चीन सरकारले स्थानीय आदिवासीमाथि अमानवीय व्यवहार देखाउँदै चीनको एक ९
सय वर्ष पूरानो गाउँलाई नदिले घेरिदिएको छ । आधुनिक संरचना निर्माण गर्नका
लागि उक्त गाउँका गाउँलेलाई त्यहाँबाट हटाएर अन्यत्रै सार्ने योजना विफल
भएपछि नजिकैबाट बगेको नदिलाई मोडेर गाउँलाई वरीपरीबाट नदिले घेरिएको हो ।
विकाश परियोजनामा ती आदिवासी गाउँलेहरु बाधक बनेको ठहर गर्दै उनीहरुलाई
त्यहाँबाट हट्न बाध्य पार्न गाउँलाई नदिले घेरिएको बताइएको छ ।

चिनको ग्वांगडोंग प्रान्तस्थित यांग्जीमा स्थानीय गाउँलेहरुसँग मुआब्जा दिएर अन्यत्रै सार्ने वार्ता बिफल भएसँगै यस्तो रणनीति अख्तियार गरिएको हो । गाउँलेहरुले विकाश निर्माणमा आफुहरु बाधक नबन्ने तर त्यसका लागि आफुहरुलाई उचित क्षतिपूर्ति दिइनुपर्ने माग गरेका थिए । तर ठेकेदारहरु भने गाउँलेका मागलाई वेवास्ता गर्दै बुलडोजर लगाएर नदिको बाटो मोडेर गाउँलाई नदिको बीचमा पारिदिए र गाउँ एक टापुजस्तै बन्यो ।
गाउँलाई घेरेको कृत्रिम नदी एक मान्छे गहिरो र त्यसको दोब्बर चौडा छ । साथै सरकारले उक्त गाउँमा विद्युत तथा खानेपानीको आपूर्ति समेत कटौती गर्दा गाउँलेहरु निकै समस्यामा परेका छन् ।

यो गाउँ ९ सय वर्ष भन्दा पूरानो हो । यहाँ १४ सय घरधुरीका ४ हजार गाउँले बसोबास गर्छन् । गाउँलेहरुले सरकारी निरंकुशता विरुद्ध नझुक्ने भन्दै आफुहरुलाई घेर्ने गरी बनाइएको नदीमा पुल हाल्ने योजना बनाएका छन् ।