जार्काता । इन्डोनेसिया वेष्टजाभाको कापेटाकन गाउँमा बस्छन्, वाकिरा, जसलाई
बोस कोब्राको नामले समेत चिनिन्छन्, उनलाई बोस कोब्राको नाम यसकारण दिइएको
हो, किनकी उनको कोब्रा मार्ने कारखाना छन् । यिनै बोस कोब्राको उद्योगमा
मारिएका साँपबाट झोला, पर्स, बेल्ट र जुत्ता बन्छन्, पश्चिम युरोपको देशमा
निर्यात हुन्छन् र चार हजार डलरभन्दा माथि विक्री हुने गर्छन् ।
वाकिराको साँप मार्ने कारखानामा १० जना कामदार छन्, उनी सर्पको छाला मात्रै होइन मासु पनि बेच्छन् । बोस कोब्रा महिनामा एक करोड ५० लाख इन्डोनेसियन रुपिया १५ सय डलर कमाउँछन् । सयौं मिटर सर्पको छाला उनी महिनावारी हिसावमा जाभा राज्यको पश्चिम र केन्द्रमा विक्री गर्छन् । उनले विक्री गरेको छाला लगेर सुनार्तोले झोला बनाउँछन्, उनले बनाएको झोला आकार हेरेर इन्डोनेसियामा १० देखि ३१ डलरसम्ममा विक्री हुन्छ, यिनै झोला पश्चिमी फेशन हाउसमा पुगेपछि चार हजार डलरसम्ममा विक्री हुन्छन् ।
इन्डोनेसियामा सर्प मार्न र छाला निकाल्न अनेक विकल्पहरु छन्, तर सबैभन्दा धेरै सर्पलाई तड्पाएर र पुरानो तरिकाले मारिन्छ । कोब्रालाई मार्नुअघि त्यसको लम्बाई कति छ नाप जाँच गरिन्छ, रडले टाउकोमा हानेपछि दुई दिनसम्म सर्पलाई छाडिन्छ, सर्प मरेपछि सबैभन्दा पहिले त्यसको टाउको टुक्रा पारेर फालिन्छ ।
टाउको फालेपछि सर्पको कलात्मक ढंगले छाला निकालिन्छ, छाला निकालेपछि बाँकी रहेको मास पनि इन्डोनेसियामा विक्री हुने गरेको छ । सर्पको मासुले छालाको रोग, आस्थामाको उपचार हुने, यौन क्रियामा बल पुग्ने विश्वास उनीहरुको छ ।
निकालिएको सर्पको छालालाई राम्रोसँग पानीले धुने काम हुन्छ, छालामा टाँसिएको फोहोर मैला निकालेपछि छाला सुकानका लागि तयार हुन्छ ।
सफा गरेपछि त्यसबाट सबै पानी निकालिन्छ
त्यसपछि छालालाई गोलो पारेर राखिन्छ
गोलो पारेर राखेको छालालाई आगोको राप र घामको तापमा सुकाइन्छ, यसरी सुकाएपछि सर्पको छालाबाट उत्पादन भएका सामान लामो समयसम्म टिकाउ हुने गर्दछ ।
यसरी घाममा छाला सुकाएपछि यो व्याग, पर्स, वेल्ट र जुत्ता बनाउन लायक हुन्छ, घाममा सुकाएको छालासँगै, सर्प मार्ने उद्योगका मालिक वाकिरा जसलाई बोस कोवराको नामले समेत चिनिन्छ ।
सुकाएको छाला झोला, पर्स, बेल्ट र जुत्ता बनाउने उद्योगसम्म पुग्ने गर्दछ, त्यहाँ लगेर छालालाई अझ तन्काउने र फराकिलो पार्ने काम गरिन्छ ।
सर्पका छालाबाट यसरी झोला उत्पादन गरिन्छ, यो झोलाको इन्डोनेसियामा अधिकत्तम ३१ डलरसम्म प्राप्त हुन्छ, यही झोला पश्चिमको फेशन स्टोरमा पुगेपछि चार हजार डलरसम्म पर्दछ ।
झोलामा कुनै समस्या छ, छैन, त्यसलाई मिहिन ढंगले परीक्षण गरेपछि मात्रै त्यसलाई बजारमा लैजाने गरिन्छ, सर्प मार्नेसम्मको जोखिम उठाउनेले केही डलर पाउँदा, त्यसलाई पश्चिमका फेशन स्टोरमा पुर्याउने दलालहरुले भने राम्रै आम्दानी गर्दछन् ।