देशकै सबैभन्दा ठूलो आइपिओ असार अघि आउने भएको छ । १० अर्ब ५९ करोड रुपैयाँ
चुक्ता पुँजी भएको माथिल्लो तामाकोसीको ३४ प्रतिशत सेयरको आइपिओ असार अघि
आउन लागेको हो । ४५६ मेगावाट क्षमतामा निर्माण हुन थालेको माथिल्लो
तामकोसीको आइपिओका लागि नागरिक लगानी कोष विक्री प्रवन्धकका रुपमा नियुक्त
भएको छ । देशको सबैभन्दा ठूलो आइपिओ भए पनि यसमा सर्वसाधरणले भने भाग लिन
पाउने छैनन् ।
तामाकोसीले सर्वसाधरणका लागि छुट्टायाएको ४९ प्रतिशत सेयरमध्ये ३४ प्रतिशत सेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, विद्युत प्राधिकरण र तामाकोसीका, बीमा संस्थान, नागरिक लगानी कोष र नेपाल टेलिकमका कर्मचारी तथा दोलखाका स्थानीयवासिन्दाका लागि हो । सर्वसाधरणका लागि छुट्टयाइएको १५ प्रतिशत सेयर भने आगामी आर्थिक वर्षमा मात्र वितरण हुनेछ । सेयर निष्काशनका लागि मंगलवार तामाकोसीका निमित्त प्रमुख विज्ञान श्रेष्ठ र नागरिक लगानी कोषका कार्यकारी निर्देशक ऋषिराम गौतमले हस्ताक्षर गरे ।
तामाकोसीले २०७२ जेठसम्म एउटा युनिटबाट उत्पादन सुरु गर्ने घोषणा गरेको छ भने दोस्रो युनिट चैतबाट सञ्चालनमा आउनेछ । तामाकोसीले अहिलेसम्म इक्वीटीमध्ये पाँच अर्ब १० करोड रुपैयाँ प्राप्त गरिसकेको छ । तामाकोसीलाई इक्ववीटी र ऋणमा नपुग ११ अर्ब रुपैयाँ सरकारले दिने भएको छ । तामाकोसीले सर्वसाधरणका लागि आगामी आर्थिक वर्षमा एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँको सेयर विक्री गर्ने छ । यो वर्ष आउने आइपिओका लागि कसले कति जुगाड गर्नुपर्ला बिजमाण्डूले तयार पारेको विवरण ।
देशको बजेट पूर्ण आउन सकेन, तर तपाई आफ्ना लागि भने पूर्ण बजेट तयार गर्नुहोस्, आफ्ना लागि बजेट बनाउँदा दिर्घकालीन लगानीका लागि स्रोत जुटाउन नभुल्नुहोला, किनकी यही आर्थिक वर्षको अन्तिममा नेपालको सबैभन्दा ठूलो प्राथमिक शेयर (आइपिओ) बजारमा आउँदैछ ।
पैसा फल्छ कहिले : तामाकोसी जलविद्युतको पावर हाउस बन्न लागेको क्षेत्र
यो आइपीओ चानचुने होइन, किनकी यो आइपीओ हो आगामी केही वर्षपछि राम्रो प्रतिफल दिने माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको । २०७२ चैतमा आयोजना निर्माण सक्ने गरी काम सुरु गरिएको माथिल्लो तामाकोसीले यसै आर्थिक वर्षको अन्तिमसम्ममा सेयर जारी गर्ने तयारी गरेको छ ।
४५६ मेगावाटको यो जलविद्युत आयोजनाले सेयर जारी गर्नकै लागि चौथो वार्षिक साधरणसभाबाट शेयर पुँजीमा समेत वृद्धि गरेको छ । ११ अर्ब अधिकृत पुँजी भएको माथिल्लो तामाकोसीको नयाँ पुँजी संरचनामा १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी छ ।
अहिलेसम्म नेपालको सबैभन्दा ठूलो चुक्ता पुँजी भएको कम्पनी कृषि विकास बैंक हो । यसको चुक्ता पुँजी नौ अर्ब ४७ करोड रुपैयाँको छ । यो नौ अर्ब ४७ करोडमध्ये छ अर्ब ४३ करोड ६८ लाख रुपैयाँको ननरिडिमेवल प्रिफरेन्स शेयर हो । बाँकी तीन अर्ब तीन करोड ७५ लाख रुपैयाँको साढे ४६ प्रतिशत सर्वसाधरणका लागि र साढे ५३ प्रतिशत सेयर सरकारको स्वामित्वमा छ ।
तामाकोसीको संस्थापकका रुपमा नेपाल विद्युत प्राधिकरणसँग ४१ प्रतिशत सेयर रहनेछ, नेपाल टेलिकमसँग ६ प्रतिशत, राष्ट्रिय विमा संस्थान र नागरिक लगानी कोषसँग २÷२ प्रतिशत शेयर हुनेछ । तामाकोसीले बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारण लगानीकर्ताका लागि जारी गर्नेछ ।
कसको भागमा कति ?
