आजभन्दा सय वर्षअघिको नेपाली समाज कस्तो
थियो होला ? विशेष गरी त्यतिबेलाको ब्राह्मण समाजमा रहेको सतीप्रथा, बाल
विवाह, अनमेल विवाह एवं अन्य सामाजिक परम्पराको यथार्थ शब्द-चित्र
साहित्यकार कृष्ण धराबासीको ‘झोला’ कथामा पढ्न पाइन्छ । तर, धराबासीको उक्त
शाब्दिक व्याख्यालाई भर्खरै छायांकन गरिएको झोला चलचित्रमा हुबहु उतार्न
खोजिएको छ ।
झोलामार्फत् देखाउन खोजिएका सय सय वर्ष
पहिलेका केही दृश्यहरु अनलाइनखबरले फेला पारेको छ । यी दृश्य हेर्दा लाग्छ,
अहिलेका पात्रले एक शताब्दी अघिको नेपाली समाजलाई अभिव्यक्त गर्न
खोजिरहेका छन् । हेरौं ‘झोला’को छायांकनका केही दृश्य :