-प्रकाश सायमी
०३७ सालमा स्वरसम्राट् नारायणगोपाल सांस्कृतिक संस्थानको महाप्रबन्धक हुनुहुन्थ्यो । संस्थानले कलाकारका लागि दरखास्त आह्वान गरेको थाहा पाएर मैले पनि निवेदन दिएँ । अन्तर्वार्ताको लागि बोलाइयो । शिक्षा मन्त्रालयका सचिव, संस्थानका सल्लाहकार अनि नारायणगोपाल अन्तर्वार्ता लिन बस्नुभएको रहेछ । म भित्र पसेपछि नारायणगोपाल मुसुमुसु हाँस्नुभयो । उहाँसँग मेरो चिनजान पहिलेदेखि नै थियो । नारायणगोपालले भन्नुभयो, ‘तपाईंकी बहिनी बगैँचामा फूल टिप्दै छिन्, त्यो फूल कसका लागि भनेर उनलाई सोधेको अभिनय गर्नु’स् त ।’ मैले अभिनय गरँे । ‘भएन, प्रेमिकालाई भनेजस्तो भयो, फेरि गर्नु’स् त’ नारायणगोपालले भन्नुभयो । मैले अभिनय दोहोर्याएँ, उहाँले ‘रिसाएर गरेजस्तो भयो’ भन्नुभयो । मैले केही जवाफ दिइनँ । इन्टरभ्यू सकिएपछि उहाँले ‘मैले तिमीलाई बेकारमा जिस्काएँ, खासमा मन्त्रीको मान्छे तोकेर आउँदै छ’ भन्दै माफी माग्नुभयो । हौसला दिनुभयो, ‘तिमी नाचघरको कलाकार भयौ भने तोकिएको तलबमा खुम्चिएर बस्नुपर्छ, तिमीसँग क्षमता छ, बाहिर पनि निकै गर्न सक्छौ ।’ म केही जवाफ नदिई घर फर्किएँ ।
त्यो प्रसंगपछि नारायणगोपाल दाइसँग अझ नजिक हुने मौका मिल्यो मलाई । नाचघरको आयोजनामा भएको ‘स्मृतिका कोसेली’ नामक कार्यक्रम सञ्चालन गर्ने मौका दिनुभयो । त्यसपछि ‘अतृप्त आत्मा’ नामक नाटकमा सन्तोष पन्त, मदनकृष्ण श्रेष्ठजस्ता कलाकारलाई नराखेर मलाई झाँक्रीको भूमिका दिनुभयो । लगातार उहाँको नजिक रहन थालेँ । बेलाबेला रक्सी खाने साथीसमेत हुन्थेँ उहाँको । ०३७ सालदेखि उहाँको अन्तिम अवस्थासम्म निरन्तर संगत गरेँ । उहाँ गीतको स्तर चाँडो बुझ्नुहुन्थ्यो, गायकीको त कुरै नगरौँ । धेरै गीतकारले नारायणगोपाललाई गाउन दिनकै लागि स्तरीय गीत रचना गर्थे उतिबेला ।
पृष्ठ ७ बाट क्रमश:
नारायण दाइको स्वभाव खरो थियो । मन परेन भने कुटिहाल्न पनि अघि सर्नुहुन्थ्यो । मन नपरेका कुरा प्याच्च भनिहाल्ने बानी थियो । २०३९ सालमा हामीले नाचघरमा एउटा कार्यक्रम आयोजना गरेका थियौँ । कार्यक्रम चलिरहेको थियो, एक्कासि बिजुली गयो । कलाकार नीर शाह झोक्किए, ‘यो नाचघरमा आगो लगाइदिन्छु । यसरी बत्ती निभाउन पाइन्छ ?’ त्यो कुरा कसैले नारायणगोपालको कानमा पुर्याइदिएछन् । उहाँ त एकैछिनमा तल झर्नुभयो, कम्मरमा हात लगाएर उभिनुभयो । अनि झोक्किएरै भन्न थाल्नुभो, ‘ल त कसले नाचघरमा आगो लाउन सक्दो रहेछ, हेरौं †’ उहाँलाई देखेपछि सब चुप । नीर शाह त नारायणगोपाल झर्दै हुनुहुन्छ भन्ने थाहा पाएपछि अगाडि नै भागिसकेका थिए ।
नारायण दाइले रक्सी खाने ठाउँ जमलको रोदी रेष्टुराँ र भोटाहिटीस्थित हरिचाको होटल थियो । पार्टनर प्राय: देवदत्त ठटाल, दिव्य खालिङ अनि म हुन्थ्यौँ । रक्सी लाग्दै गएपछि नारायणगोपाल विगतका स्मृतिमा पुग्नुहुन्थ्यो– ‘युवा हुँदा मान्छे त कति भुटियो कति † म मान्छे यसरी कुट्थेँ कि टाउकोमा हानेपछि टुईटुईं घुम्न थाल्थ्यो ।’
