हरेक
बिहानीले दिनको सही संकेत गर्छ भन्ने कुनै ग्यारेन्टी छैन । यदि हुन्थ्यो
भने, प्रदीप गिरी बक्सर वा डन हुनुपर्ने । उनी केटाकेटीमा अति नै
'उत्ताउलो' र 'अराजक' थिए । तर, देशको सबैभन्दा चर्चित बौद्विक र दार्शनिक
नेता कहलिन पुगे ।
'पढाउने शिक्षकले कहिल्यै उनलाई एकोहोरो पिट्न पाएनन्, शिक्षकको हरेक थप्पड मैले गनेर फर्काएँ,' गिरी भन्छन्, 'एक-दुईपटक गालामा औँलाका छाप परेपछि शिक्षकहरू आफैँ पछि हटे ।'
नातागोतामा पर्ने थुप्रै जोगी थिए । थरका मात्र होइन, साँच्चैका जोगी । काका पर्ने रन्दीप गिरी, मामा पर्ने मणिराम गिरी यिनमा खास थिए । कारण, यिनले सुनाउने कथा गजब र जीवनशैली पनि आकर्षक लाग्थ्यो । उनीहरूका संगतमा आएका कुनै जोगीले त ईश्वर देखाउने दावासमेत गर्थे । गाउँमा मन्दिर थियो, जसले जोगीलाई तान्थ्यो । मन्दिरमा प्रदीप गिरी स्वस्थानीको कथा सुन्थे र गोमा ब्राह्मणीको दुःखको अध्यायमा हरेक वर्षजस्तो नियमित रुन्थे । रामलीला, अभिमन्यु, सत्यहरीश्चन्द्रका नाटकको अहिले पनि सम्झना छ । नाटक र धार्मिक कथाले कलिलो मनमै भरिदिएको करुणा अहिले पनि कहिलेकाहीँ फिल्म हेर्दा छल्किन्छ ।
'के कति कारणले हो कुन्नि, जोगीहरूप्रति मेरो ठूलो आकर्षण थियो,' तर्क र विचारका लागि प्रख्यात नेतासँग आफ्नो त्यो स्वभावका विषयमा भने कुनै तर्क छैन । गाउँमा आएको कुनै एउटा कच्चा ज्योतिषले उनकी आमालाई 'यो बच्चा जोगी हुन्छ' भनिदिएछ । ज्यातिषको भविष्यवाणीलाई झुटो साबित गरे पनि उनी भारतका सबै ठूला आश्रम पुगे । चाहे त्यो पन्डीचरीको अरविन्द आश्रम होस्, कन्याकुमारीको विवेकानन्द आश्रम या मुंगेरको योगपीठ ।
वनारस जाँदा उनी सारनाथ नपुगी र्फकन्नन् । जोगीको के कुराले लोभ्याउँछ थाहा छैन । 'अवचेतन मनको गाँठो हुनुपर्छ । तर, मलाई धर्म र अध्यात्मले जीवनलाई सतत् सम्बोधन गरेजस्तो लाग्छ । जीवन, मृत्यु र प्रेमजस्ता प्रश्नसँग साक्षात्कार नगरेको मान्छेको जीवन अर्थपूर्ण हुन्न । मेरो आकुलता र आकर्षण यस्तै प्रश्नमा छ,' उनी भन्छन्, 'मैले सधैँ जीवनलाई एक जिज्ञासु वा प्रश्नकर्ताका दृष्टिबाट हेरेको छु ।'
उनको जीवनका सबैभन्दा उर्बर र उत्साहप्रद समय जेल र प्रवासमा बिते । कहिले विचारका कारण त कहिले दशकौँ पुरानो प्रेमप्रसंगका कारणसमेत उनी चर्चामा रहे । फकिरको जस्तो एउटा मनमौजी जीवनलाई फर्केर हेर्दा कुनै गुनासोको डोब भेटिँदैन । ढिलो-चाँडो राजनीतिबाट टाढिने संकल्प छ र सिरहाको पुर्खौली गाउँमा आश्रमको पूर्वाधार बनाइसकेका छन् । पछि त्यही नै बस्ने अरे Û
