

समाचार अनुसार अहमदीनेजाद विरुद्ध चुनाव दर्ता कार्यालयमा आफ्ना प्रमुख सल्लाहाकार सँग मिलेर नियम कानून उल्लंघन गरेको आरोप लागेको छ । यस्तो आरोप प्रमाणित भएमा अधिकतम ६ महिनाको जेल वा ७४ कोर्राको सजाय हुनेछ । पछिल्ला केही वर्षयता इरानमा अहमदीनेजाद र सत्ताधारी धार्मिक नेताहरुका बीचमा चलिरहेको संघर्षको रुपमा पछिल्लोपटक सार्वजनिक भएको यो घटनालाई लिइएको छ ।
इरानको संवैधानिक निगरानीकर्ता गार्जियन काउन्सिलले अहमदीनेजादमाथि उपयुक्त अभियोग पेश गर्ने बताएको छ । गएको आइतबार अहमदीनेजादले पद र शक्तिको दुरुपयोग गर्दै आफ्ना मुख्य सल्लाहाकारसँग मिलेर उनलाई आगामी राष्टपतिय चुनावका लागि उमेद्धारको रुपमा दर्ता गराएका थिए । इरानको संवैधानले एउटै व्यक्ति तेश्रो पटक प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरेकाले जुन १४ मा हुने चुनावमा अहमदीनेजाद उठ्न नपाउने भएकाले आफ्ना उत्तराधिकारीका रुपमा इस्फान्दियार रहिम मसाइलाई खडा गरेका छन् ।
गार्जियन काउन्सिलका प्रवक्ताका अनुसार अहमदीनेजादलाई उक्त आरोपमा न्यायालय समक्ष पेश हुनुपर्ने स्थिति आउनसक्छ । उनका अनुसार मसाइलाई चुनाव दर्ता कार्यालयमा सँगै लिएर गई अहमदीनेजादले सार्वजनिक कोषको दुरुपयोग गरेका छन् र कानून मिचेका छन् । स्मरण रहोस् मसाइ र अहमदीनेजाद सम्धी सम्धी हुन् । अहमदीनेजादका छोराले मसाइकी छोरी बिहे गरेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2013/05/72275/#sthash.Xby9U356.dpuf