-युवराज घिमिरे, पत्रकार
-‘किसुनजी, डायरी नेपालीमा नलेखेर किन अंग्रेजीमा लेख्नु भा’को ? मेरो प्रश्नमा किसुनजीको जवाफ– ‘केटीहरूसँगको संगत, सम्बन्धको कुरा लेख्यो, भाउजूहरूले जिस्क्याएर हैरान । अनि, अंग्रेजीमा लेख्न थालेँ †’
- एकदिन, किसुनजीकहाँ पाइलट बाबा आउनुभएको थियो । शरतसिंह भण्डारी र म पनि त्यहीँ थियौँ । अर्को कोठामा पाइलट बाबा ‘रेस्ट’ गरिरहेका बेला किसुनजीले भन्नुभयो, ‘ए बाबु आज रक्सी खाउँm न । ब्लु लेभलचाहिँ खाउँm है ।’
उहाँले रक्सी खाने तयारी गरेको देखेपछि अमिता कपालीले हपार्नुभयो– उता पाइलट बाबा हुनुहुन्छ, यता तपाईं रक्सी खाने ?
‘पाइलट बाबाले मेरो मुख सुँघ्न थोडी आउनुहुन्छ ?’ किसुनजीको प्रतिप्रश्न †
-राजाले सत्ता हातमा लिएपछि एकदिन उहाँलाई बोलाएर प्रस्ताव राखेछन्– तपाईं प्रधानमन्त्री बनिदिनुस् । अनि, देश सम्हालिन्छ ।
राजालाई भेटेर निस्किने बेला मैले सोधेँ, ‘केके कुरा भयो किसुनजी ?’
समाचारमा नल्याउने सर्तमा किसुनजीले राजाको प्रस्ताव बताउँदै भन्नुभयो– पहिला तपाईंले थुनेका मान्छेहरू रिहा गर्नुस् । अनि, मात्रै अरू कुरा आउँछ भनेर अडान राखेँ ।
म उहाँसँगै थिएँ । राजदरबारको गेटमा आइपुग्दा पत्रकारहरूले घेरे । एकले प्रश्न गर्यो– तपाईं राजावादी हुनुभएछ हो ?
किसुनजीले प्रतिवाद गर्नुभएन । ‘हो म राजतन्त्रको पक्षमा छु,’ उहाँ यति जवाफ दिएर बाहिरिनुभयो । पत्रकारहरूले त्यही भनाइलाई कोट गरेर किसुनजीलाई राजाको एजेन्टसमेत भनेर समाचार प्रकाशित गरे । तर, किसुनजीले आफ्नो अडानबारे केही टिप्पणी गर्नुभएन ।
सन्त व्यक्तिहरू ढोँगी हुँदैनन् र कसैलाई छल्दैनन् । आफूमा भएजस्तै सन्त चरित्र अरूसँग पनि छ भन्ने ठान्छन्, अनि व्यवहार पनि त्यस्तै गर्छन् । कृष्णप्रसाद भट्टराई (किसुनजी) पनि एक सन्त हुनुहुन्थ्यो । किसुनीमा बेढोँगी गुण थिए । मान्छले उहाँको गुणलाई अभिमानका रूपमा पनि लिए ।
धेरैले किसुनजीको जीवनकालभर उहाँमा रहेको बेढोँगीपनलाई बुझेनन्, न त चिन्ने चेष्टा नै गरे । म स्कुल पढ्दादेखि नै किसुनजीलाई नेपाली प्रजातान्त्रिक आन्दोलनका एक अगुवा सन्त नेताका रूपमा चिन्थेँ । उहाँलाई प्रजातन्त्रको आन्दोलनको खातिर लडेकोमा राजाले सबैभन्दा बढी समय जेल राखेको कुरा पनि जान्दथेँ । बिपीले भारत गएर पञ्चायतविरुद्ध आन्दोलन गरे । तर, किसुनजीले नेपालमै बसेर आन्दोलन गरिरहे । राजाको आँखाको तारो भए । यी कुराको जानकार थिएँ म । भारत गएर आन्दोलन गरिएको भए भारतीय अंकुशमा प्रजातान्त्रिक आन्दोलन हुन सक्ने ठानेर उहाँले नेपालबाटै क्रान्ति गरेको किसुनजीसँगको संगतबाट बुझेँ । उहाँका सबै व्यवहारगत कुराहरू धेरै राम्रोसँग भने सन् २००० पछि थाहा भयो । त्यसअघि एक प्रशंसक, समर्थक अनि पत्रकारको भूमिकामा मात्रै थिएँ म ।