त ? बिहानै कार्यकर्ता र जिज्ञासुका प्रश्नको जुलुस घरभित्र छिर्दैन ? प्रदीप गिरीलाई यसको प्रवाह छैन । उनी भन्छन्, 'म राति १२ वा एक बजे भन्दाअघि सुत्न सक्दिनँ । कहिलेकाहीँ त तीन पनि बज्छ ।' यो ढिलो उठ्नुको कारण हो । त्यसो त, अबेर सुत्ने बानी आज लागेको होइन । 'सबै सहपाठी सुतेपछि लाल्टिन बालेर, एउटा होइन दुईवटा लाल्टिन बालेर म पढिरहन्थेँ । हाइस्कुल पास नगर्दै रामायण, महाभारत र भागवत् पुराणको भाषानुवाद पढिसकेको थिएँ,' उनी पुराना दिनमा फर्किए । सामान्यतः सुत्नुअघिको समय पढ्ने समय हुन्छ । प्रदीप गिरी पनि राति पढ्छन् । तर, कुनै गम्भीर राजनीतिक किताब होइन । 'रातिको समय म साहित्य पढ्न, सिनेमा हेर्न र संगीत सुन्न मन पराउँछु,' उनले भने ।
देशले मानेका यी पढैयाको पुस्तकमाथिको रुचि के छ त ? 'म एकसाथ चार-पाँच किताब थाल्छु । पट्यार लागेको समय कुनै रोचक उपन्यास वा जीवनी पढ्छु,' यो उनको पढ्ने बानी हो । पहिल्यै पढिसकेको 'अन्ना करेनिना' उनी अहिले फेरि पल्टाउँदै छन् । बितेका केही महिनामा उनले 'गन विद द विन्ड' फेरि पढे । 'यसको अन्त रहस्यमय छ, पुस्तकको अन्त्य नै भएको छैन भने हुन्छ । लामो समयको तानातानीपछि बिहे गर्न पुगेका रेड बटलर र स्कार्लेटलाई अन्त्यमा फेरि छुट्याएको देखाउँछ,' उनले पुस्तकको एकसरो समीक्षा गरे । उनी राजनीतिका काम नलाग्ने भनिएका पुस्तक पनि मनग्गे पढ्छन् । जसमा ज्यादातर मृत्यु, अहंकार, प्रेम, सेक्सबारे पुस्तक छन् ।
पछिल्लो समय उनले पढेका राजनीतिक पुस्तकमा चिनियाँ क्रान्तिका विषयमा लेखिएका र पछिल्ला दुई वर्षमा छापिएका 'अननोन माओ' देखि 'लङ मार्च'सम्मका छन् । उनलाई चीनको कम्युनिस्ट क्रान्तिलाई अझ गहिरिएर पढ्नुपर्छ भन्ने लाग्छ । यसमा च्याङ चिङको जीवनी, सांस्कृतिक क्रान्तिको विषयमा केन्दि्रत भएर लेखिएका ग्रन्थहरू छन् । अहिले उनी तिनै ग्रन्थ हेर्दै छन् । 'पहिले चिनियाँ क्रान्तिलाई एडगर स्नोको 'रेडस्टार ओभर चाइना'बाट बुझेको हो,' उनको स्पस्टोक्ति छ, 'अहिले सांस्कृतिक क्रान्तिका पक्ष र विपक्षमा रहेका पुस्तक जम्मा गरेको छु ।' भारत-पाक विभाजनका विषयमा लेखिएका पुस्तकको पनि उनीसँग ठूलै संकलन छ ।
उनी किताबको विषय र प्रकार छुट्टयाएर पढ्दैनन् । हिन्दीका सस्ता उपन्यासदेखि प्रेम र काम विषयक पुस्तक पनि पढ्छन् । 'कतिपटक म समसामयिक विद्यार्थी र युवाले के पढ्दा रहेछन् भन्ने जान्न उनीहरूले पढ्ने गरेका कथा, कविता, कमिक्स पनि पढ्छु,' उनले भने । किताबबाट समाज बुभ\mने यो उनको एउटा तरिका हो । कमिक्ससमेत पढ्ने यी नेताका 'फेबरेट' हिरो 'टिनटिन' हुन् । उनको निजी संकलनमा अहिले धेरै किताब छैनन् । 'म केहीबाहेक धेरै पुस्तक पढिसकेपछि बाँडिदिन्छु । यसैले मेरो त्यति ठूलो संकलन बन्न सकेको छैन,' उनी भन्छन् । तर, पनि दुई-तीन हजारभन्दा बढी किताब उनीसँग छन् ।
