
०६८ चैत २६ गतेदेखि गत पुस मसान्तसम्म मन्दिरमा चढाइएका लत्ताकपडाको विवरणअनुसार २ हजार ४ सय ६ थान धोती, १ हजार २ सय ७३ थान साडी, १ हजार २ सय ९० पिस कपडा, २ सय ४६ वटा गन्जी, १ हजार ४ सय १२ पिस ब्लाउज कपडा र १९ जोर मोजालगायतका सामान छन् ।
कोषका अनुसार यो अवधिमा १ सय ७१ ग्राम सुन र १४ किलो ८ सय ९० ग्राम चाँदी पनि संकलन भएको छ । “संकलन भएको सुन र चाँदीलाई कोषले पशुपति मन्दिरको लोगो अंकित सिक्का बनाएर बजार मूल्यअनुसार बिक्री गर्ने सोच बनाएको छ,” उनले भने । भारतमा पनि तिरुपति बालाजी मन्दिरले संकलन भएको सुनचाँदीको सिक्का बनाएर बिक्री गर्ने गरेको वैद्यले बताए ।
सरकारले गत वर्षदेखि पशुपति मन्दिर तथा पूजा व्यवस्था नियमावली २०६८ लागू गरेपछि १० महिनामै तीन वर्षबराबरको भेटी ६ करोड ७६ लाख ९४ हजार ५ सय ४८ रुपैया“ आम्दानी भएको छ ।
यसमध्ये भेटी आम्दानीमा ४ करोड २४ लाख ३१ हजार ९ सय ८ र विशेष पूजाबापत २ करोड ५२ लाख ६२ हजार ६ सय ४० रुपैया“ संकलन भएको कोषले जनाएको छ ।
कोषको आर्थिक शाखाका अनुसार आर्थिक वर्ष ०६७/६८ मा ९६ लाख र आर्थिक वर्ष ०६८/६९ मा १ करोड १२ लाख रुपैया“ संकलन भएको थियो ।
नियमावली लागू हुनभन्दा अघि मूल भट्टले आफ्नो स्वविवेकले मात्र पशुपति मन्दिर व्यवस्थापनका लागि खर्च उपलब्ध गराउने चलन थियो । नियमवाली लागू भएपछि मुलभट्टको तलब निर्धारण गरिएको छ । मासिक डेढलाख रुपैया“ मूलभट्टको तलब निर्धारण गरिएको छ । मूलभट्टको बस्ने, खाने र टेलिफोनलगायतका सेवा सुविधासमेत डेढलाख रुपैया“मै सीमित गरिएको छ । त्यसैगरी नियमावलीअनुसार नै अन्य पुजारीको पनि तलब निर्धारण गरिएको छ ।
मन्दिरमा दैनिक ३० वटाभन्दा बढी विशेष पूजा हुने गरेको छ । विशेष पूजामा ३० हजारदेखि १ लाख रुपैया“सम्म भेटी चढाउने गरिन्छ । कोषमा नवग्रह, हनुमान, उन्मुक्तभैरव र चौसठ्ठीलगायतका मन्दिरबाट उठेको रकम संकलन हुँदै आएको छ । संकलित रकमभध्ये ३३ प्रतिशत सामाजिक क्षेत्रमा, ३३ प्रतिशत अक्षयकोषमा र बाँकी मन्दिर सत्तल जीर्णोद्धारका लागि प्रयोग गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।