सगरमाथा आरोहण गर्नेको अहिले चाप छ, केही दिन यता आरोही सगरमाथामा पुगेको
खबरले अखबारका पाना भरिएका छन्, यही बेला आगामी जुन अंकमा नेशनल जोग्राफीले
‘रिक्लेमिङ एभरेष्ट’ शीर्षकमा फिचर प्रकासित गर्दैछ ।
खोजी(एक्सपोलेरेशन)को १२५ वर्ष मनाइरहेको नेशनल जोग्राफीको कभर पृष्ठमा टाइटानिक, अभतार सिनेमा बनाएका निर्देशक जेम्स क्याम्रुनलाई फिचर गरिएको छ । जेम्ससँग नेशनल जोग्राफीको यो अंकमा सगरमाथा पनि चर्चाको विषय बनेको छ ।
नेशनल जोग्राफीले सगरमाथा आरोहणका घटनाक्रम र त्यहाँको अवस्थालाई सचित्र बयान गरेको छ । जुन विषयलाई विश्वका अन्य मिडियाले पनि क्यारी गरेका छन् । नेशनल जोग्राफीको सगरमाथासम्वन्धी यही फिचरलाई डेली मेलको अनलाइन संस्करणले पनि क्यारी गरेको छ ।
मेलले, सगरमाथामा लस्करः फाटोग्राफरले खिचे ५० हजार डलरसम्म खर्च गरेर विश्वको शिखर चढ्न हतारिएका पर्यटको भीड, शीर्षकमा समाचार प्रकासित गरेको छ ।
तेन्जिङ्ग नोर्गे र सर एडमन्ड हिलारीले सन् १९५३ मा आरोहण गरेको २९०२९ फिट चढ्न पर्यटकले आरोहण शुल्क, हिमाल आरोहणसम्वन्धी सामाग्री, गाइडका लागि ५० हजार डलर (४४ लाख) रुपैयाँ खर्च गर्छन् । कुनै बेला आरोहणका लागि मुस्किल लाग्ने सगरमाथा आरोहणमा अहिले धेरै सहज भएको छ, यही कारण सगरमाथा आरोहणका लागि धेरै मान्छेले प्रयास गरिरहेका छन् र त्यहाँ ठूलो मात्रामा फोहोर छाडेर हिंड्ने गरेका छन् । नोर्गे र हिलारीले सगरमाथा आरोहण गरिसकेपछि अहिलेसम्म १० हजारले सगरमाथा आरोहणको प्रयास गरेका छन् भने साढे दुई हजार आरोहणमा सफल भएका छन् ।
नेशनल जोग्राफीका अनुसार सन् १९९० मा ७२ जना १८ प्रतिशत आरोही मात्र सगरमाथा आरोहणमा सफल भएका थिए, सन् २००० मा १४५ आरोही २४ प्रतिशत सफल भए, सन् २०१२ मा ५४७ जना ५६ प्रतिशत आरोहणमा सफल भए । सन् २००० सम्म सगरमाथा आरोहणका लागि नेपालतर्फको साउथ कोल र चीनको नर्थ कोलबाहेक पनि अन्य बाटाबाट सगरमाथा आरोहण हुन्थ्यो, सन् २००० मा नर्थकोलबाट ५५ जना, साउथ कोलबाट ८५ जना र अन्य बाटो प्रयोगगरी पाँच जना सगरमाथामा पुगेका थिए तर सन् २०१२ मा ४०९ जना साउथ कोलबाट र १३८ जना नर्थकोलबाट सगरमाथामा पुगे ।
सगरमाथामाथि विजय प्राप्त गर्दा धेरै आरोहीको निधन हुन्थ्यो, तर अहिले त्यस्तो दर घटेको छ, सन् १९८० को दशकमा झण्डै दश प्रतिशतसम्म आरोहीको सगरमाथा विजय प्राप्त गर्दा निधन हुन्थ्यो, तर सन् २०१३ मा यस्तो दर एक प्रतिशतमा झर्यो । तस्वीरमा गतवर्ष सगरमाथा आरोहण गर्दा निधन भएकी क्यानडा निवासी गैरआवासीय नेपाली श्रेया शाहा । ३३ वर्षे श्रेयाको गतवर्ष मे १९ मा सगरमाथाबाट झर्दै गर्दा निधन भएको थियो । बाटोमा लडिरहेको शाहाको शव छेउबाट आरोहीहरु आफ्नो गन्तब्यमा झर्दैछन् तर उनीहरु रहरले होइन बाध्यताले समवेदना विहिन बनेका छन् ।
सगरमाथालाई पुरानै अवस्थामा ल्याउन नेशनल जोग्राफीका छ उपाय, १. सरगमाथा आरोहणका लागि आरोही र शेर्पाको संख्या घटाउने, २.सगरमाथा आरोहणका लागि अनुभवसम्वन्धी न्युनत्तम शर्त तोक्ने, ३. सगरमाथा आरोहणकालागि सानो टीम बनाउने, ४.आरोहीले लगेको फोहोर आरोहीले आफैले ल्याउने नल्याउनेलाई ठूलो दण्ड जरिवाना तोक्ने, ५. सगरमाथामा आरोहीलाई सुरक्षा र हिमालसम्वन्धी जानकारी भएको न्युनत्तम शर्त राख्ने, ६. मृतकको सम्मानका लागि मात्र नभएर आरोहीको मनौवैज्ञानिक विश्वास जित्न पनि मृत शरिरलाई बाटोबाट तत्कालै हटाउने ।
तस्वीरमा सूर्य उदाउनुअघि सगरमाथामाथि विजय प्राप्त गर्न टर्च लाइट बालेर हिंडेका आरोही ।
सूर्य उदाउनुअघि सगरमाथाको सफल आरोहणको कामना गर्दौ बेस क्याम्पमा बत्ती जलाउँदै धनुरु शेर्पा, उनी १८ वर्षको उमेरबाट हिमाल आरोहण सुरु गरेका हुन्, अहिले ३३ वर्षका भए १२ पटक सगरमाथा आरोहण गरिसके, उनले लेखक मार्क जेन्किन्सलाई भने, मलाई पैसा चाहिन्छ, त्यसैले म सगरमाथा चढ्छु ।
खुम्बु आइसफल
तस्वीरहरुः सविन ठकुरी, एण्डी ब्राडन, क्रिस्टोफर एरिक्सन, एन्जिन हेर्नाडन, ग्राट म्याडिशन, मार्क जेन्किन्सः (नेशनल जोग्राफी)