उनी वेलाबखत दिल्ली गइरहन्छन् । दिल्लीमा उनको 'फेबरेट डेस्टिनेसन' हो- दरियागन्जको आइतबारे किताब हाट । 'म सकेसम्म सस्तो किताब खोज्छु,' त्यहाँ पुग्ने कारण यस्तो छ । के कुनै दिल्ली जाने नेता 'सेकेन्ड ह्यान्ड' किताब बजारमा हराएर बस्ला भनेर कसैले पत्याउला ? 'म राजनीतिक कामले जान्छु भन्ने काठमाडौंंतिर हल्ला छ । त्यो रहिरहोस्,' उनले काठमाडौंलाई व्यंग्य गरे । उनी दिल्लीमा नेहरु म्युजियम र जवाहरलाल विश्वविद्यालयको पुस्तकालयका पनि नियमित पाठक हुन् । 'त्यहाँ राम्रा किताब र सस्तो फोटोकपीको सुविधा एकसाथ पाइन्छ,' उनले भने ।
फर्केर हेर्दा त्यो पीडाले पनि आफू अझ बढ्ता आध्यात्मिक सिँढी उक्लेको देख्छन् । राजनीतिमा पनि कुनै अवसर गुमेको पछुतोभन्दा बढी गुमेको अवसरको पछि थाहा पाइने उज्यालो पक्षले उनलाई आनन्दित बनाउँछ । उनी भन्छन्, 'मानिसलाई जिन्दगीमा के-कस्तो विपत्ति पर्छ, त्यो ठूलो कुरा होइन । मानिसले त्यसलाई कसरी ग्रहण गर्छ, त्यो ठूलो कुरा हो ।' आफ्नो अतीत र वर्तमानलाई स्वीकार गर्न आफू तयार रहेको उनले बताए ।
'प्रेममा सफलता र असफलता दुवै हुँदो रहेनछ । तपाईंको काम मात्र प्रेम गर्ने हो, प्रतिदान वा प्रत्युत्तर खोज्नु तपाईंको मूर्खता हो,' उनले कुनै 'वान साइडेड' प्रेमीको जस्तो दर्शन सुरु गरे । अक्सर शारीरिक आकर्षणलाई प्रेम ठानिएको उनले भेटेका छन् । उनी भन्छन्, 'कतिपटक प्रेम एकांकीपनलाई पराजित गर्ने एउटा अभ्यास हुन्छ । अन्य अनेकानेक भाव पनि प्रेमका गहन रूपमा प्रकट भएर धोका दिन्छन् । गहिरिएर बुझ्ने हो भने प्रेम साँच्चै बुझ्नै नसकिने अनुभूतिको संज्ञा हो ।' दर्शनका पछाडि तर्क पनि जोडदार छ । उनी आफूलाई जबर्जस्त प्रेमी सम्झन्छन् । भन्छन्, 'तर, मेरो प्रेमले प्रतिदानको अब अपेक्षा राख्दैन ।' अब यो उमेरमा त झन् के अपेक्षा होला र Û 'प्रेम र यौनको गहिरो सम्बन्ध छ, तर ती एक-अर्काका पर्याय होइनन्,' उनका हरेक वाक्य सूक्तिजस्ता लाग्छन् ।
जीवनमा कतिसँग प्रेम गरियो झट्ट उनी भन्दैनन् । उनका रहस्यमयी प्रेमप्रसंग राजनीतिक मैदानमा अझै पनि चर्चित छन् । तर, उनी आफैँ भने प्रेमिकाका विषयमा भन्न चाहन्नन् । बरु, यो प्रसंगकै बिट मार्ने नियतले सुरुमै भन्छन्, 'मैले मनपरी प्रेम गरिनँ । जति गरेँ, गम्भीरताका साथ गरँे । प्रतिदान नभए पनि पुग्नेरहेछ भन्ने आजको मेरो समझ हो । तर, मैले प्रेम गरेका पात्रले प्रशस्त प्रतिदान पनि दिए । म ती सबैको ऋणी छु ।' उनले प्रेमका विषयमा बताउन नचाहनुको कारण पनि खोले, केही उदाहरणसहित । समाजमा बाहिर आएका प्रेमप्रसंगले महिलालाई असजिलो पार्छ भन्ने तर्क झिके । 'म भारती सिलवालबाहेक अरूको नाम लिन सक्दिनँ । म उनलाई आज पनि प्रेम गर्छु, यसैले उनको नाम लिनसक्छु,' उनले भनेँ । जिस्कँदै थपे, 'प्रेम गर्ने इष्र्यालु हुन्छन्, उनका डरले पनि अरू नाम लिइहाल्न मिलेन ।'
