ज्वालामुखी भन्ने बित्तिकै विध्वंसकारी,
कालो लाभा तथा धुवाँको मुस्लो सम्झिन्छ । तर इन्डोनेसियाको पूर्वी
जाभास्थित माउण्ट ब्रोमोको ज्वालामुखी यस्तो छैन । साँच्चीकै यो ज्वालामुखी
असाधारण र निकै सुन्दर छ । त्यसैले यहाँको निरन्तरको ज्वालामुखी विस्फोट
हेर्न पर्यटकको घुइँचो नै लाग्छ । ज्वालामुखीबाट कालो होइन अबिरजस्तै रातो
खैरो धुवाँ र धुलो निस्कन्छ । यस्तै लाभाबाट निकै सुन्दर पहाडहरु बनेका छन्
र नयाँ ज्वालामुखीबाट नयाँ पहाड बन्ने क्रम पनि जारी छ । एकजना फोटोग्राफर
हेल्मिनाडिया जाबुरले क्यामरामा कैद गरेका यी दृश्य हेरौँ :