पाल्पा -
यतिबेला रूपन्देही लगायत तराइका जिल्लाहरूमा गर्मीको उकुसमुकुस छ। मौसम
शाखा भैरहवाका अनुसार बुटवल र भैरहवामा ३८ देखि ४० डिग्रीसम्म तापक्रम
बढेको छ ।
लुम्बिनी अञ्चलका ६ जिल्ला मध्ये
तराइका तीन जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासीमा गर्मीले सर्वसाधरणको
दैनिकी बढी नै प्रभावित हुने गर्छ। बाँकी तीन पहाडी जिल्ला पाल्पा, गुल्मी र
अर्घाखाँची भने शीतल जिल्ला मानिन्छन्।
गर्मी बढेसँगै तराईका तीन जिल्लाबाट पहाडका तीन जिल्लामा शीतलता पाउन मानिसहरू आकर्षित हुने गर्छन्। लुम्बिनीका प्रमुख दुई ठूला शहर बुटवल र भैरहवाबाट गर्मीको राहत खोज्दै पाल्पामा आउनेहरू बढेका छन्। गर्मी याममा पाल्पामा आन्तरिक पर्यटक बढ्ने गरेका यहाँका होटल व्यवसायीहरू बताउँछन्।
गज्जब त के छ भने बुटवलबाट सवारीमा पाँच मिनट पाल्पातर्फ उक्लने बित्तिकै शीतल महसुस हुन्छ। सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्ड क्षेत्रका होटल एवं रिसोर्टहरूमा तराई क्षेत्र र भारतीय सिमा क्षेत्रबाट आउने पर्यटक खचाखच देखिन्छन्। यस क्षेत्रका खोला नाला र वन जंगलमा शीतल खोज्दै आउनेहरू बाक्लै भेटिन्छन्।
गर्मी छल्नका लागि सिद्धार्थ राजमार्ग आसपासबाट बग्ने तिनाउ खोला गन्तव्य बनेको छ। बुटवल र भैरहवाबाट युवाको ठूलै जमात तिनाउ खोलामा पौडी खेल्न र वनभोज खान आउने गर्छन्। पाल्पा बुटवल सिमानाको सिद्धबाबा नजिकै तिनाउ ड्याममा सबैभन्दा बढी भीड जुट्ने गर्छ। हेरौं नागरिकन्यूजकर्मी टेकनारायण भट्टराइले खिचेका तस्विरहरू -