नवराज मैनाली
पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंह र काठमाडौंका चर्चित 'डन' गणेश लामा व्यावसायिक साझेदार बनेका छन् । सिंहको स्वामित्वमा रहेको रोयल क्यासिनोमा लामा र उनका सहयोगी बलराम सापकोटा 'बले'ले लगानी गरेका छन् ।
होटल याक एन्ड यतीस्थित क्यासिनो रोयल लामो समयदेखि खराब अवस्थामा सञ्चालन भइरहेको छ । क्यासिनो जोगाउन ज्ञानेन्द्रका ज्वाइँ सिंहले लामालाई लगानी गर्न अनुरोध गरेका थिए । लामाले आफ्ना सहयोगी बलेसँग मिलेर क्यासिनोमा पैसा हालेका छन् ।
क्यासिनो रोयल पाँच वर्षदेखि सिंहले चलाउँदै आएका छन् । पहिला बाधवा समूहको लगानी रहेको सो क्यासिनो सिंहले किनेका थिए ।
उनले किनेको केही वर्ष राम्राेसँग सञ्चालन भए पनि दुई वर्षयता क्यासिनोले कर्मचारीलाई नियमित तलबसमेत दिन सकेको छैन । 'व्यापार खस्किएपछि सिंहले सापकोटा र लामालाई साझेदारका रूपमा भित्र्याएका हुन्,' स्रोतको भनाइ छ ।
बलेले भने पहिलेदेखि नै क्यासिनोमा लगानी गर्दै आएका छन् । संगठित अपराधको दुनियाँमा बलेलाई क्यासिनो किङ भनेर चिनिन्छ । अहिले लामा र बलेको तर्फबाट रोयल क्यासिनोमा चारवटा टेबुल चलेका छन् ।
बले स्वयंले नै रोयल क्यासिनोमा लगानी गरेको स्वीकार गरे । 'रोयल क्यासिनोमा हामीले लगानी गरेका छौँ,' उनले भने ।
तर कति रुपैयाँ लगानी गरेेको भन्नेबारे भने उनले बताउन चाहेनन् । कारोबारका आधारमा नाफा बाँड्ने समझदारी भएको उनको भनाइ छ ।
स्रोतका अनुसार लामा र सापकोटा मिलेर सिंहलाई ११ करोड दिने सहमति भएको छ । सापकोटा चढ्ने ल्याडरोभर गाडी पनि पछिल्लो समय सिंहले चढ्न थालेका छन् ।
लामाले भने आफूले रोयल क्यासिनोमा लगानी नगरेको बताए । 'सापकोटाजीले लगानी गरेकाले कहिलेकाहीँ जाने गरेको छु, तर मैले लगानी गरेको छैन,' उनले भने ।
स्रोतका अनुसार क्यासिनोमा लगानी र टेबुल खरिद-बिक्रीमा लामाकै उपस्थितिमा सहमति गरिएको थियो । लगानीकर्तामध्ये एक मिलन सापकोटाले पनि नाफा आधाआधा गर्ने सम्झौताअनुसार आफूहरूले लगानी गरेको बताए ।
उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारका दाहिने हात मानिने लामा सिरुवा कन्स्ट्रक्सनका नाममा ठेक्कापट्टामा छन् । संगठित अपराधका नाइकेका रूपमा यसअघि पक्राउ परे पनि गच्छदार गृहमन्त्री भएपछि उनलाई प्रहरीको समेत संरक्षण रहेको मानिन्छ । शनिबार बिहान डनका ६४ घरमा छापा मारेको प्रहरीले लामालाई छुट दिएको थियो ।
लामा मात्र होइन, उनका सहयोगीहरूलाई पनि अहिले प्रहरीबाट कुनै अवरोध छैन । गत साता अन्ना क्यासिनोको पार्किङबाट पक्राउ परेका बले तत्कालै छुटेका थिए ।
लामाले मेलम्ची ए कोन क्रसर उद्योगको नाममा सनराइज बैंकबाट ऋण लिएका थिए । सो ऋण तिर्न नसकेपछि उनलाई बैंकले कालोसूचीमा राखेको हो । लामासहित कम्पनीका साझेदार मानबहादुर लामा र रामकुमार तिवारी पनि कालोसूचीमा परेका छन् ।
धितोबापत राखिएको बा.१क ६६२३ नम्बरको गाडी पनि लिलाम भएको छ । कालोसूचीमा परेका व्यक्तिलाई अन्य बैंक तथा वित्तीय संस्थाले ऋण दिन मिल्दैन । तर, लामाको नाममा यसअघि नै बैंक र फाइनान्समा ऋण रहेको स्रोत बताउँछ ।
सम्पत्ति शुद्धीकरण समितिले स्रोत नखुलेको भन्दै लामाको दुई करोडभन्दा बढीको सम्पत्ति रोक्का राखेको छ । उनले पैसा कसरी कमाए भनेर छानबिन भइरहेको छ ।