कम्पनीको ४९ प्रतिशत सेयरमध्ये सर्वसाधरणका लागि १५ प्रतिशत छुट्टाइएको छ भने बाँकी ३४ प्रतिशत शेयर कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, दोलखाका स्थानीयवासिन्दा, विद्युत प्राधिकरण र तामाकोसीका कर्मचारी, सञ्चय कोष, नागरिक लगानी कोष, टेलिकम र बीमा संस्थानका कर्मचारीलाई छुट्टाइएको छ । कम्पनीले यो आर्थिक वर्ष भित्रमै ४९ प्रतिशतमध्ये सर्वसाधारण र दोलखाका स्थानीयवासिन्दा बाहेक छुट्टाइएका सबैलाई शेयर जारी गर्दैछ ।
दोलखालीलाई ५७ कित्ता
तामाकोसी जलविद्युत आयोजनको निर्माणस्थल दोलखामा पर्छ, यसै कारण कम्पनीले दोलखाका स्थानीयवासिन्दालाई कम्पनीको १० प्रतिशत अर्थात एक करोड पाँच लाख ९० हजार कित्ता सेयर छुट्टायाएको छ । २०६८ को जनगणना अनुसार दोलखामा एक लाख ८८ हजार जनसंख्या छ, यो आधारमा औषत निकाल्दा एक जना दोल्खालीको हातमा ५७ कित्ता सेयर पर्नेछ । अर्थात आफ्नो बजेट बनाउँदा प्रत्येक दोलखालीले तामाकोसीका लागि पाँच हजार सात सय रुपैयाँ छुट्टयाउँदा हुन्छ ।
विचारा निक्षेपकर्ता
सञ्चयकोषका निक्षेपकर्ताले टन्नै सेयर पाउने छन् भनेर एक पटक ठूलै बेलुन फुलाइएको थियो तर तामाकोसीको सबैभन्दा थोरै सेयर यीनै सञ्चयकर्ताको हातमा हुनेछ । सञ्चय कोषमामा अहिले ८९ हजार निजामती, ९५ हजार नेपाली सेना, ८१ हजार शसस्त्र र नेपाल प्रहरी, ९७ हजार संस्थान, सांगठनिक क्षेत्रका कामदार र ८८ हजार सामुदायिक र संस्थागत शिक्षक कोषका सञ्चयकर्ता छन् । कोषका सञ्चयकर्ताका लागि तामाकोसीको १७.२८ प्रतिशत अर्थात एक करोड ८२ लाख ९९ हजार ५२० कित्ता शेयर छुट्टाइएको छ ।
यो सेयर विद्युत प्राधिकरणका नौ हजार दुई सय र सञ्चयकोषका ४८२ कर्मचारीले पाउने छैनन्, बाँकी चार लाख ४० हजार निक्षेपकर्तालाई बाँड्दा प्रत्येकको हिस्सामा जम्मा ४२ कित्ता सेयर पर्नेछ । यही ४२ कित्ताका लागि भए पनि बजेट बनाउँदा चार हजार रुपैयाँ छुट्टयाउन नभुल्नुहोला ।
सञ्चय कोषका कर्मचारी मालामाल
तामाकोसीको चौथो साधरणसभाले परियोजनामा कर्जा प्रवाह गरेका चार संस्थाका कर्मचारीका लागि २.८८ प्रतिशत शेयर हिस्सा छुट्टायाएको छ । यो शेयर हिस्सा तामाकोसीलाई कर्जा उपलब्ध गराएको अनुपातका आधारमा कर्मचारी सञ्चय कोष, बीमा संस्थान, टेलिकम र नागरिक लगानी कोषका कर्मचारीलाई विभाजन गरिनेछ । तामाकोसीले चार संस्थाबाट २२ अर्ब रुपैयाँ ऋण लिएको छ । त्यसमध्ये सञ्चय कोष एक्लैले १० अर्ब ऋण र दुई अर्ब डिवेञ्चर दिएको छ । यो आधारमा ऋण लगानी गर्ने चार संस्थाका लागि छुट्टाइएको २.८८ प्रतिशत सेयरको ५५ प्रतिशत (१६,७७,४५६ कित्ता) हिस्सा सञ्चय कोषका कर्मचारीले पाउनेछन् ।
सञ्चयकोष र तामाकोसीवीच ऋण सम्झौता भएको २०६७ साउन १४ गते कोषमा ४८२ जना कर्मचारी थिए, यो आधारमा औषत निकाल्दा सञ्चयकोषका प्रत्येक कर्मचारीको हातमा तामाकोसीको तीन हजार ४८० कित्ता सेयर हुनेछ । सञ्चयकोषका कर्मचारीले आफ्नो बजेट बनाउँदा तीन लाख ४८ हजार रुपैयाँको अतिरिक्त व्यवस्था अहिलेदेखि नै गर्दा हुन्छ । सञ्चयकोषका कर्मचारीले पूर्व प्रशासक डा. रमेश भट्टराईलाई धन्यवाद दिए हुन्छ, किन भने लाख लगानी गरेको केही वर्षमै दशौं लाखमा परिणत हुने गरी यो सम्झौता गर्ने र शेयर हिस्सा दिलाउन उनैले महत्वपूर्ण भूमिका खेलेका थिए ।
