अतुल मिश्र
काठमाडौ, असार ७ - स्नातक तृतीय वर्षमा अध्ययनरत २२ वर्षीय लक्ष्मी काफ्ले आध्यात्मिक उपचार पद्घति 'जोराई' रोज्दा २५ दिनदेखि अस्पतालको सघन उपचार कक्षमा अचेत छिन् । उनी दुई सातासम्म 'कोमा'मा थिइन् । चिकित्सकहरूले उनको स्वास्थ्यस्थिति अत्यन्त गम्भीर रहेको जनाएको छ ।
सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत लक्ष्मी चार वर्षदेखि मधुमेह रोगले पीडित थिइन् । उनलाई चिकित्सकले दिनमा चारपटक इन्सुलिनको सुई लगाउन सिफारिस गरेका थिए । आध्यात्मिक उपचार पद्घति गर्ने व्यक्तिले मधुमेह पूर्णरूपमा निको पार्ने बाचासहित लक्ष्मीलाई सिन्धुलिको सिरथौली-७ स्थित एउटा घरमा इन्सुलिनको सुईसमेत लगाउन नदिएर हातको माध्यमले उपचार गर्दा उनी अचेत भएर हालसम्म होसमा नफर्किएको आफन्तहरू बताउँछन ।
'हातबाट शक्ति दिने भन्दै जोराई चिकित्सा गर्नेले मेरो छोरीको ज्यान नै लियो अझै दिमाग फर्केको छैन,' राफेटारस्थित अरुणोदय प्राविका शिक्षकसमेत रहेका लक्ष्मीका पिता खगेन्द्रप्रसाद काफ्लेले बुधबार सिनामंगलस्थित छोरी भर्ना रहेको काठमाडौं मेडिकल कलेज अस्पतालमा कान्तिपुरसँग भने, 'हातबाट किरण पठाएर निको पार्छु भन्दै मधुमेह रोगी छोरीले उपचारको क्रममा अब म थेग्न सक्दिनँ । मलाई इन्सुलिन लगाउन दिनोस्भन्दा समेत सुई लगाउन दिइएन ।'
खगेन्द्रका अनुसार लक्ष्मीले सधैं आफूसँग इन्सुलिनको सुई बोक्ने गरेकी थिइन् भने आफैंले समेत लगाउने गर्थिन् । आफन्तका अनुसार लक्ष्मीले वान्ता गर्दा उपचारकहरूले उनको शुद्धीकरण भएको, विकारहरू बाहिर निस्किरहेको जनाएका थिए । खगेन्द्रले उनको छोरी लक्ष्मीले यो उपचार प्रक्रिया रोजेका जानकारी आफूले लक्ष्मी घर र्फकन ढिलो भएपछि मात्र थाहा पाएको बताए ।
'उनी आफ्नी कान्छी दिदी र एउटा भाइसँग उपचारककहाँ गएकी थिइन् तर उपचारकले कोठामा भने लक्ष्मीलाई मात्र राखेर उपचार गरेको थियो,' खगेन्द्रले भने, 'उपचारकहरूले छोरीलाई कोठामा पाँच घन्टासम्म राखेपछि उनमा वान्ता हुने, रिंगटा लाग्ने देखिँदा तिम्रो सुई लगाएको विकार गइरहेको छ, भगवान्मा विश्वास राख, अब तिमी नयाँ जीवन पाउँछौ भनेर उल्टै ढिपी गरेछन् । साँझसम्म छोरी नफर्केपछि आमाले त्यहाँ गएर हेर्दा अचेतावस्थामा रहेको पाइन् र उपचारकहरूलाई इन्सुलिनको सुई लगाउन दिनोस् भनिन् । तर, उनीहरूले केही हुन्न ढुक्क रहनुस् भनेछन् ।'
खगेन्द्रका अनुसार पछि लक्ष्मीकी आमाले गाउँका आफन्त, छरछिमेक, प्रहरीलाई लगी त्यहाँबाट अचेत रहेकी छोरीलाई एम्बुलेन्समा राखेर नोबेल अस्पताल विराटनगर पुर्याएका थिए । विराटनगरमा १६ दिनसम्म आइसियुमा रहे पनि चेत नफर्केपछि उनलाई काठमाडौं रेफर गरिएको हो ।
'परम्परागत उपचारकर्ताहरूले मधुमेहको औषधि खानु हुँदैन रोग निको हुन्छ भनेर लक्ष्मीलाई औषधि लिन नदिँदा यस्तो स्थिति भएको हो,' अस्पतालको एमआईसियुकी डा. कृपा प्रधानले भनिन्, 'उनी अहिले पनि पूर्ण चेतना छैन ।' करिब १५ दिनसम्म कोमामा रहेकी लक्ष्मीको स्वास्थ्यस्थिति नराम्रो रहेको अस्पतालले जनाएको छ । भविष्यमा लक्ष्मी चेतनामा आए पनि उनको शरीरलाई पर्ने विभिन्न असर, विकृतिलगायत बारे हाल केही भन्न सकिने स्थिति छैन ।