पत्रपत्रिका पढ्ने, समाचार सुन्ने भएपछि उहाँका भाषण सुन्ने अनि पढ्ने गर्न थालेँ । काठमाडौंमा आइएसी पढ्न आएपछि पहिलोपटक उहाँलाई भेटेको हो । २०३० सालतिर, म ठमेलमा डेरा गरी बस्थेँ । हामी प्रत्येक शनिबार पशुपति जाने गथ्र्यौं । किसुनजी पनि पशुपति जानुहुँदो रहेछ । कहिलेकाहीँ पशुपतिमा उहाँलाई देख्थ्यौँ । तर, बोल्ने मौका भने पाइएको थिइनँ । उहाँको बेढोंगीपनबारे भने भाषणहरूबाट केही बुझेको थिएँ । किसुनजीको मुखाकृति पढ्दा पनि बेढोँगीपन पाउँथें म । कहिलेकाँही उहाँको भाइब्रेसनसँग मेरो मनको भाइब्रेसन तानिँदा किसुनजीसँग केही नाता पक्कै छ भैँm लाग्थ्यो । नेपालमा आएसी सकाएपछि भारत गएँ । त्यहाँ पढाइसँगै पत्रकारिता पनि थालेँ । त्यतिबेला भारतमा भए पनि नेपाली राजनीतिबारे मलाई धेरै चासो थियो । १९९२ पछि भने मलाई भारतमै रहेर नेपाली राजनीतिको पनि रिपोर्टिङ गर्ने अवसर आयो । बेलाबेला नेपाल नै आएर पनि रिपोर्टिङ गर्नुपथ्र्यो । त्यतिबेला सबै नेतासँग टेलिफोन थिएन । हामी साँझको ४ बजेतिर न्युरोड जाने गथ्र्यौं नेता भेट्न । प्राय: नेता त्यतै भेटिन्थे, त्यसैअनुसार टाइम मिलाउँथ्यौँ ।
एकपटक रिपोर्टिङकै लागि म नेपाल आएको थिएँ । किसुनजीसँग नेपालको राजनीतिक सन्दर्भबारे वार्ता गर्नु थियो । उहाँले भन्नुभयो– ‘बाबु, भोलि म भाउजूकोमा खाना खान जान्छु, त्यहीँ आउनू ।’ भोलिपल्ट उनका दाजु गोपालप्रसाद भट्टराईको घर गएँ । किसुनजी पिर्कामा बसेर भात खाइरहनुभएको रहेछ । उहाँले खाने बेला भनेर मलाई कुराउनुभएन । कुरा गर्दै भात खानुभयो । उहाँको खुलापन त्यतिबेला अझ प्रस्टसँग पाएको थिएँ मैले । उहाँको खुलापन तथा बेढोँगी व्यवहार देख्दा धेरैले ‘तेस्रो ग्रहबाट आएका’ जस्तो व्यवहार पनि गर्थे । उहाँको निर्भीक व्यवहारले धेरै प्रभावित थिएँ म ।
०१७ देखि ०१९ सालको बीचमा उहाँले लेख्नुभएको डायरीको एउटा अंशमा यस्तो छ– ‘कस्तो विडम्बना, राजालाई हामीले गद्दीमा राख्यौँ । भोलि यस्तो दिन पनि आउन सक्छ, कांग्रेस र कम्युनिस्ट मिलेर राजालाई गद्दीबाट हटाउनुपर्नेछ । त्यतिबेला राजालाई पनि नराम्रो अनि देशलाई अझ नराम्रो हुन्छ ।’ किसुनजी कति दूरदर्शी हुनुहुन्थ्यो भन्ने यो अंशले बुझाउँछ ।
किसुनजीलाई अभिमानी नेताका रूपमा पनि चित्रित गरिन्थ्यो । तर, त्यो अभिमानले देशको शिर उँचो बनाइरह्यो । विशेष गरी विदेशनीतिबारे उहाँको अभिमान देखिन्थ्यो । २०५६ सालमा किसुनजी प्रधानमन्त्री भएपछि तत्कालीन भारतीय राजदूत उहाँलाई भेट्न गएका रहेछन् । भेटेर प्रस्ताव राखेछन्– ‘किसुनजी, रामशरण महतलाई परराष्ट्रमन्त्री नबनाइदिनु’स् । महत पाकिस्तानसँग नजिक छन्, हामीलाई बेफाइदा हुन सक्छ ।’ कुरा सुनेपछि, चियाको औपचारिकता पनि ननिभाइ किसुनजीले भनिदिनुभएछ– ‘आज महतलाई विदेशमन्त्री नबनाऊ भन्नुभयो । मैले तपाईंका कुरा मानेँ भने भोलि मन्त्रिपरिषद्कै लिस्ट लिएर आउनुहोला । मैले तपाईंका कुरा सुनेँ, अब जानुहोस् ।’ अन्तत: उहाँले महतलाई नै परराष्ट्रमन्त्री बनाउनुभएको थियो ।
१९९१ को जनवरीमा किसुनजी इन्डिया जानुभएको थियो, नेपालको प्रधानमन्त्रीको हैसियतमा । उहाँले त्यतिबेला नेपाल–भारत व्यापार सन्धिमा हस्ताक्षर पनि गर्नुभयो । म भारतमै पत्रकारिता गर्थें । हस्ताक्षरपछि इन्डियाका एक पत्रकारले सोधे– ‘यो सन्धिमा कुन पक्षको जित भयो ?’
