबैभन्दा एडभान्स्ड भएको दावी गरेको छ।

वरिष्ठ उपाध्यक्ष फिल सिलरले नयाँ म्याकबुक प्रो हावा जत्तिकै पातलो हुने दावी गरे। हुन पनि नयाँ म्याकबुकको वजन मात्र चार दशमलव पाँच पाउन्ठको हुनेछ। अनि यसको मोटाइ सून्य दशमलव ७१ इञ्चमात्रै।

१५ दशमलव ४ इञ्चको डिस्प्लेमा सात घण्टासम्म चल्ने ब्याट्री हुन्छ। यसको मोल भने साह्रै महँगो छ। आठ जीबीको मेमोरी र २५६ जीबीको फ्ल्यास स्टोरेज भएको मोडलको मोल क्यानाडामा २ हजार २२९ डलरदेखि तोकिएको छ। फास्ट प्रोसेसर भएको र ५१२ जीबी फ्ल्यास स्टोरेज भएकोको मोल भने २ हजार ८२९ डलर तोकिएको छ । (एजेन्सी)