जसले पोर्टेबल, कनेक्टेड र ठूलो डिस्प्ले
डिभाइस चाहन्छ, उसका लागि ट्याबलेट उत्कृष्ट हुन्छ। ट्याबलेट किन्ने फैसला
नै गरिसक्नु भयो भने तपार्इंको दिमागमा दुईवटा कुरासँगै आउँछन्। एप्पलको
आइप्याड लिने कि एन्ड्रोइड ट्याबलेट?
दुईवटैका केही राम्रा र नराम्रा पक्ष छन्। त्यही भएर किन्नुअघि यिनीहरुको विशेषता राम्रोसँग तुलना गर्नुस्।
हार्डवेयर
हार्डवेयरको मामलामा आइप्याड र एन्ड्रोइडबीच उन्नाइस-बिसको मात्र फरक छ। तपाईंलाई बजेटको कुनै समस्या छैन भने फास्ट प्रोसेसर भएको आइप्याड लिनु राम्रो हुन्छ। यसमा धेरै क्षमताको क्यामेरा र मेमोरी हुन्छ। तीव्र गतिको प्रोसेसर र बढी मेगापिक्सल भएको क्यामेरा चाहिने भए एन्ड्रोइड ठिक हुन्छ। ठूलो डिस्प्ले चाहिने भए आइप्याड राम्रो हो।
सफ्टवेयर र एप्स
आइप्याडको सबैभन्दा राम्रो विशेषता यसको उच्च गुणस्तरको सफ्टवेयर र धेरै एप्स हुन्। आइट्युन एप्स स्टोरमा तपाईंले चाहेका सबै एप्लिकेसन पाइन्छ। जसले गर्दा तपाईंलाई आइप्याड एकैछिन पनि छाड्न मन लाग्ने छैन। वर्ड प्रोसेसिङ, ब्लड प्रेसर जाँच्नेदेखि हार्डकोर गेमिङ र भिडियो एडिटिङ सुविधा पनि यसभित्र उपलब्ध हुन्छ।
आइप्याडले दिएजस्तो सुविधा एन्ड्रोइडले पनि बढाउँदै लगिरहेको छ। तर, अहिलेसम्म पनि आइप्याडभन्दा एन्ड्रोइड पछाडि नै छ। यद्यपि एन्ड्रोइडले राम्रो वेब ब्राउजिङको सुविधा भने दिएको छ। जुन आइप्यामा निकै खड्किन्छ।
सजिलो र पर्फमेन्स्
एन्ड्रोइड ट्याबलेट र आइप्याड दुवै प्रयोग गर्न एकदमै सजिला छन्। दुवैलाई एउटै कुराले मात्र भिन्न बनाएको छ। त्यो हो कन्सिस्टेन्स इन्टरफेम। जुन आइप्याडमा मात्र छ। एन्ड्रोइड भने यो सफ्टवेयरको अलगअलग भर्संनहरुमा मात्र चल्छ। आइप्याडमा इन्टरफेसका लागि सिंगल बटम छ। जसले यसलाई सजिलै चलाउन सकिन्छ। यदि तपाईं हाड्वेयरको आधारमा हेर्नुहुन्छ भने एन्ड्रोइड आइप्याडभन्दा अगाडि छ।
पैसाको महत्व
तपाईंले त्यही किन्नुपर्छ जुन तपाईंको गोजीले भ्याउँछ। जसको गोजी कमजोर छ, उसले एन्ड्रोइड किन्दा राम्रो हुन्छ। एन्ड्रोइड सस्तोमा ११ हजार रुपैयाँमा पाइन्छ। तर, आइप्याडको सस्तो मूल्य भनेकै ४० हजार रुपैयाँ हो। मूल्यको कुरा आयो भने आइप्याडलाई एन्ड्रोइडले सजिलै उछिन्छ।
के रोज्ने?
दुवैको राम्रो नराम्रो पक्ष तपाईंले थाहापाई हाल्नुभयो। तपार्इं अरुलाई देखाउनलाई बोक्नु हुन्छ भने आइप्याड राम्रो हुन्छ। किनभने आइप्याडसँग एप्लिेकेसनको कुनै कमी छैन।
एन्ड्रोइड पनि कम भने छैन। योसँग एकदमै राम्रो ब्राउजिङ, सोसियल नेटवर्किङका साथै सस्तोमा उपलब्ध हुन्छ। तपार्इंको रोजाइ त्यहीं निर्भर हुन्छ- कति खर्च गर्न सक्नु हुन्छ?