प्रधानन्यायाधीश
नेतृत्वमा चुनावी सरकार बनाउने दलहरुको सहमतिविरुद्ध नेकपा-माओवादीले
मंगलबार गरेको विरोधसभामा वरिष्ठ पत्रकार युवराज घिमिरेसमेत रातो झण्डामुनि
देखिनुभयो ।
दलहरुको आमसभामा कहिल्यै नदेखिने घिमिरले
बानेश्वर र शान्तिवाटिकामा भएको सभालाई सम्बोधनसमेत गर्नुभयो । ‘मुलुकको
राष्ट्रियता र सर्वभौमसत्तामा विचार मिल्नेहरुसँग मेरो सहमति रहन्छ’
घिमिरेले अनलाइनखबरसँग भन्नुभयो-’ अब १००/५० जनाको फोरममा पनि बोल्नुपर्छ
भन्ने लागेर म गएको हुँ ।’
पत्रकार घिमिरेले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने तयारीलाई अधिनायकवाद संस्थागत गर्न खोजिएको संज्ञा दिनुभयो ।
उहाँले चार दललाई शीतल निवासमा बोलाएर
राष्ट्रपतिले प्रधानन्यायाधीशको नेतृत्वमा सहमति नगरे सबै अध्यादेश पारित
गर्ने धम्की दिएर ब्ल्याकमेलिङ गरेको आरोपसमेत लगाउनुभयो । उहाँले नेपालको
समस्याको समाधान नेपालमा नै खोज्नुपर्नेमा जोड दिनुभयो ।