डा. केदार कर्माचार्य
काठमाडौ, असार ७ - जन्डिस अर्थात् कमलपित्त एउटा यस्तो अवस्था हो जसबाट ग्रसित व्यक्तिको रगत परीक्षण गर्दा बिलिरुविनको मात्रा १ मि.ग्रा. प्रतिशतभन्दा बढी हुन्छ । परिणामस्वरूप रगत पित्तमय भएर अनुहार, आँखा, ओठ, नङ आदि हलेदो रंगको तथा पिसाब गाढा पहेँलो देखिन्छ । यस अवस्थामा पित्त आन्द्रामा नगएर रगतमा जाने भएकाले शरीरका विभिन्न भाग पहेँला देखिन थाल्छन् ।
यो समस्या हाम्रो मुलुकमा वर्षभरि नै रहे तापनि विशेषगरी गर्मी र वर्षायाममा नवजात शिशुदेखि वृद्धवृद्धाहरूलाई समेत पिरोलेको पाइन्छ । वास्तवमा जन्डिस आफैं कुनै रोग नभई कलेजो, पित्ताशय, पित्तवाहकनलीको साथै शरीरका अन्य कतिपय अंगमा नकारात्मक समस्या आइपर्दा उत्पन्न हुने लाक्षणिक अवस्था मात्र हो ।
पाचन प्रक्रियामा पित्तको समेत ठूलो भूमिका हुने हुँदा आन्द्रामा प्रवाह हुनुपर्ने पित्त रगतमा मिसिन जाँदा पाचन प्रक्रियामा समेत नकारात्मक असर परेको विभिन्न तथ्यांकबाट स्पष्ट भएको छ ।
विकसित मुलुकको अनुपातमा अविकसित तथा विकासशील मुलुकका ग्रामीण क्षेत्रभन्दा विकसित क्षेत्रका मानिसहरू विशेषगरी हालको बदलिँदो दूषित वातावरणका साथै दूषित खाना र पानीको प्रयोग तथा नकारात्मक जीवनशैलीसमेतले यो समस्याबाट बढी ग्रसित पाइन्छ ।
कलेजो, पित्ताशय सुन्निने, पित्ताशयमा पत्थरीको उपस्थितिले पित्त प्रवाह हुने मार्गमा अवरोध, लिभर सिरोसिस (कलेजोमा गिर्खा बन्नु), पित्तनलीमा फाइब्रसटिस्यु जम्मा हुनु, फियो र अग्न्याशयको आकार बढ्नु, लिभर क्यान्सर, अग्न्याशय ट्युमर आदिको उपस्थितिले पित्तमार्गमा अवरोध, पित्तमार्गमा पत्थरी तथा राउन्डवर्म (गोलो जुका) को उपस्थिति, रक्तअल्पता, हेमोलाइसिस (रगतको अत्यधिक क्षति), लामो अवधिसम्म रक्सी तथा मदिराजन्य पदार्थको प्रयोग, क्षयरोगमा प्रयोग गरिने केही विशेष प्रकारका औषधिको प्रयोग, शारीरिक श्रम र सरसफाइको कमी तथा विशेषगरी प्रदूषित खानपान आदिको प्रयोगले यो समस्या बढी उत्पन्न हुने हुन्छ ।
यो रोगबाट ग्रसित व्यक्तिको दिसामा पित्तको अनुपस्थितिका कारण दिसाको रंग माटोजस्तो फुस्रो देखिने, अपच हुने, आन्द्रामा पित्तको प्रवेश नहुनाले मल सडेर दिसा सामान्यभन्दा बढी गनाउने, वाकवाकी लाग्ने, पेट फुल्ने, खानामा अरुचि हुने, मन्द ज्वरो आउने, शरीरको दाहिने काँधमुनिको पाटा दुख्ने, शरीरको तौल घट्दै जाने, कमजोरी महसुस हुने तथा रोगको तीव्रताको अवस्थामा शरीरको विभिन्न भाग चिलाउने हुन्छ ।
यो रोग लागेपछि ट्वाइलेटमा मात्र दिसा पिसाब गर्नुपर्छ । रोगीले परित्याग गरेको मलमूत्र जथाभावी फाल्न हुँदैन । भुटेको, चिल्लो, पिरो ज्यादा मसला राखेको खाना नखाने, स्वच्छ र सफा तरल पदार्थको बढी सेवन गर्ने, पानीलाई कम्तीमा ५ मिनेटसम्म भकभकी उमालेरमात्र पिउने, मेवा, उखु, सुन्तला, मौसम आदि फलफूलको रस, मही, ग्लुकोज, नरिवलको पानी प्रशस्त प्रयोग गर्ने, रक्सी तथा रक्सीजन्य पदार्थको सेवनलाई तत्काल त्याग्नुपर्छ । डेरीको दूध र दहीले कुनै नोक्सान गर्दैन । गाजर, काँक्रो, मुला आदि जन्डिसको पर्याय बनेकोलाई मात्र खानुले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने विषयलाई ध्यान दिनुपर्छ । माछा, मासु र अन्डा आदि जन्डिस देखेको केही दिनसम्म नखाए लाभप्रद हुन्छ । तर सदाको लागि बार्नुपर्दैन ।
कतिपय नवजात शिशुमा जन्मेको केही समयपश्चात नै जन्डिसको लक्षण देखा पर्छ तर यो समस्या उपचारबेगर नै आफैं समाधान हुने हुन्छ ।
जन्डिसको उपचार छैन । कारण तथा लक्षणअनुसार मात्र यसको उपचार गरिनुपर्ने भएकाले चिकित्सकसँग परामर्श गर्नुका साथै खानपिन तथा जीवनशैलीमा यथोचित ध्यान पुर्याउन आवश्यक छ । पित्तथैली वा पित्तनलीमा पत्थरीको उपस्थिति, ट्युमर वा क्यान्सरका कारण अब्स्ट्रकटिभ (अवरोधजन्य) जन्डिस, लिभर सिरोसिस वा संक्रमण भएमा चिकित्सकको परामर्श अनुसार शीघ्र नै शल्यक्रिया अपनाउनु हितकर हुन्छ ।
लेखक ६ दशकभन्दा बढी समयदेखि स्वास्थ्योपचार क्षेत्रमा संलग्न छन् ।