आजभोलि पेप्सीले एउटा नयाँ विज्ञापन बजारमा दिन थालेको छ। आकर्षक छ
हेर्दा नारा- ड्रिङ्क एन्ड ड्राइभ! ‘मापसे’को फन्दामा परिरहनेहरुलाई
ड्रिङ्क पनि गर्न पाउने, ड्राइभ पनि गर्न पाउने के रैछ यो भनेर एक पटक
घोत्लन बाध्य बनाउन नारा सफल छ। समाजवाद, साम्यवाद जस्ता राजनीतिक वाद
भन्दा नेपालमा ‘भाग्यवाद’ बलियो छ भनेर सबैलाई थाहा छ। त्यसैले त पत्रिका
बेच्नेदेखि लिएर जुत्ता बेच्ने र हुँदाहुँदा सफ्ट ड्रिङ्क बेच्ने कम्पनी
पेप्सीले समेत कार उपहारको योजना ल्याएको छ। योजना सरल छ उनीहरुको- पेप्सी
पिउने, शिशीको बिर्कोभित्र भएको नम्बर हेर्ने र त्यसलाई कम्पनीकोमा एसएमएस
गरी पठाउने। कम्पनीले गोलाप्रथा गर्छ अनि पाइन्छ कार, मोटरसाइकल, टिभी
लगायतका उपहारहरु।हेर्दा त ठीकै छ त। के नराम्रो छ र यसमा? तर हैन, पेप्सीले तपाईँलाई मुर्गा बनाउन खोज्दैछ। कसरी? पढ्न भित्र आउनुस्।
के तपाईँले विज्ञापन पत्रिकामा राम्रोसित हेर्नुभएको छ ?
धेरैले विज्ञापनमा राखिएका साना अक्षरहरु हेर्दैनन्, र त मुर्गा बन्न पुग्छन्। ध्यान दिएर हेर्नुभो भने तपाईँलाई थाहा हुन्छ, विज्ञापनमा गलत नियत प्रशस्त देखिन्छ।
गलत नियत नम्बर १: यो प्रतियोगितामा सहभागी हुँदा तपाईँले पेप्सी त किन्नुपर्छ नै, साथमा एक्स्ट्रा साढे तीन रुपियाँ जति पनि बुझाउनु पर्छ। विज्ञापनको सानो अक्षर हेर्नुस्, त्यसमा प्रति एसएमएस ३ रुपियाँ (सरकारी करबाहेक) भनिएको छ। कर कति तिर्नुपर्ने हो, खुलाइएको छैन। संसारका मजदुर एक हौँ भन्ने नारा राम्रो छ। तर यो नारामा मात्रै सीमित छ। संसारका साहुहरु एक हौँ भन्ने चाहिँ नारा छैन तर व्यवहारमा देख्न पाइन्छ। संसार भरका साहुहरु करबाहेक यति रकम भनी किन लेख्छन्, उनीहरुलाई नै थाहा छ। गोजीको पैसा हाम्रो जाने हो, जब हामी करसहितको पैसा तिर्छौँ भने करसहितको रकम लेखिदिए उनीहरुको के जान्छ?
यो तीन रुपियाँ उनीहरुलाई किन चाहियो त? ३ रुपियाँ पनि पर्दैन होला २५० एमएलको एउटा शिशीको झोलको लागत। तर २० रुपियाँ तिर्नुपर्छ। नाफा उनीहरुलाई त्यसमा नै प्रशस्त छ। अझ त्यसले नपुगेर उपहार कार्यक्रमका नाममा पनि उपभोक्तासँग ३-३ रुपियाँ ठग्ने ? यस्ता उपहार कार्यक्रम पहिले पनि प्रशस्त हुन्थे, तर त्यतिबेला यसरी उपभोक्तासँग पैसा वसुल गरिँदैन थियो। सजिलोको लागि प्रविधिको सहायता लिएको भन्ने तर्क गर्छन् भने पनि उनीहरुको नियतमा खोट रहेको हामी देखाउन सक्छौँ।
एसएमएसबाट गरिने Value Added Service दुई किसिमको हुन्छ, स्टायन्डर्ड र प्रिमियम। सोझो अर्थमा भन्ने हो भने एउटा सस्तो, अर्को महँगो। एसएमएस गरेवापत् उपभोक्ताले अरु एसएमएस गरेसरह एक रुपियाँ (करबाहेक) मात्रै शुल्क लाग्छ भने त्यो स्टायन्डर्ड हो। अर्को चाहिँ उपभोक्तालाई थाहै नदिई मुर्गा बनाउने कुरा हो। यसमा जति पैसा लिए पनि हुन्छ। १० रुपियाँसम्म लिने ‘सेवा’हरु पनि छन्।
