मेरी आमाले झन्डै एक दशकसम्म क्यान्सरसँग लड्नुभयो र
५९ वर्ष उमेरमा यो संसार छाड्नुभयो । उहाँले आफ्ना केही नातिनातिना त
देख्नुभयो तर सबैलाई देख्न पाउनुभएन । मेरा बालबच्चाले उहाँ कस्तो
हुनुहुन्थ्यो भन्ने अनुभव गर्न पाउने छैनन् ।
हामी प्रायः आफ्नी हजुरआमाबारे कुरा गर्छौं । म भने मेरा बालबच्चालाई त्यो बिमारीबारे बताउने प्रयास गर्छु जसले उहाँलाई हामीबाट चुँडेर लग्यो । मेरा बालबच्चा सोध्छन्, ‘मलाई पनि त्यस्तै त हुन्न ?’
म सधैं उनीहरुलाई भन्छु, चिन्ता नलेऊ । यथार्थ चाहिँ के हो भने मलाई पनि वंशानुगत क्यान्सरको सम्भावना छ ।
मेरा चिकित्सकका अनुसार मलाई स्तन क्यान्सरको ८७ प्रतिशत र पाठेघर क्यान्सरको ५० प्रतिशत सम्भावना छ । जब मैले यो थाहा पाएँ, मैले मेरो खतरा घटाउने निर्णय गरेँ । बचाउका लागि मैले आफ्ना दुवै स्तन काट्ने (म्यास्टेक्टोमी) निर्णय गरेँ जसले मेरो क्यान्सरको खतरा ५ प्रतिशतमा झाथ्र्यो ।
अस्ति अप्रिल २७ मा मैले मेरा दुवै स्तन काटेँ । यो प्रक्रियाका लागि तीन महिना लागेको थियो । यसबीच मैले यो घटनालाई गोप्य राखेँ र आफ्नो काम जारी राखिरहेँ ।
अहिले म यो लेख्दैछु किनभने आशा गर्छु, मेरो अनुभवले अन्य महिलाहरुलाई फाइदा हुनेछ ।
मेरो स्तन काट्ने प्रक्रिया फेब्रुअरी २ मा सुरु भएको थियो । अन्ततः ११ हप्तापछि मेरो शरीरमा कृतिम स्तन राखियो ।
म अन्य महिलाहरुलाई भन्न चाहन्छु, म्यास्टेक्टोमीको निर्णय गर्न सजिलो छैन तर म यो निर्णय लिएकामा धेरै खुसी छु । अब म मेरा बालबच्चालाई भन्न सक्छु, अब स्तन क्यान्सरको कारण तिमीहरुले आमा गुमाउनु पर्दैन ।
उनीहरुले मेरो शरीरमा सानो दाग देख्नेछन्, बस त्यत्ति । अरु सबै सम्झनामा मात्र रहनेछ । मेरा बालबच्चाले थाहा पाउनेछन्, उनकी आमा उनीहरुलाई असाध्यै माया गर्छिन् र उनीहरुका लागि जे पनि गर्न सक्छिन् । म अहिले आफूलाई अरु महिलाभन्दा फरक अनुभव गर्दिन ।
म भाग्यमानी छु, मैले ब्राट पिटजस्तो पति पाएकी छु, एकदमै प्रेमपूर्ण र सहयोगी । पत्नी वा प्रेमिका म्यास्टेक्टोमीबाट गुज्रन लागेका व्यक्तिहरु उनीहरुका लागि एकदमै महत्वपूर्ण हुन्छन् । ब्राड मेरो शल्यक्रिया गरिएको पिंक लोटस ब्रेस्ट सेन्टरमा प्रत्येक क्षण मसँगै थिए । हामी खुसी हुन्थ्यौं । हामीलाई थाहा थियो, हाम्रो परिवारको लागि यो सही निर्णय थियो ।
यो पढिरहेका महिलालाई म भन्न चाहन्छु, हामीसँग विकल्प हुन्छन् । खासगरी स्तन क्यान्सर र पाठेघर क्यान्सरको पारिवारिक इतिहास भएका सबै महिलालाई म प्रेरित गर्न चाहन्छु, तपाईं आफ्नो चिकित्सकसँग सल्लाह गर्नुस् र तपाईंका विकल्पहरुमाथि विचार गर्नुस् ।
विश्व स्वास्थ्य संगठनका अनुसार स्तन क्यान्सरले वर्षमा ४ लाख ५८ हजार ज्यान जान्छ, खासगरी अविकसित र अल्पविकसित मुलुकहरुमा । जिन टेस्ट र जीवनदायी उपचार सुविधा संसारभरिका सबै महिलाले पाउनुपर्छ भन्ने प्राथमिकतामा पर्नुपर्छ । जिन टेस्ट गर्न अमेरिकामा ३ हजार डलर लाग्छ जुन अधिकांश महिलाका लागि सम्भव छैन ।
म मेरो घटना लुकाउन चाहन्न किनभने धेरै महिलालाई थाहा नहुन सक्छ, उनीहरु क्यान्सरको छायाँमा छन् । आशा छ, उनीहरुले पनि जिन टेस्टको मौका पाउनेछन् र उच्च खतरामा छन् भने मेरोजस्तै धेरै विकल्प छन् भन्ने थाहा पाउनेछन् ।
जीवन धेरै चुनौतीहरुसहित आउँछ । नियन्त्रणमा लिन सक्ने र स्वीकार गर्नसक्ने चुनौतीमा हामीले डराउनु हुँदैन ।
(विख्यात अभिनेत्री जोलीले न्युयोर्क टाइम्समा लेखेको लेखको अंश)