प्रेम के हो ? यो दुनियाँ यताको उता बनाउन सक्ने सवाल हो । तर, प्रदीप गिरीसँग यसको सहज उत्तर छ, 'प्रेम स्वभाव हो ।' मानिस प्रेमी हो वा होइन, यसको निर्णय उसको स्वभावले गर्छ भन्छन् । 'प्रेममा परेको छु भन्ने सोच्ने अधिकांशलाई प्रेमको अर्थ थाहा हुन्न । उनीहरू त्यस घडीको आवेग वा आवेशलाई प्रेम सम्झने भुल गर्छन्,' फैसला सुनाएसरी उनी भन्छन्, 'प्रेमका निम्ति प्रयास गर्नुपर्छ । त्यो स्वतः हुन्न । स्वतः हुने वासना हो, आकर्षण हो ।' दुनियाँका प्रेमीहरू हो, यो गुरुमन्त्र टिपिराखे राम्रो होला ।
अहिलेका नयाँ प्रेमीहरूको 'फास्टफुड' प्रेम दैनिक आकर्षण मात्रै हो, प्रेम होइन भन्ने उनको धारणा छ । 'सृष्टि प्रजनन्ले नै चल्छ । प्रजनन्को खाँचोलाई प्रेम भन्नु नासमझ हो,' उनले मानव स्वभावको विश्लेषण गरे । यो दायराबाट आफूलाई पनि मुक्त गरेनन्, 'किशोरावस्थामा मलाई पनि यस्तै भयो । तर, त्यो प्रेम थिएन ।' आफ्नै मूल्यांकन गर्दा उनले आफ्नाप्रति पनि कुनै दयाको भाव देखाएनन् । किन ? 'त्यो प्रेममा धैर्य थिएन, समझदारी र अभ्यास थिएन । त्यस्ता गुणका अभावमा प्रेम हुन्न,' उनका हरेक जवाफमा तर्कको भण्डार हुन्छ । समाजले प्रेमका विषयमा मौन रहनुलाई उनी अनुदार विश्लेषण मान्दैनन्, बरु यसलाई आजको एक आवश्यकता मान्छन् । उनी भन्छन्, 'आत्मपरिचय नभएको मानिसले प्रेम गर्छु भन्नु आत्मप्रवचना हो ।' सबै प्रेमीले यो कसीमा आफूलाई तौलिने हो कि Û
फिल्ममा पनि उनको रुचि फरक छ । पछिल्ला केही महिनामा उनले स्विडेनका फिल्मकार इंगमार बर्गम्यानको 'वाइल्ड स्ट्रवेरिज' र भित्तेरियो डे सिकाको 'बाइसाइकल थिफ' पुनः हेरे । यी उनलाई निकै मनपरेका फिल्म हुन् । यस्तै, इटालीकी अभिनेत्री सोफिया लरेनले अभिनय गरेका फिल्म पनि उनलाई खास मन परेका छन् । भारतमा उनलाई नर्गिस र दिलीपकुमार मन पर्छन् । यी दुईले खेलेको फिल्म 'जोगन' उनलाई निकै मन परेको थियो । आफूले पढेका उपन्यासमा बनेका फिल्म हेर्दा अहिलेसम्म सन्तुष्ट हुनसकेका छैनन् । चाहे त्यो, दशवटा ओस्कार जितेको 'गन विद द विन्ड' होस् या नेपालको चर्चित फिल्म- वासुदेव । 'वासुदेवभन्दा कट्टेल सरको चोटपटक नै राम्रो कृति थियो,' उनी भन्छन् ।
भारतका समाजवादी नेता डा. राममनोहर लोहियाका विषयमा कतै लेखिएको छ, 'लोहियाको आधा जीवन रेलमा र आधा जेलमा बित्यो ।' प्रदीप गिरीको जीवन अहिलेसम्म कसरी बित्यो होला ? 'मैले जिन्दगीलाई खास गम्भीरतापूर्वक लिएको छैन । मेरो जीवन मनमौजी किसिमको हो । जतिवेला पायो सुत्छु वा उठ्छु । तर, मेरा सार्थक वर्ष जेल र प्रवासमा बितेका छन्,' उनले भने । यसपछिको निकै ठूलो समय पुस्तक, सिनेमा, कविता र संगीतमा बिताएको पनि उनले बताए । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा उनी ६ महिनाका लागि व्याख्याता थिए । नेपाली भाषा र राजनीतिमा शोध गर्नेलाई 'गाइड' गर्ने जिम्मेवारी थियो । तर, इन्दिरा गान्धीको इमर्जेन्सीले जेपीका 'फ्यान'को जागिर चट्काइदियो । जुन, उनको पहिलो र आखिरी जागिर थियो ।
