Thursday, February 14, 2013

लगानीकर्ताको दुई खर्ब ४० अर्ब फिर्ता नगरेपछि भारतीय कम्पनी सहाराको सम्पत्ती जफत गर्न आदेश - bizmandu

लगानीकर्ताको दुई खर्ब ४० अर्ब भारु फिर्ता नगरेपछि भारतको धितोपत्र बोर्ड (सेक्युरिटि एण्ड एक्सचेञ्ज बोर्ड) सेबीले सहारा समूहको दुई कम्पनीको खाता जफत गरेको छ भन सम्पत्तीमा सिल गरेको छ । सेबीले सहारा समूहको दुई कम्पनीका नाममा रहेका सयभन्दा बढी खाता सिल गरेको हो । भारतको सर्वोच्च अदालतले सहारा कम्पनी विरुद्ध कारवाही नगरेपछि सेबीसँग जवाफ मागेको थियो ।
सेबीले सहारा समूहका प्रमुख सुब्रत रोयको खाता समेत जफत गरेको छ, त्यसबाहेक उनको चल अचल सम्पत्ती समेत सेबीले सिल गरेको छ । सहारा समूहले दुईवटा कम्पनी सहारा रियलस्टेट र सहारा हाउजिङ्गका लागि तीन करोड लगानीकर्तासँग दुई खर्ब ४० अर्ब भारु उठाएको थियो ।
कम्पनीले मार्च २००८ मा तीन करोड लगानीकर्तासँग सहारा इण्डिया रियलस्टेट कर्पोरेशनका लागि एक खर्ब ९० अर्व भारु र सहारा हाउजिङ्गका लागि ६३ अर्ब भारु उठाएको थियो । कम्पनीले तय समयमा लगानी फिर्ता नगरेपछि लगानीकर्ताले सेबीमा मुद्धा दायर गरेका थिए । सेबीले पनि यस विषयमा सुनुवाइ नगरेपछि लगानीकर्ताहरु सर्वोच्चमा पुगेका थिए ।
सर्वोच्चले लगानीकर्ताको पैसा फिर्ता दिन सहारा र वातावरण बनाउन सेबीलाई गत अगस्टमा निर्देशन दिएको थियो । यो निर्देशन दिंदा कम्पनीमा तीन करोड लगानीकर्ताको दुई खर्ब ४० अर्ब भारु जम्मा भएको थियो । सर्वोच्चले सहारालाई १५ प्रतिशत व्याजसहित तीन किस्तामा लगानीकर्ताको रकम फिर्ता गर्न सक्ने अवस्था समेत बनाइदिएको थियो ।
यो योजना अनुसार कम्पनीले अगस्ट महिनामा ५१ अर्ब, जनवरीमा एक खर्ब र बाँकी पैसा फरवरी महिनामा लगानीकर्तालाई फिर्ता गर्नुपर्दथ्यो । तय सिमामा रकम फिर्ता नदिएपछि लगानीकर्ताहरु फेरी सर्वोच्च पुगेका थिए । उनीहरुको मुद्धामा सुनुवाई गर्दै सर्वोच्चले सहाराका खाता र सम्पत्ती सिल गर्न सेबीलाई आदेश दिएको थियो ।
सेबीले अहिले सहाराको पुणेमा रहेको ऐबी बर्लिको जग्गा, दिल्ली, गुडगावँ र मुम्बई लगायतका भारतमा भएका सबै जमिन शिल गरेको छ । त्यसैगरी बैंकमा जम्मा रहेको सहाराको म्युचुअल फण्ड, खाता र अन्य लगानी पनि जफत गरेको छ ।