म रक्सी खानै छोडी मग्न भएर उहाँका कुरा मात्रै सुनिरहन्थेँ । उहाँ अझ खोतलीखोतली कहानी सुनाउन थाल्नुहुन्थ्यो, ‘काठमाडौंमा हामी किलागल टोलमा बस्यौँ । अर्कोपट्टि जनवहाल टोल थियो । दुई टोलबीच झगडा परिरहन्थ्यो । बेलाबेला कुटाकुट चल्थ्यो । मलाई हेपेको पटक्कै मन पर्दैन, त्यसैले जनबहालका ठिटाहरूलाई कुट्नेमा जहिल्यै अगाडि हुन्थेँ । किलागल बस्न छोडिसकेपछि एकदिन रक्सी खाएका बेला पुरानो घर जान मन लाग्यो । राति मोटरसाइकल लिएर गएँ । फलैँचामा बसेर केके सोचिरहेको थिएँ, त्यहीँ झकाएछु । राति जनवहाल टोलका केटाहरूले मलाई देखेछन् । ‘नारायणगोपाल रै’छ, यसलाई आज कुट्नुपर्छ है’ भनेको सुनेँ । पाँच–सात जना देखेर अनायासै डर पलायो मनमा । उनीहरूलाई घुरेर हेरेझैँ गरेर भुइँबाट मोटरसाइकलको चाबी टिपेँ । केटाहरूले घेरिसकेका थिए, बीचबाट फुत्त फुत्किएर मोटरसाइकल स्टार्ट गरेको त स्टार्ट नै भएन । मोटरसाइकल ठेल्दै बल्लबल्ल भागेर ज्यान जोगाएँ ।’
टोले केटाहरूसँग मात्र होइन, अन्य गीतकार तथा साहित्यकारहरूसँग पनि बेलाबेला उहाँको झगडा परिरहन्थ्यो । एकपटक अम्बर गुरुङसँग पनि त्यस्तै परेको थियो । गायिका अरुणा लामालाई सहयोग जुटाउन नारायणदाइले ‘अरुणा लामा संगीत साँझ’ नामक कार्यक्रम गर्नुभएको थियो । कार्यक्रमबाट पैसा उठाएर अरुणा लामालाई दिने प्रयोजनले धेरैपटक अम्बर गुरुङको घरमा बसेर छलफल भएको रहेछ । पैसा उठाउने कुरा चल्दा अम्बर गुरुङले ‘मेरो घरमा खाएको चियाको पैसा पनि तिर्नुपर्छ’ भन्नुभएछ । नारायणगोपाललाई त्यो कुराले रिस उठिरहेको रै’छ । तर, कार्यक्रम सोचेजस्तो राम्रो हुन सकेन । पैसा पनि उठेन । अरू साहित्यकारले ‘पैसा उठेन त, के भयो ?’ भनेर सोध्दा नारायणगोपालले ‘अम्बर गुरुङले खायो’ भनिदिनुभयो । यो कुरा सुनेर अम्बर गुरुङ आगो भइहाल्नुभो । सीधै नारायणगोपाललाई भेट्न नाचघर जानुभयो । नारायण दाइले पालेलाई पहिल्यै अह्राउनुभएको रहेछ– ‘अम्बर गुरुङ आए भित्र पस्न नदिनू ।’ अम्बरदाइ पालेलाई ठेलेर जबर्जस्ती नारायणदाइको कोठामा पुगेर हकार्न थाल्नुभो । नारायणगोपाल जंगिनुभयो– ‘के मुखले बाझिराखेको नि †, खेल्ने भए एक्लैएक्लै खेलौँ ।’ अम्बर गुरुङ लुगा फुकालेर कुस्ती खेल्न ठीक पर्नु’भो । अनि हाँक दिनुभो, ‘के सोचेको, म पनि दार्जिलिङको स्यान्डो हुुँ ।’ नारायणगोपाल पनि लुगा फुकाल्न थाल्नु’भो, ‘म पनि टार्जन हुँ ।’ दुवै जना फाइट खेल्न ठीक परेपछि अरू साथी गएर रोकेछन् । यो घटनाको धेरै पछिसम्म पनि नारायणगोपाल र अम्बर गुरुङको बोलचाल भएन ।
यस्ता झगडा त नारायणगोपालका लागि सामान्यजस्तै थिए । कति कलाकारसँग त मर्ने बेलासम्म पनि उहाँको बोलचाल भएन । मलाई थाहा भएसम्म गोपाल योञ्जन, प्रेमध्वज प्रधान, मणिरत्न, राममान तृषितलगायतसँग अन्तिम समयसम्म पनि बोलचाल थिएन उहाँको । २०३८ सालतिरको कुरा, नारायणगोपालको स्वभावबाट रुष्ट तीन संगीतकार मिलेर उहाँलाई कुमारी हलनेर कुट्न थालेछन् । उहाँ कसोकसो भागेर घर पुग्नुभएछ, अनि पुलिसलाई खबर गरिदिनुभएछ । पुलिसले ती संगीतकारलाई पक्रिएको थियो । पछि, छोडिदियो । ती तीनै जना संगीतकार अझै जीवित हुनुहुन्छ ।