'पढाउने शिक्षकले कहिल्यै उनलाई एकोहोरो पिट्न पाएनन्, शिक्षकको हरेक थप्पड मैले गनेर फर्काएँ,' गिरी भन्छन्, 'एक-दुईपटक गालामा औँलाका छाप परेपछि शिक्षकहरू आफैँ पछि हटे ।'
नातागोतामा पर्ने थुप्रै जोगी थिए । थरका मात्र होइन, साँच्चैका जोगी । काका पर्ने रन्दीप गिरी, मामा पर्ने मणिराम गिरी यिनमा खास थिए । कारण, यिनले सुनाउने कथा गजब र जीवनशैली पनि आकर्षक लाग्थ्यो । उनीहरूका संगतमा आएका कुनै जोगीले त ईश्वर देखाउने दावासमेत गर्थे । गाउँमा मन्दिर थियो, जसले जोगीलाई तान्थ्यो । मन्दिरमा प्रदीप गिरी स्वस्थानीको कथा सुन्थे र गोमा ब्राह्मणीको दुःखको अध्यायमा हरेक वर्षजस्तो नियमित रुन्थे । रामलीला, अभिमन्यु, सत्यहरीश्चन्द्रका नाटकको अहिले पनि सम्झना छ । नाटक र धार्मिक कथाले कलिलो मनमै भरिदिएको करुणा अहिले पनि कहिलेकाहीँ फिल्म हेर्दा छल्किन्छ ।
'के कति कारणले हो कुन्नि, जोगीहरूप्रति मेरो ठूलो आकर्षण थियो,' तर्क र विचारका लागि प्रख्यात नेतासँग आफ्नो त्यो स्वभावका विषयमा भने कुनै तर्क छैन । गाउँमा आएको कुनै एउटा कच्चा ज्योतिषले उनकी आमालाई 'यो बच्चा जोगी हुन्छ' भनिदिएछ । ज्यातिषको भविष्यवाणीलाई झुटो साबित गरे पनि उनी भारतका सबै ठूला आश्रम पुगे । चाहे त्यो पन्डीचरीको अरविन्द आश्रम होस्, कन्याकुमारीको विवेकानन्द आश्रम या मुंगेरको योगपीठ ।
वनारस जाँदा उनी सारनाथ नपुगी र्फकन्नन् । जोगीको के कुराले लोभ्याउँछ थाहा छैन । 'अवचेतन मनको गाँठो हुनुपर्छ । तर, मलाई धर्म र अध्यात्मले जीवनलाई सतत् सम्बोधन गरेजस्तो लाग्छ । जीवन, मृत्यु र प्रेमजस्ता प्रश्नसँग साक्षात्कार नगरेको मान्छेको जीवन अर्थपूर्ण हुन्न । मेरो आकुलता र आकर्षण यस्तै प्रश्नमा छ,' उनी भन्छन्, 'मैले सधैँ जीवनलाई एक जिज्ञासु वा प्रश्नकर्ताका दृष्टिबाट हेरेको छु ।'
उनको जीवनका सबैभन्दा उर्बर र उत्साहप्रद समय जेल र प्रवासमा बिते । कहिले विचारका कारण त कहिले दशकौँ पुरानो प्रेमप्रसंगका कारणसमेत उनी चर्चामा रहे । फकिरको जस्तो एउटा मनमौजी जीवनलाई फर्केर हेर्दा कुनै गुनासोको डोब भेटिँदैन । ढिलो-चाँडो राजनीतिबाट टाढिने संकल्प छ र सिरहाको पुर्खौली गाउँमा आश्रमको पूर्वाधार बनाइसकेका छन् । पछि त्यही नै बस्ने अरे Û
जीवनशैली
उठ्ने कुनै नियमित समय छैन । धेरैजसो बिहान ८ बजेतिर उनका आँखा खुल्छन् । यति ढिलोसम्म सुतेर राजनीति चल्छत ? बिहानै कार्यकर्ता र जिज्ञासुका प्रश्नको जुलुस घरभित्र छिर्दैन ? प्रदीप गिरीलाई यसको प्रवाह छैन । उनी भन्छन्, 'म राति १२ वा एक बजे भन्दाअघि सुत्न सक्दिनँ । कहिलेकाहीँ त तीन पनि बज्छ ।' यो ढिलो उठ्नुको कारण हो । त्यसो त, अबेर सुत्ने बानी आज लागेको होइन । 'सबै सहपाठी सुतेपछि लाल्टिन बालेर, एउटा होइन दुईवटा लाल्टिन बालेर म पढिरहन्थेँ । हाइस्कुल पास नगर्दै रामायण, महाभारत र भागवत् पुराणको भाषानुवाद पढिसकेको थिएँ,' उनी पुराना दिनमा फर्किए । सामान्यतः सुत्नुअघिको समय पढ्ने समय हुन्छ । प्रदीप गिरी पनि राति पढ्छन् । तर, कुनै गम्भीर राजनीतिक किताब होइन । 'रातिको समय म साहित्य पढ्न, सिनेमा हेर्न र संगीत सुन्न मन पराउँछु,' उनले भने ।