यदि पेप्सीको नियत सही हुँदो हो त उसले स्टायन्डर्ड अर्थात् एक रुपियाँमा नै यो उपहार कार्यक्रम चलाउँथ्यो होला। एसएमएसबाट सेवा दिने बैँकहरु राष्ट्रिय वाणिज्य बैँक, हिमालय बैँक, माछापुच्छ्रे बैँक, ग्लोबल बैँक आदिले प्रति एसएमएस एक रुपियाँमा नै सेवा दिइरहेका छन्। एफएम र टिभीहरुमा गरिने तथाकथित सर्वेक्षण (पोल)हरुले नजानिँदो गरी उपभोक्तासँग पैसा धुतिरहेकै छन्। अरुको किन तुलना गर्ने, पेप्सीले आफ्नै प्रतिस्पर्धी कोक (बोटलर्स नेपाल) भन्दा तीन कदम अघि बढेर यो कार्यक्रम गरेको छ। बोटलर्स नेपालको यस्ता प्रोमोसनल गतिविधिका लागि प्रयोग हुने एसएमएस नम्बर ६३६३ मा एसएमएस गर्दा एक रुपियाँ मात्रै लाग्छ। पेप्सीले भने तीन रुपियाँ लिएर उपभोक्ताहरुलाई सीधै ठग्ने नियत राखेको प्रष्टै हुन्छ। तपाईँले पुरस्कार पाउने-नपाउने त निश्चित छैन, तर तपाईँको केही पैसा लुटिने भने निश्चित छ।
कुन नम्बरमा एसएमएस गर्दा कति रुपियाँ लाग्छ हेर्न यहाँ क्लिक गर्नुस्
कोकाकोलाको यस्तै एसएमएस योजनाको बारेमा पढ्न यहाँ क्लिक गर्नुस्
गलत नियत नम्बर २: साना अक्षरमा लेखिएका शर्तहरुमा पुरस्कार गोलाप्रथाले दिने भनिएको छ। तर यसमा कुनै पारदर्शिता अपनाउने कुरा छैन। केही उपहार योजनमा चिट्ठा तान्ने काम देखाउन कै लागि भए पनि टेलिभिजनका लाइभ शोहरुमा गर्ने गरिन्छ। एक जना कोही न कोही उपस्थित गराइन्छ। तर पेप्सीको योजनामा लेखिएका शर्तहरु हेर्दा भने उसले त्यस्तो केही गर्ने देखिँदैन। एकैचोटी झ्याप्प विजेताको नाम छापिनेछ रे पत्रपत्रिकामा। कसरी गोला प्रथा गर्यो, साँच्चिकै गर्या हो कि हैन, आ-आफ्नै मान्छेलाई पारेको हो कि, केही रुपियाँ दिएर परेको हो भन्न लगाउने हो कि, शंका गर्ने प्रशस्त ठाउँ छ। यसबारे तपाईँले केही प्रश्न उठाउन पाइने छैन। किनभने शर्तमा छ- कम्पनीको निर्णय नै अन्तिम र सबैलाई मान्य हुनेछ।
खेलौना कार?
तीन वर्षअघि मायोज चाउचाउमा सुरेशचन्द्र अधिकारीले कार उपहार पाएर फ्याक्ट्रीमा पुरस्कार दावी गर्न जाँदा, कहाँ साँच्चिकै कार भन्या हो, खेलौना कार पो भन्या त, बरु दुई तीन वटा लैजाऊ भनेका थिए। अहिले यो मुद्दा अदालतमा छ। विस्तृत पढ्नुस्। उत्पादकहरुले उपभोक्ताहरुलाई कतिसम्म ठग्न सक्छ भन्ने कुराको प्रमाण हो यो घटना।
यति गर्दा पनि तपाईँलाई पेप्सी वा कोक नै खान मन लागेको छ ? यो पनि एकचोटी पढ्नुस्, यस्ता सफ्ट ड्रिङ्कले तपाईँको स्वास्थ्यलाई कसरी हानी पुर्याइरहेको हुन्छ-
Coke, Pepsi make changes to avoid cancer warning – USATODAY
Critics pounce on Coke, Pepsi health initiatives – Chicago Tribune
Soft drinks: Unsafe Beverages
How Soft Drinks Are Harming Americans’ Health