-चिरञ्जीवी पौडेल
काठमाडौं, ८ असार । अभिनेता हरिवंश आचार्यले आफ्नो दाम्पत्य जीवनको दोस्रो इनिङ सुरु गरेका छन् । डेढ वर्षअघि श्रीमती मिरा आचार्यको मृत्यु भएपछि एक्लो जीवन बिताइरहेका उनले बिहीबार बेलुकी रमिला पाठकलाई दुलही बनाएर भित्र्याए ।
अत्यन्त छोटो समयमा सीमित विधि पूरा गरेर हरिवंश–रमिला विवाह बन्धनमा बाँधिएका हुन् । जन्तीका रूपमा १०–१२ जना अत्यन्त नजिकका आफन्त र साथीभाइ लिएर हरिवंश सामाखुसीस्थित रमिलाको माइती पुगेका थिए । बेलुकी ७ बजेदेखि ८ बजेसम्ममा बिहे सकेर फर्किएको जन्ती गएका हरिवंशका आफन्त रवीन्द्र समिरले बताए ।
जन्ती जानेमा हरिवंशका भान्जा–भतिजालगायत सीमित आफन्त एवं केही नजिकका कलाकार थिए । विगतदेखि महजोडीको युनिटमा काम गर्दै आएका किरण केसी, राजाराम पौडेल, गौरीशंकर ध्वजु, राजु ध्वजु, नरेन्द्र कंशाकारलगायत जन्ती गएको समिरले जानकारी दिए । हरिवंशका छोरा मोहित भने बालकोटस्थित घरमै ‘अर्कीआमा’ को स्वागत तयारी गरेर बसेका थिए । उनका अर्का छोरा भने अमेरिकामा छन् ।
अटुट रूपमा हरिवंशको जोडीका रूपमा लामो समयदेखि काम गर्दै आएका अभिनेता मदनकृष्ण श्रेष्ठ बिहेमा सरिक हुन पाएनन् । उनी दुई महिनादेखि आºनी बिरामी पत्नीको उपचारका क्रममा बैंककमा छन् । वैवाहिक समारोह चल्दै गर्दा मदनकृष्णले बैंककबाटै फोन गरेर दुलाहा र दुलही दुवैलाई बधाई दिएका थिए ।
स्रोतका अनुसार जन्ती जाँदा हरिवंशले अँध्यारो मुख लगाएका थिए । सबैजनाले यो ‘बाध्यात्मक परिस्थितिका कारण भएको बिहे’ भन्दै हरिवंशलाई सानो चित्त नगर्न खुबै सम्झाए । ‘तपाईंले बिहेमा अँध्यारो मुख लगाउनुभयो भने भाउजूलाई पनि नराम्रो लाग्छ’ भनेर आफन्तले सम्झाएका थिए ।
जन्ती जाने क्रममा हरिवंशले आफ्नो नयाँ जीवन सुरु भएको बताए । ‘जिन्दगी नसोचेको मोडमा जाँदो रहेछ,’ हरिवंशको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसलाई नयाँ जीवनका रूपमा आत्मसात् गर्नेछु ।’
हरिवंशभन्दा १० वर्ष कम उमेरकी रमिलाको पनि यो दोस्रो बिहे हो । एक दशकअघि पहिलो श्रीमान्को मृत्यु भएपछि उनी माइतीमै विधवा जीवन बिताउँदै आएकी थिइन् । रमिलाको परिवार व्यापार–व्यवसायमा संलग्न छ । बिहेमा रमिलाको माइती परिवार मात्र सहभागी थियो । रमिलाको माइतीमा बाबुआमा र दाजु–भाउजू छन् ।
स्रोतका अनुसार अभिनेत्री बसुन्धरा भुसालले हरिवंश–रमिलाको जोडी जुराइदिएकी हुन् । उनले सुरुमा कुरा ल्याउँदा हरिवंशले आनाकानी गरे पनि छोराहरू र आफन्तले नै उनलाई बिहे गर्न दबाब दिएका थिए ।