देशले मानेका यी पढैयाको पुस्तकमाथिको रुचि के छ त ? 'म एकसाथ चार-पाँच किताब थाल्छु । पट्यार लागेको समय कुनै रोचक उपन्यास वा जीवनी पढ्छु,' यो उनको पढ्ने बानी हो । पहिल्यै पढिसकेको 'अन्ना करेनिना' उनी अहिले फेरि पल्टाउँदै छन् । बितेका केही महिनामा उनले 'गन विद द विन्ड' फेरि पढे । 'यसको अन्त रहस्यमय छ, पुस्तकको अन्त्य नै भएको छैन भने हुन्छ । लामो समयको तानातानीपछि बिहे गर्न पुगेका रेड बटलर र स्कार्लेटलाई अन्त्यमा फेरि छुट्याएको देखाउँछ,' उनले पुस्तकको एकसरो समीक्षा गरे । उनी राजनीतिका काम नलाग्ने भनिएका पुस्तक पनि मनग्गे पढ्छन् । जसमा ज्यादातर मृत्यु, अहंकार, प्रेम, सेक्सबारे पुस्तक छन् ।
पछिल्लो समय उनले पढेका राजनीतिक पुस्तकमा चिनियाँ क्रान्तिका विषयमा लेखिएका र पछिल्ला दुई वर्षमा छापिएका 'अननोन माओ' देखि 'लङ मार्च'सम्मका छन् । उनलाई चीनको कम्युनिस्ट क्रान्तिलाई अझ गहिरिएर पढ्नुपर्छ भन्ने लाग्छ । यसमा च्याङ चिङको जीवनी, सांस्कृतिक क्रान्तिको विषयमा केन्दि्रत भएर लेखिएका ग्रन्थहरू छन् । अहिले उनी तिनै ग्रन्थ हेर्दै छन् । 'पहिले चिनियाँ क्रान्तिलाई एडगर स्नोको 'रेडस्टार ओभर चाइना'बाट बुझेको हो,' उनको स्पस्टोक्ति छ, 'अहिले सांस्कृतिक क्रान्तिका पक्ष र विपक्षमा रहेका पुस्तक जम्मा गरेको छु ।' भारत-पाक विभाजनका विषयमा लेखिएका पुस्तकको पनि उनीसँग ठूलै संकलन छ ।
उनी किताबको विषय र प्रकार छुट्टयाएर पढ्दैनन् । हिन्दीका सस्ता उपन्यासदेखि प्रेम र काम विषयक पुस्तक पनि पढ्छन् । 'कतिपटक म समसामयिक विद्यार्थी र युवाले के पढ्दा रहेछन् भन्ने जान्न उनीहरूले पढ्ने गरेका कथा, कविता, कमिक्स पनि पढ्छु,' उनले भने । किताबबाट समाज बुभ\mने यो उनको एउटा तरिका हो । कमिक्ससमेत पढ्ने यी नेताका 'फेबरेट' हिरो 'टिनटिन' हुन् । उनको निजी संकलनमा अहिले धेरै किताब छैनन् । 'म केहीबाहेक धेरै पुस्तक पढिसकेपछि बाँडिदिन्छु । यसैले मेरो त्यति ठूलो संकलन बन्न सकेको छैन,' उनी भन्छन् । तर, पनि दुई-तीन हजारभन्दा बढी किताब उनीसँग छन् ।
उनी वेलाबखत दिल्ली गइरहन्छन् । दिल्लीमा उनको 'फेबरेट डेस्टिनेसन' हो- दरियागन्जको आइतबारे किताब हाट । 'म सकेसम्म सस्तो किताब खोज्छु,' त्यहाँ पुग्ने कारण यस्तो छ । के कुनै दिल्ली जाने नेता 'सेकेन्ड ह्यान्ड' किताब बजारमा हराएर बस्ला भनेर कसैले पत्याउला ? 'म राजनीतिक कामले जान्छु भन्ने काठमाडौंंतिर हल्ला छ । त्यो रहिरहोस्,' उनले काठमाडौंलाई व्यंग्य गरे । उनी दिल्लीमा नेहरु म्युजियम र जवाहरलाल विश्वविद्यालयको पुस्तकालयका पनि नियमित पाठक हुन् । 'त्यहाँ राम्रा किताब र सस्तो फोटोकपीको सुविधा एकसाथ पाइन्छ,' उनले भने ।
