Sunday, February 17, 2013

मेगा बन्यो पहिलो, जनता दोस्रो, सेन्चुरी अन्तिममा, कमर्ज भयो तेस्रो, सिभिल चौथो स्थानमा रह्यो - bizmandu

पछिल्लो समय आएका पाँच बैंकमध्ये सबैभन्दा राम्रो वासलात मेगा बैंकले बनाएको छ । १४ वटा भिन्नभिन्नै आधारहरुलाई लिएर विजमाण्डूले गरेको विश्लेषणमा मेगा बैंक राम्रो वासलात निकाल्न सफल भएको देखिन्छ । जनता बैंक नेपाल, मेगा बैंक नेपाल, कमर्ज एन्ड ट्रस्ट बैंक, सिभिल बैंक र सेन्चुरी कमर्सियल बैकले सार्वजनिक गरेको पुससम्मको वित्तीय विवरणलाई विश्लेषण गर्दा मेगा बैंकको ‘परफरमेन्स’ राम्रो देखिएको छ ।
विजमाण्डूले बैंकहरुको चुक्ता पुँजी, जगेडा कोष, निक्षेप, कर्जा, खुद व्याज आम्दानी, संभावित जोखिम व्यवस्था, खुद नाफा, पुँजी कोष अनुपात, खराव कर्जा अनुपात, आधार व्याज दर, पुँजी लागत, व्याजको स्प्रेड दर, रिटर्न अन इक्विटी र रिटर्न अन एसेटका आधारमा नयाँ आएका पाँच बैंकको मूल्यांकन गरेको हो । (हेर्नुहोस् बक्स)
दोस्रो नम्बरमा जनता बैंक नेपाल छ, तेस्रोमा कमर्ज एन्ड ट्रस्ट, चौथोमा सिभिल बैंक र पाँचौंमा सेन्चुरी कमर्सियल बैंक छ । यसमध्ये कमर्ज एन्ड ट्रस्ट, मेगा र सेन्चुरीले साधारण सेयर निस्कासन गरिसकेका छैनन् । कमर्जले फागुन ६ गतेबाट सेयर खरिदका लागि सार्वजनिक आह्वान गरेको छ । यो रेटिङ्ग तयार गर्दा १४ शीर्षकमा राम्रो परफर्मेन्सलाई १ नमवर दिइएको छ भने त्यसभन्दा राम्रोलाई २, ३, ४ र ५ अंक दिइएको छ ।

कुन बैंकको कस्तो छ बासलात

विवरण (000) जनता मेगा कमर्ज सिभिल सेन्चुरी
चुक्ता पुँजी 2000000 1631000 1400000 2000000 1080000
जगेडा कोष 131317 237617 79905 65389 102912
निक्षेप 10424658 11826665 8397217 11002099 8161377
कर्जा 10003974 10889714 7860368 9781858 7209318
खुद ब्याज आम्दानी 204731 326044 138016 186599 141379
संभावित जोखिम व्यवस्था 54653 93931 28058 56191 37908
खुद नाफा 70765 83851 41386 33554 25164
पुँजी कोष 18.65 15.26 16.26 18.91 16.35
खराव कर्जा 1.22 1.83 0.32 1.48 0.45
आधार दर 10.29 8.75 10.14 10.91 11.07
पुँजी लागत 7.35 5.16 6.77 7.98 7.39
स्प्रेड दर 2.85 4.92 5.23 3.65
रिटर्न अन इक्विटी 6.66 9.42 5.59 5.38
रिटर्न अन एसेट 1.03 1.19 0.79 0.56

जस्तो जनता बैंक र सिभिलको चुक्ता पुँजी दुई अर्ब पुगेको छ, यी दुवै बैंकलाई १ नम्वर दिइएको छ, सबैभन्दा थोरै सेन्चुरीको छ, सञ्चुरीलाई पाँच अंक दिइएको छ । खराब कर्जा थोरै हुने कमर्ज एण्ड ट्रष्टले १ नम्वर दिइएको छ भने सबैभन्दा बढी मेगा बैंकको छ, त्यसलाई पाँच अंक दिइएको छ । यही अनुपात अनुसार मेगाले सबैभन्दा कम २९ अंक, जनताले ३१ अंक प्राप्त गरेको छ, कमर्ज एण्ड ट्रष्टले ४३ अंक, सिभिल बैंकले ४६ र सेञ्चुरी बैंकले ५८ अंक पाएका छन् ।