– ‘इकोनोमीमा बार्टर्ड सिस्टम भन्ने तपाईंलाई थाहा होला, यस्तो सन्धिमा पनि त्यही लागू हुन्छ, दुवै पक्षको जित ।’
फेरि अर्का पत्रकारले सोधे– ‘अब तपाईं तराई मूलका नेपालीलाई नेपाली सेनामा भर्ना लिनुहुन्छ त ?’
त्यतिबेला भारतको प्रधानमन्त्री विश्वनाथप्रताप सिंह थिए, सँगै रहेका भारतीय प्रधानमन्त्री सिंहलाई देखाएर किसुनजीले उल्टो प्रश्न गरिदिनुभो– ‘सिंहजीले नेपाली मूलका इन्डियन गोर्खालाई आफ्नो सुरक्षानिकायमा भर्ना लिनुहुन्न ?’
त्यही सालको डिसेम्बरमा किसुनजीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत जानुभएको थियो । उहाँलाई पनि भेटमा एक पत्रकारले सोधे– ‘तपाईंको नेतृत्वमा सरकार बनेपछि सुरुमै चीनबाट हतियार खरिद गर्नुभयो नि ?’ जवाफमा कोइरालाले भन्नुभयो– ‘एकपटक गल्ती भयो, अब यस्तो हुँदैन ।’ सार्वजनिक रूपमै कोइरालाको यस्तो अभिव्यक्ति आएपछि मैले उहाँलाई किसुनजीसँग तुलना गर्न खोजेँ । देशको हितमा कुन ठीक थियो, किसुनजीको ‘अभिमान’ या गिरिजाको ‘लाचारी’ † यिनै उदाहरणले पनि किसुनजीको निर्भीकता प्रस्ट हुन्छ ।
सन् २००० मा म नेपालमै बस्ने गरी आएको हुँ । त्यसपछि अझ नजिकबाट किसुनजीसँग संगत गरेँ । उहाँको घरमा एउटा पत्रकारभन्दा आफन्तको हैसियतमा जान्थेँ म । आफूलाई अनुकूल हुँदा किसुनजीकोमा पुगिहाल्थेँ । उहाँको अनुहार देखेपछि बोलेर औपचारिकता पुर्याउनुभन्दा उहाँका क्रियाकलाप हेरिरहँदा बढी सन्तुष्टि मिल्थ्यो मलाई । पत्रिका पढ्न थाल्यो, हातमा कलम लिनुहुन्थ्यो । चस्मा मिलाउँदै महत्त्वपूर्ण लागेको लाइनमा अन्डरलाइन गर्नुहुन्थ्यो ।
किसुनजी एक राजनीतिक मूल्य बोकेर नेता बनेका व्यक्ति हुनुहुन्थ्यो । निष्काम सेवाको मूल मन्त्र उहाँको जीवनभर चरितार्थ भयो । कहिल्यै पनि ढोँगी बन्नुभएन । न त कहिल्यै ‘रिजर्भ’ हुनुभयो । कसैसँग झूठ बोल्नुभएन । बरु कहिलेकाँही ‘लुज’ कमेन्ट गरिदिनुहुन्थ्यो । ती कुरा नेपाली सञ्चारमाध्यमले ‘भेरिफाइ’ नगरी जस्ताको त्यस्तै लेखिदिन्थे । अनि, कहिलेकाहीँ उहाँलाई विवादमा पनि ल्याइदिन्थे । सञ्चारमाध्यमको त्यस्तो आचरण देख्दा ‘कस्तो बाहुन्ने हैसियतमा भएका मिडिया’ भनेर उहाँ हाँस्नुहुन्थ्यो, सायद । तर, मलाई भने एक पत्रकारभन्दा बढी हैसियत दिनुभयो किसुनजीले । आफ्ना सानाभन्दा साना कुरा पनि मसँग खोल्नुहुन्थ्यो । मैले उहाँबारे अझ जान्न खोज्दा एकदिन ‘बाबु पख, मेरो डायरी पढ्न दिन्छु, त्यसबाट धेरै बुझ्छस्’ भन्नुभयो । किसुनजीको व्यक्तिगत डायरी हातमा परेपछि आफूले पाएको निकटपना देखेर सोचिरहन्थेँ– ‘किसुनजी ठूलो कि म ?’
प्रस्तुति : प्रतिमा सिलवाल