Saturday, February 9, 2013

अञ्जान बालक ह्याकर बन्ने खतरा - souryadaily

child-wid-computerकम्प्युटरको प्रोग्राम प्रयोग गर्नेहरूलाई जानकारी नै होला केही समययता ११ वर्षको ह्याकरले खेल र सोसल नेटवर्किङको साइट ह्याक गरेर इन्टरनेट प्रयोगकर्तालाई हैरान बनाएका छन् । इन्टरनेट विशेषज्ञहरूका अनुसार यी साइट ह्याक गर्न विकसित मुलुकका बालकले खतरनाक ह्याकर प्रोग्राम बनाइरहेका छन् । एन्टी भाइरस कम्पनीको एक रिपोर्टले यो तथ्य बाहिर ल्याएको हो ।
एक क्यानडाको बालकले कम्प्युटरमा खेल्दा खेल्दै अन्जानमा खतरनाक भाइरस बनाउँदै गरेको उक्त एन्टी भाइरस कम्पनीले पत्ता लगाएको हो । शोधकर्ताहरूका अनुसार बच्चाले खेल्ने गेम्स साइटमा यस्ता भाइरसको प्रयोग अत्यधिक रहेको हुन्छ । एन्टिभाइरस कम्पनी एविजीका प्रमुख युवाल वेनले यस्तो समस्याको सुरुआत भइसकेको बताएका छन् । उनका अनुसार स्कुलमा प्रोग्राम बनाउन सिक्दा सबैभन्दा धेरै बालबालिकाले अन्जानमै ह्याकर प्रोग्राम बनाइरहेका हुन्छन् । भूलवश ह्याकर बन्दा बालबालिकाको पहिचान पनि खुल्ने हुनाले उनीहरू अझ समस्यामा पर्न सक्ने वेनले बताए । किनकि पेसेवर ह्याकरले कहिल्यै आफ्नो पहिचान खोल्ने गल्ती गर्दैनन् ।
एविजीका समूहले दुई हजार बढी अनलाइन गेम साइटमा यस्तो खतरनाक भाइरस प्रवेश गरेर ह्याकर साइट बन्ने खतरा बढी रहेको पाइएको जनाएका छन् । भाइरस बनाउनेले बालबालिकाको इमेलमा म्यासेज पठाउने गर्छ । अन्जानमै उक्त इमेल खोल्दा साइट ह्याक गर्ने भाइरस बन्ने जनाइएको छ । यस्तो समस्या समाधान गर्नको लागि शुल्क नलाग्ने अनलाइन गेम नखेल्न आफ्ना बालबालिकालाई सुझाउनको लागि अभिभावकलाई सल्लाह दिइएको छ ।