-जयपुरी घर्ती, नेकपा-माओवादी नेतृ
· नयाँ पार्टी खोल्नुभएको छ । नयाँ नयाँमा त जोश, जाँगर र चुरीफुरी पनि धेरै हुन्छ भन्छन् । कस्तो छ तपाईंको चाहिं ?
स्वभाविक नै हो । नयाँ पार्टी खोलेपछि धेरै मान्छे उत्साही छन् । धेरै मान्छेले बधाई पनि दिए । कार्यकर्ता पनि उत्तिकै उत्साहित छन् । अब नयाँ ढंगले अघि बढ्दैछौं ।
· घरबाट छुट्टएिर हिंड्दा अर्को नयाँ घर बनाउनुपर्ने, सरसामग्री जोरजाम गर्नुपर्ने हुन्छ । गाह्रै भएको होला ?
गाह्रो नै हुने भयो नि । भौतिक सरसामग्री सबै प्रचण्ड काम्रेडहरुले लैजानुभएको छ । त्यो हिसाबले त गाह्रो भएको छ । पैसा, गाडी यताउता त उहाँहरु धनीहरुसँगै हुने भयो । हामी गरीब पार्टीसित हुने कुरा भएन । अरु विषयमा त हामीलाई केही समस्या छैन । जनता, कार्यकर्ता सबै उत्साही छन् । राष्ट्र र जनताको लागि हामीले गर्ने हो । पहिले पनि गरीब पार्टी भएर नै कार्यक्रम गरेको हो । अहिले पनि गर्छौं ।
· भौतिक सामग्रीको कुरा गर्दा त तपाईंहरु पनि त धनी हुनुुहुन्छ नि । आफ्नो पकड भएको ठाउँमा पार्टी कार्यालय कब्जा गरेरै बस्नुभएको छ त ? गाडी तपाईंहरुसित पनि छ ।
गाडीको कुरा गर्ने हो भने तपाईंले अस्ति बौद्धको भेलामा हेर्नुभयो होला, दुई चारवटा मात्र गाडी थिए । पेरिसडाँडामा हेर्नु भो भने त्यहाँ लाईन लगएर राखिएका गाडी हुन्छन् । कार्यालय त अब चाहियो । हुने नै भयो ।
· पार्टी घोषणा गर्दा जुन आक्रोश हुनुपर्ने हो, त्यो थिएन । नयाँ पार्टी पनि घोषणा गर्ने, उतिनै बेला एकताको कुरा पनि गर्नाले आत्मविश्वास देखिएन भन्छन् मान्छेहरु ?
आत्मविश्वासको कुरा गर्ने हो भने त हामी दृढ छौं । आक्रोश त किन पोख्नुपर्यो र ? हाम्रो आफ्नो नीति, कार्यदिशा र लाईन छँदैछ । आक्रोश भन्दैमा मान्छे पिट्न जाने कुरा आएन । अब एकताको कुरा त क्रान्तिकारी पार्टीमा सबै कुराको ढोका खुल्ला हुन्छ । हाम्रोमा नि छ, अरुकोमा पनि हुन्छ ।
· जनबिद्रोहमा जाने पनि भन्नुहुन्छ, अहिले सम्भव छैन पनि भन्नुहुन्छ । स्पष्ट कुरा चाहिं के हो भन्दिनोस् न ?
हाम्रो कार्यदिशा त जनबिद्रोह नै हो । यो बीचमा यो कुरा तुहिएको छ । पार्टी नव संशोधनवादमा लागेको यसबीचको कारणले तत्काल जनविद्रोह चाहिं सम्भव छैन । तर जनविद्रोहको कार्यदिशा चाहिं हाम्रो छ ।
· तर शहरमा भुलेर बानी बिगि्रसकेको होला, अब बिद्रोहमा जान त्यति सजिलो कहाँ होला र ?
अरु जस्तो हामी त्यसरी सुविधाभोगी भएर बसेका छैनौं । चेतना र विचार उच्च राखेपछि कुनै गाह्रो हुँदैन ।
· जनबिद्रोहको लागि हतियार संकलन गर्ने काम पनि शुरु गरिसक्नुभएको छ पनि भन्छन् नि मान्छेहरु ?
यो एकदम झुटो र आधारहिन कुरा हो । हाम्रो पार्टीलाई बदनाम गर्ने र समाप्त पार्ने कुचेष्टा हो । त्यस्तो छैन । यस्ता आरोप लगाउनेको हामी छिटै पर्दाफास गर्नेछौं ।
· तपाईंहरुको नयाँ पार्टीमा कति चाहिं सैद्धान्तिक रुपमा र कति चाहिं व्यक्तिगत टकरावको कारणले आएका होलान् ?
त्यस्तो व्यक्तिगत टवरावको कारण होइन, सैद्धान्तिक हिसाबले नै आउनुभएको छ सबैजना । व्यक्तिगत हिसाबमा हाम्रो कोहीसित पनि टकराव छैन ।
· उतिबेला प्रचण्डको नजिक भएर काम गर्ने, उनको सचिवालयमै बस्ने तपाई लगायत धेरै मान्छे नयाँ पार्टीमा गएका किन होला ? के छ पचण्डमा समस्या ?
राष्ट्र र जनताको लागि काम गर्ने नेताको रुपमा हामीले प्रचण्डलाई मानेका थियौं । ऊबेला उहाँको नजिक भएर काम गरेकाहरु किन यता आएका होलान्, पक्कै तपाईंहरुले पनि अनुमान गर्न सक्नुहुन्छ । नजिक भएको मान्छे टाढा जान्छ भनेपछि उहाँको जीवनशैली, कार्यशैली, कार्ययोजना, सञ्चालन सबै तौरतरिका सबै फेरिएकोले हो । अब परिवारका मान्छे मात्र उहाँको नजिक छन् । किन यस्तो भयो भन्ने कुरा त दुनियाँले बुझ्न सक्छ । जनतालाई धोका भो, कार्यकर्ताको जिन्दगी बर्बाद पार्नुभो ।
· तपाईं पनि प्रचण्डपत्नी सीताको नजिक भएर काम गर्नुभएको थियो । तपाईंको पनि अनुभव पनि यस्तै हो ?
म जिन्दगीमा कहिल्यै पनि सीताको नजिक भएर काम गरिन । आफ्नै ढंगले काम गरें । एउटै पार्टीमा छँदा नेतृत्वको नजिक हुनु स्वभाविक नै थियो । तर सीताको नजिक चाहिं कहिल्यै भइन ।