प्रेम-प्रसंग
कुनै वेला यिनको मन पनि पिरोलियो । 'प्रेममा बिछोड हुँदा पागलै हुँलाजस्तो पनि भयो,' उनी भन्छन्, 'आज पनि प्रेमीहरूलाई यस्तै हुन्छ होला ।'फर्केर हेर्दा त्यो पीडाले पनि आफू अझ बढ्ता आध्यात्मिक सिँढी उक्लेको देख्छन् । राजनीतिमा पनि कुनै अवसर गुमेको पछुतोभन्दा बढी गुमेको अवसरको पछि थाहा पाइने उज्यालो पक्षले उनलाई आनन्दित बनाउँछ । उनी भन्छन्, 'मानिसलाई जिन्दगीमा के-कस्तो विपत्ति पर्छ, त्यो ठूलो कुरा होइन । मानिसले त्यसलाई कसरी ग्रहण गर्छ, त्यो ठूलो कुरा हो ।' आफ्नो अतीत र वर्तमानलाई स्वीकार गर्न आफू तयार रहेको उनले बताए ।
'प्रेममा सफलता र असफलता दुवै हुँदो रहेनछ । तपाईंको काम मात्र प्रेम गर्ने हो, प्रतिदान वा प्रत्युत्तर खोज्नु तपाईंको मूर्खता हो,' उनले कुनै 'वान साइडेड' प्रेमीको जस्तो दर्शन सुरु गरे । अक्सर शारीरिक आकर्षणलाई प्रेम ठानिएको उनले भेटेका छन् । उनी भन्छन्, 'कतिपटक प्रेम एकांकीपनलाई पराजित गर्ने एउटा अभ्यास हुन्छ । अन्य अनेकानेक भाव पनि प्रेमका गहन रूपमा प्रकट भएर धोका दिन्छन् । गहिरिएर बुझ्ने हो भने प्रेम साँच्चै बुझ्नै नसकिने अनुभूतिको संज्ञा हो ।' दर्शनका पछाडि तर्क पनि जोडदार छ । उनी आफूलाई जबर्जस्त प्रेमी सम्झन्छन् । भन्छन्, 'तर, मेरो प्रेमले प्रतिदानको अब अपेक्षा राख्दैन ।' अब यो उमेरमा त झन् के अपेक्षा होला र Û 'प्रेम र यौनको गहिरो सम्बन्ध छ, तर ती एक-अर्काका पर्याय होइनन्,' उनका हरेक वाक्य सूक्तिजस्ता लाग्छन् ।
जीवनमा कतिसँग प्रेम गरियो झट्ट उनी भन्दैनन् । उनका रहस्यमयी प्रेमप्रसंग राजनीतिक मैदानमा अझै पनि चर्चित छन् । तर, उनी आफैँ भने प्रेमिकाका विषयमा भन्न चाहन्नन् । बरु, यो प्रसंगकै बिट मार्ने नियतले सुरुमै भन्छन्, 'मैले मनपरी प्रेम गरिनँ । जति गरेँ, गम्भीरताका साथ गरँे । प्रतिदान नभए पनि पुग्नेरहेछ भन्ने आजको मेरो समझ हो । तर, मैले प्रेम गरेका पात्रले प्रशस्त प्रतिदान पनि दिए । म ती सबैको ऋणी छु ।' उनले प्रेमका विषयमा बताउन नचाहनुको कारण पनि खोले, केही उदाहरणसहित । समाजमा बाहिर आएका प्रेमप्रसंगले महिलालाई असजिलो पार्छ भन्ने तर्क झिके । 'म भारती सिलवालबाहेक अरूको नाम लिन सक्दिनँ । म उनलाई आज पनि प्रेम गर्छु, यसैले उनको नाम लिनसक्छु,' उनले भनेँ । जिस्कँदै थपे, 'प्रेम गर्ने इष्र्यालु हुन्छन्, उनका डरले पनि अरू नाम लिइहाल्न मिलेन ।'
