Saturday, February 9, 2013

अन्टार्कटिकाको अनौठो बेलायती केन्द्र (फोटोफिचर सहित) - onlinekhabar

बेलायतले अन्टार्कटिकामा अढाइ करोड पाउण्ड खर्च गरेर निकै सुविधा सम्पन्न तथा अत्याधुनिक प्रयोगशाला तथा विज्ञान केन्द्र तयार गरेको छ । यो प्रयोगशाला चलायमान छ अर्थात् एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण भई रहन्छ । यो मोबाइल साइन्स स्टेशनचार वर्षको अथक प्रयासपछि तयार भएको हो । यो केन्द्रमा प्रयोगशालाका साथै व्यायामशाला तथा मदिरा पिउने भट्टी समेत रहको छ ।
अन्टार्कटिका महादेश पत्ता लागेको १ सयवर्षपछि तयार भएको यो अत्याधुनिक केन्द्र चलायमान बनाउनुको अर्थ यो हिउँमान पूरियोस् भनेर हो । यो विश्वको पहिलो चलायमान अनुसन्धान केन्द्र हो जुनचिप्लेटी खेलेजस्तो गरी एक ठाउँबाट अर्को ठाउँमा पुग्दछ ।
यसअघिका प्रयोगशालाहरु हिउँले पूरिएपछि बेलायती कम्पनी हग ब्रगटन आर्किटेक्टको डिजाइनमा तयार भएको यो ह्याले सिक्स्थ रिसर्च स्टेशन निर्माण गरिएको हो । यो अनुसन्धान केन्द्रमा १६ देखि ५२ जनासम्म कर्मचारी वर्षैभरी रहनेछन् र अन्टार्कटिकामा अनुसन्धानको काम गर्नेछन् ।