माधव ढुङ्गेल, जीतपुरफेदी, (काठमाडौं), असार १- लहलह सप्रेका गोलभेँडाका
बोटमा भर्खर फल लाग्दैछ। सुत्ने बेलामा लामखुट्टेबाट बच्न मान्छेले हाल्ने
जस्तै गोलभेंडाबारीमा झुल हालिएको छ। प्रधानमन्त्री बाबुराम भट्टराई झुलको
ढोकाबाट प्लास्टिकको छाना भएको 'ग्रीन हाउस' भित्र पसे।
प्रधानमन्त्रीको आँखा गयो- जरामा बिछ्याएका प्लास्टिकका पाइपमा। उनले हातले छुँदै सोधे, 'यो सिँचाइको लागि हो?' इजरायलको कृषि फर्ममा ६ वर्ष काम गरी फर्केका खोजराज कटुवाल, ४१, ले जवाफ दिए, 'यो थोपा सिँचाइको पाइप हो। बिरुवालाई आवश्यक पानी यसबाट दिन्छौं। जराबाट दिने मल र औषधी पनि यसैबाट दिन्छौं।' कटुवाल कम्पनीका प्रबन्ध निर्देशक हुन्। कलाकारहरू हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ फर्मका संरक्षक। फर्म इञ्चार्जका रूपमा त्यही बसेर काम गर्छन् राजन मैनाली । इजरायलमा ११ वर्ष कृषि विज्ञान पढाएका विष्णु चापागाईं पनि समूहमा छन्। 'आफैं कामदार, आफैं मालिक,' फर्मको अवधारणाबारे आचार्यले नागरिकलाई सुनाए।
'ग्रीन हाउस' बनाउन फलाम 'वेल्डिङ' गर्नेदेखि सिँचाइका लागि पाइपको सञ्जाल पनि उनीहरू आफैंले बिछ्याएका थिए। गत वर्ष आठ रोपनीमा सुरु गरिएकोमा यसपालि १८ रोपनीमा गर्ने तयारी छ। कृषि फर्ममा काम गर्नेका लागि छुट्टै तलब तोकिएको छ।
फर्ममा काम गरी फर्केका १० जनाले 'मह जोडी' को संरक्षकत्वमा दुई वर्षअघि फर्म सुरु गरेका हुन्। १२ जनाले पाँच-पाँच लाख लगानी गरेर सुरु गरेको फर्ममा मदनकृष्ण र हरिवंशले पनि शेयर हालेका छन्। गोलभेंडामा बढी केन्द्रित भए पनि काँक्रो, सागपात पनि लगाएका छन्।
'मह एग्रीकल्चर प्रालि' नामको नमुना तरकारी फर्म अवलोकन गर्न प्रधानमन्त्री भट्टराई र पत्नी हिसिला बिहीबार बिहान जीतपुरफेदी पुगे। प्रधानमन्त्री पुग्दा आचार्य र कृषि फर्मका प्राविधिक जनशक्ति पनि उपस्थित थिए।
१८ रोपनी जग्गा सिँचाइका लागि ९-१० हजार लिटर पानीले पुग्ने उनले जानकारी दिए। परम्परागत तरीकाले एक रोपनीमा सिँचाइ गर्न लाग्ने पानीले १८ रोपनीलाई मजासँग सिँचाइ गर्न पुग्ने कटुवालले बताए। सप्रिने हुनाले एकै बोटले लामो समयसम्म फल दिने उनले जानकारी दिए। 'एक बोट गोलभेडाले एक वर्षसम्म लगातार फल दिन्छ, एउटै बोट धनियाँ नउखेली ४-५ महिनासम्म काट्न मिल्छ,' कटुवालले नागरिकसँग भने, 'खनिराख्ने, जोतिराख्नु पनि नपर्ने भो।' उनले एउटै बोट साग वर्ष दिनसम्म टिप्न मिल्ने उनले जानकारी दिए। गत वर्ष एउटा बोटबाट २० किलोसम्म गोलभेंडा उत्पादन भएको उनले बताए।
नेपाल-इजरायल दौत्य सम्बन्ध स्थापनाको पचासौं वर्षगाँठको कार्यक्रममा पुगेका थिए, महजोडी। उनीहरूले महजोडीलाई आफूले काम गर्ने कृषिफर्म घुमाए। हरिवंशले आफू कृषि फर्ममा लाग्नुको पृष्ठभूमि सुनाए, 'हामीले आफूले जानेको प्रविधि नेपालीलाई सिकाउनुस्, मेरो काभ्रेमा पुर्ख्यौली जग्गा छ, त्यहाँ मिलेर खेती गरौं भनें। काठमाडौं आएपछि सम्पर्क गर्न नम्बर दिएँ।'
साथीहरूसँगै नेपाल फर्केपछि कटुवालले हरिवंशसँग सम्पर्क गरे। त्यसपछि मदनकृष्ण श्रेष्ठको जग्गा हेर्न जीतपुरफेदी गए। 'जग्गा मन पर्यो, माटो जाँच गरायौं, खेती गर्ने निर्णयमा पुग्यौं,' खोजराजले सम्झे।
संसारभरि प्रयोग भइरहेको थोपा सिँचाइ प्रणाली हाम्रो देशका लागि उपयोगी हुने ठहर यो समूहको छ। 'प्लास्टिकको पाइप नेपालमा बन्दैन, भारतबाट झिकाउनुपर्छ, जसमा महँगो भन्सार शुल्क लगाइएको छ,' खोजराजले प्रधानमन्त्रीसँग भने, 'कृषिको लागि अनुदान नदिने हो भने त भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिँदैन।'
गत वर्ष २० लाखको गोलभेडा बेचे पनि नाफा नभएको उनले बताए। 'गत साल १३ रुपैयाँदेखि ६५ रुपैयाँ किलोसम्ममा गोलभेडा बेच्यौं, तर भारतीय तरकारीसँग हामी प्रतिस्पर्धा गर्नै सकेनौं,' उनले भने। पाइपमा मात्र भन्सार छुट दिए पनि ठूलै सहुलियत पुग्ने किसानले प्रधानमन्त्री बताएका थिए। सिँचाइका लागि विछ्याइएका पाइप बीसौं वर्ष टिक्ने कटुवालले जानकारी दिए।
उनीहरूको प्रविधि अहिले निकै लोकप्रिय हुँदै गएको छ। परवानीपुरमा ज्योति समूहसँग मिलेर यस्तै खेती सुरु गरेका छन्। नवलपरासीमा चौधरी ग्रुपसँग पनि काम गर्ने तयारी भइरहेको हरिवंशले जानकारी दिए। खोजराजले भने, 'गैर आवासीय नेपाली उपेन्द्र महतोले आफूहरूलाई सिराहा जिल्लाभरका किसानलाई यो प्रविधिबाट खेती गर्न सिकाउने प्रस्ताव हामीसँग ल्याउनु भएको छ।'
प्रधानमन्त्री भट्टराईले खेती प्रणालीबारे के गर्न सकिन्छ भनेर उनीहरूको 'टीम' लाई छलफलका लागि बोलाएका छन्। 'यसलाई देशव्यापी रूपमा कसरी लैजान सकिन्छ भनेर छलफल गर्न बोलाउनुभएको छ,' खोजराजले भने। अहिलेसम्म नोक्सानीमै रहेको जानकारी दिँदै उनले भने, 'भारतीय उत्पादनमा सरकारको प्रशस्त अनुदान छ, सरकारले किसानलाई अनुदान नदिने हो भने आफूहरूले पनि फर्म बन्द गर्नुपर्ने दिन पनि आउन सक्छ।'