Tuesday, May 21, 2013

माथिल्लो तामाकोशीको सुरुङभित्र पस्दा… - onlinekhabar


नविन अर्याल

 विकास भन्नेवित्तिकै विरोधमा उत्रिने राजनीतिक दल र असंगठित समूहहरु यतिबेला अपर तामाकोशी जलविद्युत आयोजनाको निर्माणका पक्षमा देखिएका छन् । यसलाई नेपालको विकास निर्माणको इतिहासमा ठूलो उपलब्धिका रुपमा लिन सकिन्छ । दोलखाको लामाबगरमा रहेको यस आयोजना निर्माणका क्रममा खासै ठूला अवरोधहरु नआउँदा अहिले निर्माण कार्य तिब्र गतिमा भइरहेको छ ।Lamabagar-cave-1
स्वदेशी लगानीमा बन्न लागेको नेपालकै सबैभन्दा ठूलो जलविद्युत आयोजनाको सुरुङ खन्ने काम धमाधम भइरहेको छ । ४ सय ५६ मेगावाट क्षमताको यो आयोजना ३५ अर्ब २९ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । आयोजनाको सुरुङको कुल लम्बाइ १६ किलोमिटर रहेकोमा मूख्य सुरुङ ८ किलोमिटर र बाँकी सहायक सुरुङका रुपमा रहेका छन् । चिनिया कम्पनी सिने हाइड्रोले अहिले मूख्य सुरुङ खन्ने काम गरिरहेको छ । हालसम्म ६० प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भइसकेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका सहायक प्रबन्धक बिमल गुरुङले बताउनुभयो ।labagar-photo
सहायक सुरुङहरु भने नेपाली कम्पनीले खनेको थियो । भूमिगत जलविद्युत गृह रहने यस आयोजना सुरक्षाका दृष्टिकोणले पनि राम्रो रहेको छ । पाँचवटा प्रवेशद्धार बनाएर सुरुङ खन्ने काम भइरहेको छ । सुरुङभित्र अक्सिजन पठाउन र सुरुङभित्र रहेको धुलोको कणहरु निकाल्न ठूला पाइपहरु राखिएको छ ।भूमिगत जलविद्यूत गृहको लम्बाइ १४२ मिटर चौडाइ १३ मिटर उचाई २५ मिटर रहनेछ । ८ सय २२ मिटरको सिधा उचाईबाट टर्वाइनमा पानी खसाल्ने सव इन्जिनियर पदम प्रसाद पोखरेलले बताउनुभयो । अहिले मेसिनबाट ग्रस हेड खन्ने काम भइरहेको छ ।
lamabagar-3
आयोजनाको बाँध निर्माण गर्ने काम पनि तिब्र गतिमा भइरहेको छ । बाँधस्थलको जलाधार १ हजार ७ सय ४५ वर्ग किमिमा फैलिने आयोजनाले जानकारी दिएको छ । यस जलाशयको क्षमता १२ लाख घनमिटर रहेको छ । आयोजना २०७२ चैतसम्म पुरा गर्ने लक्ष्य लिइएको छ ।
lamabagar 4
11
1
4
5
6
10
9
8
12