सहकर्मीहरूसँग झगडा परिरहे पनि कसले कुन गीतमा राम्रो आवाज, संगीत दिन सक्छ भन्ने मूल्यांकन भने उहाँ गरिरहनुहुन्थ्यो । खुबी पहिचान गर्न सक्ने क्षमता थियो । भक्तराज आचार्यसँग पनि उहाँको बोलचाल थिएन । तर, नाचघरले गरेको एउटा सांस्कृतिक कार्यक्रममा भक्तराजलाई आफैँ बोलाएर गीत गाउन लगाउनुभएको थियो ।
०००
सहकर्मीसँग मात्रै होइन, आफ्ना दर्शक–श्रोतासँग पनि रिसाइदिनुहुन्थ्यो, नारायणदाइ । २०३६ सालतिर रेडियो नेपालले प्रज्ञा प्रतिष्ठानमा ‘सम्झनाको रात’ नामक सांगीतिक कार्यक्रम गरेको थियो । उहाँलाई पनि गाउन बोलाइएको थियो । रेडियो नेपालले त्यहाँ गाएको पैसा दिँदैनथ्यो । गाउनुअघि उहाँले थोरै मन्तव्यका क्रममा ‘रेडियो नेपालले पैसा दिँदैन के गाउनु’ मात्रै के भन्नुभा’थ्यो, हलबाट आवाज आयो– ‘गाउने भए गा । नभए जा †’ यो सुनेर नारायणदाइ मञ्चबाटै बम्किनुथालिहाल्नुभो’– ‘ओइ त्याँ कराउने को ? एक–एक गरेर आइज…†’ सबै दर्शकलाई नारायणदाइले आफूलाई हेपेजस्तो लागेछ । अनि त के थियो, उहाँलाई घेर्न थालिहाले, जोगाउनै मुस्किल पर्यो । हतारहतार पर्दा लगाइयो अनि उहाँलाई गाडीमा चढाएर पठाइहालियो । नारायणदाइलाई उत्तेजनामा ल्याउने गरी त्यसो भन्नेचाहिँ उहाँकै घरबेटीका छोरा दिवाकरनरसिंह राणा रहेछन् ।
एकपटक कीर्तिपुरमा पनि त्यस्तै भयो । सांस्कृतिक कार्यक्रम थियो । नारायणगोपाल दाइ मञ्चमा बसेर ‘माया गर्नेको चोखो माया पनि’ गीत गाउन हार्मोनियम चलाइरहनुभएको थियो । एउटा युवा करायो– ‘नारायणगोपाल आउट †’ यस्तो हुटिङ सुनेर उहाँ सन्किनथालिहाल्नुभो, ‘मलाई नि † आउट ? ल जा, म गाउँदिनँ ।’ उहाँ मञ्च छाडेर हिँडी पनि हाल्नुभो’ ।
यी सबै कुरा नियाल्दा मलाई कहिलेकाहीँ उहाँको जीवन विरोधाभास पनि होजस्तो लागिरहन्छ । कति धेरै मान्छे उहाँको गायकीका फ्यान बनेबने † स्वरसम्राटको उपाधि पनि पाउनुभयो । तर, तिनै नारायणगोपाललाई कार्यक्रममा ‘आउट’ भन्ने दर्शक पनि भेटिए । तर, कुनै पनि व्यक्तिप्रतिको वास्तविक श्रद्धा उसको अन्तिम अवस्थामा झनै स्पष्टसँग प्रकट हुँदो रहेछ । २०४७ साल मंसिर १९ गते नारायणदाइको शवयात्रा थियो । नेपालमा भर्खरै प्रजातन्त्र आएको थियो । प्रहरी अफिसर तथा कलाकार अर्जुनजंग शाही शवयात्रासँगै थिए । पञ्चायतविरुद्धको आन्दोलनमा जनतामाथि दमन गरेको आरोप उनीमाथि लागेको थियो । नारायणगोपालका समर्थकले उनलाई ‘पञ्चायती’ भन्दै नारायणगोपालको शव छुनै दिएनन् । उनी त्यहाँ रहेसम्म शव अघि बढाउनै दिएनन् । अन्तत: उनी हटे, शवयात्रा सुरु भो’ । श्रोताको असंख्या भीड उनलाई अन्तिम बिदाइ गर्न मलामी बनेर पछि लागिरहेको थियो । थुप्रैका आँखा रसाइरहेका थिए । म सम्झिँदै थिएँ– यति धेरै श्रद्धाहरूका बीच कीर्तिपुरमा भनिएको त्यो एउटा ‘आउट’ को के अर्थ र ?
प्रस्तुति : प्रतिमा सिलवाल