Thursday, June 21, 2012

नायिका विनितामाथि ‘साइबर क्राइम’को आरोप - onlinekhabar


काठमाडौं । नायक राज घिमिरेले नायिका विनिता वरालविरुद्ध साइबर क्राइममा उजुरी दिएका छन् ।
फेसबुक च्याट तथा फोनबाट धम्काउने, अश्लील तस्वीरहरू पठाएर मानिसक तनाब दिएको भन्दै राजले विनिता र मोडल दिक्पाल कार्कीविरुद्ध जिल्ला प्रहरी कार्यालय ललितपुरमा उजुरी दिएका हुन् । राजको उजुरीका आधारमा प्रहरीले दिक्पाललार्इ नियन्त्रणमा लिएको छ भने विनितासँग सोधपुछ गरिएको छ ।
बिहीबार ललितपुर प्रहरी कार्यालयमा उपस्थित भएकी विनितालार्इ आवश्यक पर्दा वोलाउने गरी छोडिदिएको छ । प्रहरी निरिक्षक अवधेष बिष्टले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
विनिताले उक्साहटमा विनय डीसी र सगुन केसीको नाममा फेसबुक च्याटमार्फत धम्की दिएको राजले दावी गरेका छन् । प्रहरी कार्यालय परिषरमा भेटिएका उनले भने–’झण्डै ४ सातादेखि मलार्इ सताइरहेकाले मैले प्रहरीकोमा उजुरी दिएको हुँ । मलार्इ सिध्यादिन्छु भनेर विनिताले फोनमा दिएको धम्कीको भ्याइस रेकर्ड नै चाहिएको बेला सार्वजनिक गर्छु ।’
पछिल्लो समय आफू आलोक नेम्बांगसँग मिलेर काम गरिरहेको र विनिताले टिममा समावेश गरेपछि उनले आफूहरूलार्इ ‘सिध्याइदिन्छु’ भन्दै धम्की दिएको राजके दावी छ । राजसँगै प्रहरी कार्यालय पुगेका अर्का नायक एवं मोडल यसराजले पनि धम्कीपूर्ण एसएमएस आएको दावी गरे ।
चलिचत्र चपली हाइटमा सँगै काम गरेका राज र विनिताबीच चलचित्र सुटिङकै समयदेखि बोलचाल बन्द रहेको उनका सहकर्मीहरूले बताएका छन् ।