लगानी कोषका कर्मचारीलाई पनि उस्तै
तामाकोसीको शेयरले सञ्चय कोषका कर्मचारीको झै पूरै मालामाल हुन नपाए पनि नागरिक लगानी कोषका कर्मचारीको पनि चाँदी कटाइ भने कम हुनेछैन । नागरिक लगानी कोषले तामाकोसीमा दुई अर्ब ऋण लगानी गरेको छ । यो आधारमा लगानी कोषका कर्मचारीका लागि दुई लाख ७४ हजार ४९२ कित्ता छुट्टिएको छ । लगानी कोषसँग तामाकोसीले २०६७ मंसिर २१ मा ऋण सम्झौता गरेको थियो । सम्झौता हुँदा लगानी कोषमा १०८ कर्मचारी थिए । यो आधारमा लगानी कोषका कर्मचारीले औषतमा तामाकोसीको दुई हजार ५४२ कित्ता शेयर पाउने पक्का छ । यो वर्षका लागि आफ्नो बजेट बनाउँदा लगानी कोषका कर्मचारीले तामाकोसीका लागि दुई लाख ५४ हजार रुपैयाँको अतिरिक्त बजेट व्यवस्था गर्दा हुन्छ ।
वीमा संस्थानका पनि के कम
कर्मचारी र लगानी कोषका कर्मचारीले झैं सेयरको ठूलो हिस्सा नपाए पनि बीमा संस्थानका कर्मचारीको पनि चाँदी कटाइ राम्रै हुनेछ । वीमा समितिले तामाकोसीलाई दुई अर्ब ऋण दिएको छ, यसको अर्थ वीमा समितिका कर्मचारीका लागि पनि दुई लाख ७४ हजार ४९२ कित्ता सेयर छुट्टिनेछ । वीमा र तामाकोसीवीच २०६७ मंसिर २१ मा सम्झौता भएको हो । सम्झौता हुँदा बीमामा २४८ कर्मचारी थिए । यसको अर्थ बीमाका प्रत्येक कर्मचारीका लागि एक हजार १०६ कित्ता शेयर हात लाग्ने छ । बीमा कर्मचारीका लागि पनि तामाकोसीले यसै आर्थिक वर्षमा शेयर निष्काशन गर्दैछ, अर्थात उनीहरुले पनि आफ्नो बजेट बनाउँदा तामाकोशीको सेयरका लागि एक लाख १० हजार रुपैयाँको बजेट छुट्टायाउन जरुरी छ ।
प्राधिकरण कर्मचारीको बेहाल
चिलिमे जलविद्युतको शेयरले मालामाल बनेका विद्युत प्राधिकरणका कर्मचारीको तामाकोसीको शेयरबाट भने कायापलट नहुने भएको छ । प्राधिकरण र तामाकोसीका कर्मचारीका लागि चुक्ता पुँजीको जम्मा ३.८४ प्रतिशत (४०,६६,५६० कित्ता) सेयर छुट्टायाइएको छ । प्राधिकरणमा अहिले नौ हजार १४६ जना कर्मचारी छन् भने कम्पनीमा प्राधिकरणबाट काज गएका ६७ जना र स्थानीय ४७ जना कर्मचारी छन् । यसको अर्थ ४० लाख ६६ हजार ५६० कित्ता सेयर नौ हजार २ सय कर्मचारीलाई भागा लगाउँदा औषतमा प्रत्येकको खल्तीमा ४४२ कित्ता सेयर पर्ने छ । प्राधिकरण र कम्पनीका कर्मचारीले आफ्नो बजेटमा तामाकोसीका लागि ४४ हजार छुट्टयाउँदा काफी हुनेछ ।
टेलिकमकालाई कति
नेपाल टेलिकमले तामाकोसीमा छ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ, यो आधारमा टेलिकमका कर्मचारीका लागि तामाकोसीको आठ लाख २३ हजार ४७८ कित्ता सेयर छुट्टाइएको छ । तर टेलिकममा कर्मचारीको ठूलो हिस्सा भएकाले औषतमा थोरै मात्र सेयर उनीहरुको हातमा पर्नेछ । ऋण सम्झौता हुँदा टेलिकममा पाँच हजार ६११ कर्मचारी थिए, उनीहरुलाई यो शेयर बाँड्दा औषतमा एक कर्मचारीको भागमा १४७ कित्ता पर्नेछ ।