प्रेम के हो ? यो दुनियाँ यताको उता बनाउन सक्ने सवाल हो । तर, प्रदीप गिरीसँग यसको सहज उत्तर छ, 'प्रेम स्वभाव हो ।' मानिस प्रेमी हो वा होइन, यसको निर्णय उसको स्वभावले गर्छ भन्छन् । 'प्रेममा परेको छु भन्ने सोच्ने अधिकांशलाई प्रेमको अर्थ थाहा हुन्न । उनीहरू त्यस घडीको आवेग वा आवेशलाई प्रेम सम्झने भुल गर्छन्,' फैसला सुनाएसरी उनी भन्छन्, 'प्रेमका निम्ति प्रयास गर्नुपर्छ । त्यो स्वतः हुन्न । स्वतः हुने वासना हो, आकर्षण हो ।' दुनियाँका प्रेमीहरू हो, यो गुरुमन्त्र टिपिराखे राम्रो होला ।
अहिलेका नयाँ प्रेमीहरूको 'फास्टफुड' प्रेम दैनिक आकर्षण मात्रै हो, प्रेम होइन भन्ने उनको धारणा छ । 'सृष्टि प्रजनन्ले नै चल्छ । प्रजनन्को खाँचोलाई प्रेम भन्नु नासमझ हो,' उनले मानव स्वभावको विश्लेषण गरे । यो दायराबाट आफूलाई पनि मुक्त गरेनन्, 'किशोरावस्थामा मलाई पनि यस्तै भयो । तर, त्यो प्रेम थिएन ।' आफ्नै मूल्यांकन गर्दा उनले आफ्नाप्रति पनि कुनै दयाको भाव देखाएनन् । किन ? 'त्यो प्रेममा धैर्य थिएन, समझदारी र अभ्यास थिएन । त्यस्ता गुणका अभावमा प्रेम हुन्न,' उनका हरेक जवाफमा तर्कको भण्डार हुन्छ । समाजले प्रेमका विषयमा मौन रहनुलाई उनी अनुदार विश्लेषण मान्दैनन्, बरु यसलाई आजको एक आवश्यकता मान्छन् । उनी भन्छन्, 'आत्मपरिचय नभएको मानिसले प्रेम गर्छु भन्नु आत्मप्रवचना हो ।' सबै प्रेमीले यो कसीमा आफूलाई तौलिने हो कि Û
फिल्म र संगीत
प्रदीप गिरीको बेडरुममा पुस्तकको मात्र चाङ छैन, कोठाको एक छेउमा म्युजिक प्लेयर छ । र्याकको एउटा तलाभरि फिल्म र संगीतका सिडी छन् । उनले सुन्ने संगीत अहिलेको पुस्ताका 'म्युजिक लभर'का लागि कुनै प्राचीन कालको कथा लाग्न सक्छ । उनी भन्छन्, 'संगीतको मामिलामा मेरो रुचि ज्यादा स्पष्ट र झन्डैझन्डै संकीर्ण छ । म भारतका शास्त्रीय संगीतकारमध्ये अमिर खाँ, मल्लिका अर्जुन र भीमसेन जोशीबाहेक अरूलाई मन पराउँदिनँ ।' अब यी नामले कस्तो संगीतको प्रतिनिधित्व गर्छन्, त्यो कसले खोजी गर्ला ? यीबाहेक पनि गिरी केही यस्तै नचिनिने नामको उल्लेख गर्छन् । जस्तै, अलग शैली भएका कुमार गन्धर्व, गायिकामा किशोरी अमोलकर, गजलमा बेखम अख्तर ।फिल्ममा पनि उनको रुचि फरक छ । पछिल्ला केही महिनामा उनले स्विडेनका फिल्मकार इंगमार बर्गम्यानको 'वाइल्ड स्ट्रवेरिज' र भित्तेरियो डे सिकाको 'बाइसाइकल थिफ' पुनः हेरे । यी उनलाई निकै मनपरेका फिल्म हुन् । यस्तै, इटालीकी अभिनेत्री सोफिया लरेनले अभिनय गरेका फिल्म पनि उनलाई खास मन परेका छन् । भारतमा उनलाई नर्गिस र दिलीपकुमार मन पर्छन् । यी दुईले खेलेको फिल्म 'जोगन' उनलाई निकै मन परेको थियो । आफूले पढेका उपन्यासमा बनेका फिल्म हेर्दा अहिलेसम्म सन्तुष्ट हुनसकेका छैनन् । चाहे त्यो, दशवटा ओस्कार जितेको 'गन विद द विन्ड' होस् या नेपालको चर्चित फिल्म- वासुदेव । 'वासुदेवभन्दा कट्टेल सरको चोटपटक नै राम्रो कृति थियो,' उनी भन्छन् ।