उपचारका नाममा ठगी
नेपाल मेडिकल काउन्सिलका पूर्वसदस्य डा. सुशील कोइरालाले मुलुकमा स्पर्श, अध्यात्म, वैकल्पिक, आयुर्वेदलगायतका चिकित्सा पद्घतिको नाममा ठगीको खेल जारी रहेको बताए । 'चिकित्सा तथ्यअनुसार १५ देखि २० प्रतिशत रोग हावादारी रूपमा समेत निको हुन्छ । यसलाई प्लेसेवो प्रभाव भन्छौं,' डा. कोइरालाले भने, 'तथाकथित विभिन्न धर्म, प्रक्रियाको नाउँमा डिग्री नभएका उपचारकर्ताले यसैको फाइदा उठाउँछन् । स्पर्शबाट सञ्चो पार्ने कुरा प्लेसेवो प्रभाव हो ।
यसले जेसुकै रोग सञ्चो हुन्छ भन्नु पूर्ण गलत हो । योग गुरुहरूले समेत पहिले उच्च रक्तचापको औषधि छोड्न भन्ने गरेका थिए तर अब यसले हुने गरेको मृत्युको तथ्यांकबाट आत्तिएर औषधि नटुटाई योगसमेत गर्न भन्छन् ।'
डा. कोइरालाका अनुसार यस्ता उपचारकर्ताहरूले नक्कली रोगी राखेर उनी निको भएको समेत समाजमा विज्ञापन गराई प्रभाव बढाउने गरेका छन् । हाल चिकित्सा जगत्मा सुन्दरता बढाउने, मोटोपना घटाउने नाउँमा व्यापक ठगी जारी रहेको उनले बताए । डा. कोइराला वैज्ञानिक आधार भएको उपचार पद्घति रोज्नुपर्ने बताउँछन् ।
'आध्यात्मिक गुरु' प्रहरी खोरमा
राजकुमार कार्की
सिन्धुली- स्वर्ग, पवित्र, सत्य सुन्दर समाज -जापानिजमा तेन्सेइ सिग्मी खाई) नामक संस्थाबाट सिर्थौलीमा आएका आध्यात्मिक उपचार गराउने दुई 'गुरु' हाल प्रहरीको खोरमा छन । ती दुई 'गुरु' ओखलढुंगाका रिमनारायण श्रेष्ठ र नुवाकोटका यमबहादुर श्रेष्ठलाई मधुमेह रोगी लक्ष्मीलाई निको पार्ने भन्दै इन्सुलिन लिन बन्द गराएको भनी प्रहरीमा दिइएको उजुरीको आधारमा हिरासतमा राखिएको हो ।
दुवै 'गुरु'ले लक्ष्मीलाई इन्सुलिन लगाउन पर्दैन ठीक हुन्छ भनेपछि सोहीअनुसार गर्दा अहिलेको अवस्था आएको प्रहरीमा आफन्तले दिएको उजुरीमा जनाइएको छ । उनीहरूले हाम्रो ईश्वर रिसाउँछ, इन्सुलिन लिन मिल्दैन भनेपछि छाडेकाले लक्ष्मी मृत्युको मुखमा पुगेको उजुरीमा उल्लेख छ । सिर्थौली प्राथमिक स्थास्थ्य केन्द्रकै ग्रामीण स्वास्थ्य कार्यकर्ता यमबहादुर मगरको निमन्त्रणामा आएका उनीहरू यतिखेर प्रहरी खोरमा छन् ।
प्रहरीले उनीहरूलाई सार्वजनिक अपराधअन्तर्गत अनुसन्धानका लागि हिरासतमा राखेको छ । मगरकी श्रीमतीले आध्यात्मिक उपचार पद्धतिबाट मधुमेह रोगबाट छुटकारा पाएको भन्दै उनले ती दुई 'गुरु'हरूलाइ खर्चसमेत बेहोरेर गाउँमा बोलाएको प्रहरीको सोधपुछमा खुलेको छ । प्रहरीसँगको बयानमा पक्राउ परेका श्रेष्ठद्वयले लक्ष्मी समेत काठमाडौंमा तीन/चार महिना पहिला गएर आध्यात्मिक उपचार संस्थामै रही अनुयायी बनेको दाबी गरेका छन् । प्रहरी नायब उपरीक्षक सानुराम भट्टराईका अनुसार कुनै शुल्क लिएर उपचार नगर्ने र आध्यात्मिक पद्धतिबाट नै बिरामीहरू निको पार्ने गरेको श्रेष्ठद्वयले बताएका छन् ।