Friday, February 8, 2013

६ महिनामै नबिल बैंकको नाफा अर्ब कट्यो, प्रति सेयर आम्दानी ९१ रुपैयाँ, बर्ष अन्तिममा २ अर्ब वढी - bizmandu

नबिल बैंक लिमिटेडले लिने र दिने ब्याजको स्प्रेड दर बढाउँदै विदेशी मुद्राको कारोबारबाट हुने आम्दानी वृद्धि गरेपछि ६ महिनामा नाफा अर्ब नघाएको छ ।
बैंकले अघिल्लो पुसमा जम्मा ६५ करोड ८६ लाख नाफा गरेकोमा यसपाली ६९ प्रतिशतले वढाएर १ अर्ब १२ करोड पुर्याएको छ । बैंकले गत आर्थिक वर्ष १ अब ७९ करोड नाफा गरेको थियो । पुसको अनुपातमा नाफा वृद्धि हुने हो भने वर्ष अन्तिमसम्म बैंकले सवा २ अर्ब नाफा गर्ने देखिन्छ ।
विदेशी साझेदारको पहिलो नेपाली बैंक नबिलले डलर किनबेचबाट २३ करोड रुपैयाँ आम्दानी गरेको छ । बैंकले अघिल्लो वर्ष डुवेकोमध्ये २९ करोड ३८ लाख रुपैयाँ कर्जा उठाएकोे छ । जुन सिधै बैंकको नाफामा जोडिन्छ । तर बैंकले यसपाली कर्जा नउठेका कारण २५ करोड ४३ लाख रुपैयाँ नोक्सानी व्यवस्था शिर्षकमा रकम छुट्याउनु परेको छ । यो रकम अघिल्लो बर्षको भन्दा ३३ प्रतिशत कमै हो ।
नाफामा सबैभन्दा ठूलो योगदान भने स्प्रेड दरले दिएको छ । ४.४४ प्रतिशतको स्प्रेडलाई ४.९८ प्रतिशत पुर्याएपछि नबिलको नाफा अर्ब नाघेको हो ।
बैंकले एक वर्षको अवधिमा निक्षेप ६ प्रतिशतले वढाएपनि ब्याज खर्च भने घटाएका छ । जुन फराकिलो स्प्रेडले सम्भव भएको  हो । बैंकको ब्याज खच सा ३० प्रतिशतले घटेर १ अर्ब १६ करोडमा आएको छ । यो ५० करोडको अन्तर हो ।
बैंकले निक्षेप संकलन ५८ अर्ब ९९ करोड पुर्याएको छ ।  कर्जा लगानीमा ९ प्रतिशत वृद्धि गर्दै ४५ अर्ब ५५ करोड पुर्याएको छ ।
‘सबै सुविधा एउटै छानोबाट’ भन्ने कन्सेप्टमा चलेको नबिलले सानादेखि कर्पोरेट र विदेशी निकायहरुलाई समेत हुने खालको सेवा उपलब्ध गराउँदै आएको छ । युनिभर्सल बैंकिङको अवधारणा अनुसार चलेको नबिल बैंकले लगानीकर्तालाई आकर्षक प्रतिफलसमेत दिँदै आएको छ ।
बैंकले गत वर्षको नाफाबाट ४० प्रतिशत नगद र २० प्रतिशत वोनस सेयर दिएको थियो । बैंकको प्रति सेयर आम्दानी ९१.२९ रुपैयाँ छ । पिइ रेसियो १८.०७ गुणा छ ।

नबिलबाट कुन वर्ष कति पाए लगानीकर्ताले ?


FY cash  share
2968-69 40 20
2067-68 30 0
2066-67 30 40
2065-66 35 50
2064-65 60 40
2063-64 100 40