आज मातातीर्थ औंसी अर्थात आमाको मुख
हेर्ने दिन । सबैले जन्म दिने आमालाई आआफ्नै ढंगले सम्झिरहेका छन् ।
आमासितै भएकाले मीठा खानेकुरा खान दिए । टाढा भएका र आमा नभएकाले पनि भावना
र सम्झनामा डुबेर आमाप्रति सम्मान प्रकट गरे ।
आमा शब्द आफैंमा पर्याप्त भएकाले समाजमा
आमालाई बिशिष्ट रुपमा लिईन्छ । कुनै चिजको ममता र गरिमा दर्शाउन आमा शब्दको
प्रयोग गरिन्छ । आमाकै नामबाट बिभिन्न उखान, गीत, कहानी, कविता, गजल पनि
तयार भएका छन् ।
आमाको दूधको भारा कति गरे पनि तिरिंदैन
आमाको काख लाख
आमाको काखमा जस्तोसुकै दुःखको भारी पनि बिसानउन सकिन्छ
आमाको दूध अमृत समान
आमाको माया अपरम्पार
आमाको माया बाबुको दया
मायाको माया मुटुदेखि पटुकीसम्म
आमा छउञ्जेल माइति
आमा छउञ्जेल मीठो मसिनो, बाबु छउञ्जेल लामो चोलो
आमा छोरीको ऐचोपैंचो, बाबु छोराको लेनदेन
आमा जगल्टे, छोरो पखेटे, नाति मट्याङ्ग्रे
आमाजस्ती सासू भए किन आउँथे आँसु
आमा झुत्री, छोरी कुप्री, नातिनी सल्सलाउँदी
आमा तिरको मामा न बाबु तिरको काका
आमा तिरको साइनु न बाबु तिरको साइनु
आमा दयामा पाइन्छिन्, बाबु पाउन मात्र दुर्लभ छ
आमा दिन्छे, छोरी खान्छे
आमा देखे भोक हराउँछ
आमा, धानका भातको कुरा गर न, खाए जस्तो त हुन्छ
आमा पछिको मामा, दाजु पछिकी भाउजु
आमा पट्टकिो न बाबु पट्टकिो
आमा बाबु उठेका, छोराछोरी सुतेका
आमा बाबुको थाप्लोमा गीर खेल्ने, स्वास्नीले हप्काएपछि लगलगी काम्ने
आमाबाबुको नाता पुरानो, छोराछोरीको नाता नयाँ
आमा बाबुको मन छोरा छोरी माथि, छोरा छोरीको मन ढुंगामुढा माथि
आमा बाबुको माथि हिंड्ने, स्वास्नीलाई शीरमा धर्ने
आमा बाबुको माया छाती भित्र, तरुनीको माया अँगालोभित्र
आमाबाबु थिएनन्, बिहे गरिदिएनन्
आमा बाबुले भनेको मानिन, आफुले जानिन, बेला पनि बित्यो, बुद्धि पनि पलायो
आमा बिनाको के घर, बाबु बिनाको के थर
आमा बिनाको घर के काम
आमा बिनाको संसार सधैं अँध्यारो
आमा भए बालाई किन अर्काको दोष लाग्थ्यो ?
आमा भन्दा छोरी चर्की
आमा भन्दा छोरी जान्ने
आमा भन्दा छोरी बाठी
आमा भीख माग्न दिन्नन्, बाबु खान दिंदैनन्
आमा मरेको छोरो बिगि्रदैन, बाबु मरेको छोरो सप्रँदैन
आमा र भाउजु एउटै हो
आमा लहरे, बाबु पहरे, दाजु कोपिले, भाइ भुकुल्ले
आमालाई छोराका विहाको कुरा मात्रै गर्न पाउँदा पनि बुहारी ल्याए जस्तै लाग्छ
आमालाई छोराछोरीलाई गर्भैदेखि लात हान्छन्
आमाले काटेको र बाबुले चाटेको
आमाले कुट्दा दुख्दैनन्
आमाले दिएको सिस्नाको तिहुन पनि खीरैखीर हुन्छ
आमा सम्झे मातातीर्थ जानू, बाबु सम्झे गोकर्ण जानू
आमा सित मामाको बखान
आमा हुन साह्रो, बाउ हुन सजिलो
आमैका अगाडि बाबैका दुहाई
आमाका पेटबाट र कुमालेका चक्रबाट राता, काला, नीला थरीथरीका निस्कँदै जान्छन्
आमाका पेटबाटै जानेर त कोही पनि आएको हुँदैन
आमा चाहिं बेस्करी कुट्ने, छोरो चाहिं ए आमा ए आमा भन्दै उठ्ने