Tuesday, May 14, 2013

आधा बिहे गरेपछि बेहुली अस्वीकार - बेहुलीका परिवारले गुहारे प्रहरी -onlinekhabar


३० वैशाख, काठमाडौं । कुरो सुन्दै अचम्म लाग्न सक्छ, केटी मागेर जन्तीसहित जग्गेमा बस्न पुगेका एकजना बेहुलाले सोमबार राजधानीमा बेहुली वरिपरि जग्गेमा तीन फन्का घुमिसकेपछि बिहे नगर्ने निर्णय गरेका छन् ।
बालुवाटारका अनील चौलागाईले स्वयंमर गरेपछि अकस्मात् बिहे गर्दिँन भन्दै बेहुलीलाई छाडेका हुन् । धादिङ घर भई बालाजु बस्दै आएकी खनाल थरकी बेहुलीसँग स्वयंवर गरेपछि उनले बिहे नगर्ने घोषणा गरेका हुन् ।
behula-2
बिहे भइरहेका बेला जग्गेबाट उठी माला र टोपी फुकालेर हातमा लिएका उनले परिवारको करकापमा मण्डपसम्म आएको बताएका छन् । ‘विवाह हुन लागेको छ भनेर मलाई अस्ति मात्र खबर गरेको होे’ उनले भने-’मलाई दुई हप्ता समय दिनुस् भन्दा पनि कर गरेर लिएर आए ।’
विवाहको विषयलाई लिएर घरमा झगडा नै भएको चौलागाईको दाबी छ । तपाईको अन्य युवतीसँग प्रेम छ कि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले ‘छैन’ भनेर जवाफ दिए । बेहुली पक्षले भने सहमतिमा नै विवाह हुन लागेको तर, चौलागाईले कसैको भड्काउमा लागेर आफूहरुको बेइज्यत गरेको आरोप लगाएका छन् । सबैले मनाउन खोजे पनि चौलागाई नमानेपछि बेहुली पक्षले क्षतिपूर्तिसहित सार्वजनिक माफीको माग गरेका छन् । बेहुली पक्षले प्रहरीमा उजुरी दिनुका साथै चौलागाईको आधा सम्पत्ति माग गरेका छन् ।
behula-3


जग्गेमानै दुलही अस्वीकार गर्ने दुलाहाले तिरे पाँच आना जग्गा - hamrakura


रबिन थपलिया। काठमाडौं, ३१ वैशाख। बिबाह मण्डपमा पुगेका दुलाहाले बिबाह नगर्ने भन्दै दुलहीसँग स्वयम्बर गर्न नमान्ने दुलाहा पक्षले दुलही पक्षलाई काठमाडौं कपनको पाँच आना जग्गा दिने सहमति गरेको छ। जग्गेबाटै बिबाह नगर्ने दुलाहाको अडानपछि दुई पक्षबीच बिबाद भएको थियो। महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा भएको छलफल पछि यो सहमति भएको हो। वार्ताका लागि केटाका बुबा तथा केटीका बुवा आमा र आफन्तहरु रहेका थिए।
धादीङ मुरलीभंज्यांङ घर भई हाल नयाँ बसपार्कमा व्यवसाय गदै आएका मुक्तिनाथ खनालकी छोरी र बालुवाटारका अनिल चौलागाँई बिच सोमबार बैबाहिक कार्यक्रम रहेको थियो। एम ए गदै गरेका अनिल र खनालकी छोरी बिच मागी बिबाह हुँदै थियो। केटा पक्षका एक आफन्तले बताए अनुसार दुलाहा अनिल बुबाको करकापमा ति केटीसँग बिबाह गर्न राजी भएका थिए। बुबाको करकापमा बिबाह अगाडी अनिल र केटी बिच टिकाटाला समेत गरिएको थियो। दुवै पक्षको सहमतीको आधारमा भएको बिबाहको लागि केटी पक्षले भव्य तयारी गरेको थियो। सामुदायीक प्रहरी नयाँ बसपार्क नजीकैको गण्डकी गुरुङ धार्मीक पार्कको मन्दीरमा बिबाह मण्डप बनाइएको थियो भने नजीकै जन्तीको निम्ती भोजको समेत व्यवस्था गरीएको थियो। दुलाहाले बिबाह नगर्ने बताएपछि दुवै पक्ष बिच तनाब भएको र भोजको निम्ती तयार गरीएको खाना सवै फ्याँकिएको दुलही पक्षका हरी सुयालले जानकारी दिए।
स्वयम्वर गर्ने क्रममा दुलाहाले दुलहीसंग बिबाह नगर्ने भन्दै स्वयम्वर गर्न नै नमाने पछि त्यहाँ निकै तनाव भएको थियो। दुलाहा पक्षका आफन्ताहरुले दुलाहा अनिललाई सम्झाँउदा समेत नमानेर उल्टै जग्गेमानै जथाभाबी बोल्न थालेपछि केटी पक्षले नजिकै रहेको सामुदायीक प्रहरीलाई खवर गरेको केटीका छिमेकी बताउने बद्री सुवेदीले जानकारी दिए। केटीको अर्कैसँग प्रेम सम्वन्ध रहेको थाहा पाएपछि उनले जग्गेमा नै विहे गर्न इन्कार गरेको केटा पक्षका एक व्यक्तिले दावी गरेका छन्। प्रहरीले नियन्त्रणमा लिएर प्रहरी प्रभाग वसपार्कमा पुर्‍याउँदा हाम्राकुरा डटकमको जिज्ञासामा उनले विहेको वारेमा कुनै कुरा गर्ने इच्छा नभएको भन्दै प्रतिक्रिया दिन इन्कार गरेका थिए।
केटी पक्षको उजुरीको आधारमा पक्राउ गरीएका अनिललाई हिजो दिँउसो सम्म सामुदायीक प्रहरी गोंगबुमा राखि सोधपुछ गरिएको थियो। बिबाहको निम्ती केटी पक्षले गरेको तैयारी, भोज, दाइजो लगायतको क्षतीपुर्ती दिने बिषयमा दुवै पक्षबिच वार्ता भएको थियो। बिबाह मण्डप नजिकैको सामुदायीक प्रहरी भबनमा वार्ता भइरहँदा केटीको वेइज्जत भएको र उनलाई उचित न्याय हुनुपर्ने भन्दै महिला अधिकारकर्मीहरु, स्थानीयवासीहरु तथा केटी पक्षका आफन्तहरुले होहल्ला गर्न थालेपछि सम्भावीत झडपलाई मध्यनजर गदै भिडलाई तितरबितर पादै केटालाई महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा लगिएको थियो।