प्रहरीले ६४ डनको घरमा छापा हान्दा पनि उनलाई उन्मुक्ति दिएको भनेर मिडियामा प्रहरीको चर्को आलोचना भएको छ । तर, लामाले भने नियोजित रूपमा मिडिया आफूमाथि खनिएको बताए । 'म विगत ६ वर्षदेखि व्यापार र राजनीतिमा मात्र छु,' उनले भने, 'केही गलत काम नगर्दा पनि मलाई नियोजित रूपमा बदनाम गराउन खोजिएको छ ।' आफू गृहमन्त्रीको नजिक भएर प्रहरीलाई प्रभावमा नपारेको उनको दाबी छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंह र काठमाडौंका चर्चित 'डन' गणेश लामा व्यावसायिक साझेदार बनेका छन् । सिंहको स्वामित्वमा रहेको रोयल क्यासिनोमा लामा र उनका सहयोगी बलराम सापकोटा 'बले'ले लगानी गरेका छन् ।
होटल याक एन्ड यतीस्थित क्यासिनो रोयल लामो समयदेखि खराब अवस्थामा सञ्चालन भइरहेको छ । क्यासिनो जोगाउन ज्ञानेन्द्रका ज्वाइँ सिंहले लामालाई लगानी गर्न अनुरोध गरेका थिए । लामाले आफ्ना सहयोगी बलेसँग मिलेर क्यासिनोमा पैसा हालेका छन् ।
क्यासिनो रोयल पाँच वर्षदेखि सिंहले चलाउँदै आएका छन् । पहिला बाधवा समूहको लगानी रहेको सो क्यासिनो सिंहले किनेका थिए ।
उनले किनेको केही वर्ष राम्राेसँग सञ्चालन भए पनि दुई वर्षयता क्यासिनोले कर्मचारीलाई नियमित तलबसमेत दिन सकेको छैन । 'व्यापार खस्किएपछि सिंहले सापकोटा र लामालाई साझेदारका रूपमा भित्र्याएका हुन्,' स्रोतको भनाइ छ ।
बलेले भने पहिलेदेखि नै क्यासिनोमा लगानी गर्दै आएका छन् । संगठित अपराधको दुनियाँमा बलेलाई क्यासिनो किङ भनेर चिनिन्छ । अहिले लामा र बलेको तर्फबाट रोयल क्यासिनोमा चारवटा टेबुल चलेका छन् ।
बले स्वयंले नै रोयल क्यासिनोमा लगानी गरेको स्वीकार गरे । 'रोयल क्यासिनोमा हामीले लगानी गरेका छौँ,' उनले भने ।
तर कति रुपैयाँ लगानी गरेेको भन्नेबारे भने उनले बताउन चाहेनन् । कारोबारका आधारमा नाफा बाँड्ने समझदारी भएको उनको भनाइ छ ।
स्रोतका अनुसार लामा र सापकोटा मिलेर सिंहलाई ११ करोड दिने सहमति भएको छ । सापकोटा चढ्ने ल्याडरोभर गाडी पनि पछिल्लो समय सिंहले चढ्न थालेका छन् ।
लामाले भने आफूले रोयल क्यासिनोमा लगानी नगरेको बताए । 'सापकोटाजीले लगानी गरेकाले कहिलेकाहीँ जाने गरेको छु, तर मैले लगानी गरेको छैन,' उनले भने ।
स्रोतका अनुसार क्यासिनोमा लगानी र टेबुल खरिद-बिक्रीमा लामाकै उपस्थितिमा सहमति गरिएको थियो । लगानीकर्तामध्ये एक मिलन सापकोटाले पनि नाफा आधाआधा गर्ने सम्झौताअनुसार आफूहरूले लगानी गरेको बताए ।
उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारका दाहिने हात मानिने लामा सिरुवा कन्स्ट्रक्सनका नाममा ठेक्कापट्टामा छन् । संगठित अपराधका नाइकेका रूपमा यसअघि पक्राउ परे पनि गच्छदार गृहमन्त्री भएपछि उनलाई प्रहरीको समेत संरक्षण रहेको मानिन्छ । शनिबार बिहान डनका ६४ घरमा छापा मारेको प्रहरीले लामालाई छुट दिएको थियो ।
लामा मात्र होइन, उनका सहयोगीहरूलाई पनि अहिले प्रहरीबाट कुनै अवरोध छैन । गत साता अन्ना क्यासिनोको पार्किङबाट पक्राउ परेका बले तत्कालै छुटेका थिए ।
लामा कालोसूचीमा
गृहमन्त्री विजयकुमार गच्छदारको निकट भएकाले प्रहरीले छुट दिए पनि डन गणेश लामालाई बैंकले भने कालोसूचीमा राखेको छ । पटक-पटक ताकेता गर्दा पनि ऋण नतिरेको भन्दै सनराइज बैंकले उनको नाममा शुक्रबार सूचना जारी गरेको हो ।लामाले मेलम्ची ए कोन क्रसर उद्योगको नाममा सनराइज बैंकबाट ऋण लिएका थिए । सो ऋण तिर्न नसकेपछि उनलाई बैंकले कालोसूचीमा राखेको हो । लामासहित कम्पनीका साझेदार मानबहादुर लामा र रामकुमार तिवारी पनि कालोसूचीमा परेका छन् ।